गोरखाको सेवालाई बेलायतको मान्यता छैनः गेसो सभापति गुरूङ

August 28th, 2011

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, दुई सय वर्षभन्दा बढी इतिहास बोकेको गोरखा सैनिकहरुको सेवालाई अहिलेसम्म बेलायत सरकारले मान्यता नदिएको खुलासा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङले गरेका छन्।

ब्रिटिस गोरखा भूतपूर्व सैनिक संघ हङकङले आयोजना गरेको जानकारी सभालाई सम्बोधन गर्दै सभापति गुरुङले उक्त खुलासा गरेका हुन्। सभा आइतबार संगीत रेष्टुरेण्टमा सम्पन्न भएको थियो।

जानकारी सभालाई सम्बोधन गर्दै गेसो सभापति गुरुङ । तस्बिरः जगत गुरुङ / एचकेनेपाल डट कम

‘अहिलेसम्म बेलायती सैनिक भनेर गर्व गर्ने हामी गोरखाको विषयमा बेलायती संसदले कानुन नै पारित गरेको रहेन छ’, सभापति गुरुङले भने, ‘हाम्रो हैसियत भनेको त भारतमा चौकीदारी गर्नेको जतिकै रहेछ।’

उनले उक्त कुराको पुष्टि गर्ने क्रममा सन् १९९७ भन्दा अघि बेलायती सैनिक र गोरखा सैनिकको नम्बर अलग रहेको बताए। गेसोले आन्दोलनको क्रममा आवश्यकीय कानुन खोज्ने क्रममा उक्त रहस्य खुलेको मन्तव्यको क्रममा उनले बताए। उनका अनुसार गोरखा पल्टन ब्रिगेड अफ गोर्खाजका हाकिमहरुको तजबिजले बनाएको नियम अनुसार चलिरहेको छ।

बेलायत सरकारले जघन्य अपराध गरेको आरोप लगाउदै पदमबहादुर गुरुङले भने, ‘हाकिमहरुको तजबिजले बनाएको नियमको आधारमा हामीलाई जंगी लडाइँमा लगिएको छ, यो भनेको जघन्य अपराध हो। गोरखा सैनिकलाई मानव ढालको रुपमा प्रयोग गरिएको छ। अब गेसोको आन्दोलन यसतर्फ अगाडि बढ्ने छ।’

उनले आन्दोलनकै रुपमा स्याङजा जिल्लाको फेदीखोला साल्मे डाँडामा गोरखा स्मारक बनाउन लागिएको जानकारी दिए। उनका अनुसार गोरखा संग्राहलयसहितको उक्त स्मारकमार्फत बेलायतले गोरखा सैनिकमाथि गरेको मानवता र प्रजातन्त्र विरोधी कार्यको पर्दाफास गरिने छ।

इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गरिरहेको उक्त स्मारक फ्रान्सको आइफिल टावरभन्दा ऐतिहासिक रहने सभापति गुरुङको दावी थियो। उनले स्मारकमा संभव भएसम्मका गोरखा अभिलेख तथा तथ्यांक रहने जानकारी दिए।

सभापति गुरुङले नेपालको अहिलेको स्थिति हुनुमा बेलायतको ठूलो हात रहेको बताए। उनले बेलायतकै कारण नेपालका आदिवासी जनजाति पछि परेकोसमेत आरोप लगाएका छन्।

संघका उपाध्यक्ष नरहाङ राईको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमलाई सल्लाहकार जगतलाल प्रधान, गेसोका केन्द्रीय सदस्यद्वय मनिकुमार बान्तवा र हेमबहादुर तामाङ, गोरखा सिमेट्रिज ट्रष्टका अध्यक्ष एकराज राईलेसमेत सम्बोधन गरेका थिए।

अध्यक्ष हेमप्रताप गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव हिमाल चन्दले सञ्चालन गरेका थिए।

Recent Videos:

Popularity: 5%

Entry Filed under: हङकङको समाचार

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. realitybites  |  August 31st, 2011 at 5:32 pm

    Eiffel tower is about the height of 81 storey building named after its designer Gustave Eiffel. Is a global icon of France. If Engineer Shankar Nath Rimal can beat him then he must be regarded as a world class Nepali engineer.

    Why Phedi Khola Shalme Danra, perhaps to attract tourists?

    Wish good luck.

  • 2. kusangsherpa  |  September 1st, 2011 at 9:09 pm

    Padam is right. We must fight for our right as long as possible. British government is doing injustce for Gurkhas and Nepal. Our country is not make progress because UK government. All shold give donations for the fight. Padam is our tru leader. ayo gorkhali!

  • 3. ram  |  September 13th, 2011 at 9:04 am

    Mr Badam ji where is the Gora ko saraha pension that you promised ages ago ? Please don’t bluff anymore.

  • 4. birhang  |  September 22nd, 2011 at 1:15 pm

    Gora ko saraha pension coming soon. Only now give donations to GAESO willingly so that our President Padam can fight the case. His engineer building big smarak in Phedi Khola which will make Gurkhas proud of history. It may take one hundred years Padam will fight just continue to give donation. Thank you. Jai Gorkha!

  • 5. harkajung limbu  |  September 24th, 2011 at 3:16 pm

    Kura sahrai ramro chha. Belayat sarkle hami Gorkha lai annay gareko sarba bidhitai chha. hami adibashi lai chhetri bahun le gari khanu de ko chhaina Nepal ma yesma Brtish ko hat chha. Aba pension ko kura pani gambhir chha kaile paune hamro adhikar ko pension. Padam jiu le bhannu bhako kura thikai ho. Tara ismararak banera ke pension paunchha ta? Yo sawal ko uttar dinu hos. yes ko lagi paisa kahan bata aunchha?

  • 6. rachhes  |  October 9th, 2011 at 2:11 am

    abo pension gora ko saraha hoina 200 bari pau chhare? chhito padam lai sabaile 500 pound donation dinu paryo ?

  • 7. Ihatelahure  |  January 25th, 2012 at 12:04 am

    Hèllo padam je ke ho feri donation uthayera vudi varne bichar chha ki kya ho, british ra indian ko pale chaukidar ta honi .

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in August, 2011

Most Popular Posts