मिस्टर धर्मश्रीको उपाधि हङकङका लोकेन्द्र परियारलाई
September 20th, 2011
आलोक श्री / एचकेनेपाल डट कम-
काठमाडौ, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेपालको प्रतिष्ठित बाह्रौं राष्ट्रव्यापी खुल्ला धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि हङकङका लोकेन्द्र परियारले जितेका छन्।

मिस्टर धर्मश्री २०११ को उपाधि विजेता लोकेन्द्र परियार तस्वीरः आलोक श्री / एचकेनेपाल डट कम
मिस्टर हङकङ नेपाल २००८ समेत रहेका परियारले आफ्नो समूहमा बिजयी भएर आएका ५ प्रतिस्पर्धीलाई पछि पार्दै “मिस्टर धर्मश्री २०११” को उपाधि माथि कब्जा गरेका हुन्। यो जितसंगै उनले १ लाख ५० हजार रुपैयाँसमेत हात पारे।
यसअघि पनि हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा आयोजित प्रतियोगिताहरूमा शीर्ष उपाधिसहित विभिन्न टाइटल जितिसकेका लोकेन्द्र हङकङ नेपाल बडी बिल्डिङ एसोसियशनका सदस्यसमेत हुन्।

प्रतियोगितामा विभिन्न ६ तौल समूहका ३८ खेलाडी छनोट भएका थिए। ८० केजी माथिको हेभी वेट समूहमा डिफेन्डिङ च्याम्पियन सानु गुरुङ, विलमजंग शाही, रत्नसुन्दर ङाखुसी, लोकेन्द्र परियार, कमल गुरुङ र श्रीकृष्ण श्रेष्ठ चुनिएका मध्ये लोकेन्द्र परियार समूहको बिजेता भएका हुन्। सानु गुरुङ र लोकेन्द्र परियारबीच कडा स्वस्थ प्रतिस्पर्धा भएको थियो। दुवै जना हङकङ नेपाल बडी बिल्डिंग एसोसियशनका सदस्य हुन्।
उनीहरुलाई समूह बिजेता हुनको लागि २ जनालाई मात्र निर्णायक मण्डलले सेभेन पोज गराएका थिए। अन्त्यमा लोकेन्द्र परियार समूह बिजेता बनेका थिए। प्रतियोगिताको अन्तिम चरणमा सबै समूहको बिजेता नरेश दिवाकर, सचिन प्रधान, श्याम श्रेष्ठ, सञ्जीवकुमार श्रेष्ठ, महेश्वर महर्जन र लोकेन्द्र परियारको बिचको प्रतिस्पर्धामा लोकेन्द्र परिवार बिजयी हुदै उपाधि माथि कब्जा जमाएर १ लाख ५० हजार रुपैयाँसमेत हात पारे।
६५ केजी तौल समूहका श्याम श्रेष्ठ दोस्रो र ६० केजी तौल समूहका सचिन प्रधान तेस्रो भए। श्यामले ७५ र सचिनले ५० हजार रुपैयाँ हात पारे।
यस्तै, ७० केजीका सजीवकुमार श्रेष्ठ चौथो, ७५ केजीका महेश्वर महर्जन पाँचौं र ५५ केजीका नरेश दिवाकर छैटांै भए। सजीवले ४०, महेश्वरले ३० र नरेशले २५ हजार रुपैयाँ हात पारे।

लोकेन्द्र परियार हङकङ चाइना बडीबल्डिङ एसोसियशनद्वारा २०१० मा आयोजित शारीरिक सुगठन प्रतियोगितामा नोभाइस समूहको शीर्ष उपाधि लिंदै। फाइल तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।
Recent Videos:
Popularity: 4%
Entry Filed under: हङकङको समाचार

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. Manoj Lamichhane | September 21st, 2011 at 5:44 pm
Hello HKnepal,
Please, 12th dharmashree ko video halnus na !
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed