सवा २ करोड घाटा पार्ने मुसा पक्रियो
September 10th, 2011
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाल वायुसेवा निगमलाई २ करोड २६ लाख रूपैयाँ घाटा पार्ने गरी विमानभित्र लुकेर बसेको मुसा अन्ततः शुक्रवार विहान समातिएको छ।
निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीका अनुसार शुक्रवार बिहान ६ बजे ग्लु म्याटमा मुसा टाँसिएको अवस्थामा फेला परेको हो।
मुसा फेला परेपछि विमानभित्रको तार काटेर खाएको छ वा छैन परीक्षणको लागि प्रयोगशाला लगिएको छ।
यसअघि, मुसा समातिएपनि फुत्किएपछि पुनः मुसा समात्ने प्रयाश भइरहेको थियो। मुसा समातिएपछि शुक्रबार साँझ ५:१० बजे चालक दल, क्याविन क्रु गरी ११ जना र ५ जना कर्मचारीका परिवार काठमाण्डौका लागि उडेको छ। विमानमा सर्वसाधारण यात्रु भने राखिएन।
मुसाको कारण निगमको बोइङ ७५७ मंगलवारदेखि हङकङमा ग्राउण्डेड हुंदा निगमलाई २ करोड २६ लाख रूपैयाँ घाटा परेको निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता केसीले बताए।
Recent Videos:
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed