भिसा प्रतिवन्ध नीति विरुद्धको अभियान
September 21st, 2011
नेपाली कामदारहरु माथिको भिसा प्रतिवन्ध नीति विरुद्धको अभियान सम्बन्धि नेपाली सामुदायीक नेताहरुको सभा।
सन् १९९३ देखि हङकङमा बसोबास गर्ने नेपाली समुदायबीच विभिन्न कार्यक्रमहरुमार्फत नजिक हुन सफल यस सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना हङकङ) ले सन् २००५ देखि नेपाली आप्रवासी कामदारहरुमाथि लगाईएको रोजगार भिसा प्रतिबन्ध फुकुवाको लागि विभिन्न प्रकारका दबाव मूलक कार्यक्रमहरु संचालन गर्दै आएको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो।
हङकङमा रहेका नेपाली संघ संस्थाको सहयोग एवं साझेदार गैरनेपाली संघ संस्था समेतको सहयोगमा फियोना र नेपाली घरेलु कामदार युनियनद्धारा हङकङ सरकार र नेपाल सरकारलाई दबाब दिनेलगायत यस भिसा प्रतिबन्धलाई नेपालीहरु माथिको भेदभावपूर्ण प्रतिबन्ध गरिएको भन्दै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जोडदार रुपमाउठाइएको छ। विभिन्न चरणका दबाव एवं ध्यानाकर्षणको वावजुद यस विषयलाई दुवै सरकारहरुले गम्भीरतापूर्वक लिइएको पाइंदैन।
यसै बीच, फियोना हङकङ र नेपाली घरेलु कामदार युनियनको आयोजना एवं UN Women को सहयोगमा हङकङमा नेपाली आप्रवासी कामदारहरु माथिको भिसा प्रतिबन्ध विरुद्ध एक अभियान संचालन गरिएको छ, जसको उद्धेश्य भिसा फुकुवाको लागि हङकङ सरकार तथा नेपाल सरकारबीच राजनैतिक स्तरको वार्ताको लागि सहजिकरण गर्नु रहेको छ।
यस क्रममा जुलाईदेखि सेप्टेम्वर २०११ सम्ममा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित ४ वटा कार्यशाला गोष्ठी सम्पन्न भइसकेका छन्।
भेदभावपूर्ण भिसा प्रतिबन्ध नीति विरुद्धको अभियानलाई निर्णाययक तहमा पुर्याउन हङकङमा रहेका नेपाली संघ संस्थाको भूमिका महत्वपूर्ण हुने विश्वासले हङकङमा दर्ता भई सक्रिय रहेका सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरुलाई एउटै स्थानमा भेला गरी यस महत्वपूर्ण विषयमा छलफल गर्न आवश्यक भएकोले हङकङमा प्रथम पटक नेपाली सामुदायिक नेताहरुको सभा (Nepalese Community Leader’s Assembly) निम्न स्थान र मितिमा आयोजना गरिएकोले तपाईंको संस्थाबाट २ (दुई) जना प्रतिनिधिहरु पठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंको संस्थाबाट प्राप्त हुने सुझावहरु यो अभियान सफल बनाउन महत्वपूर्ण हुनेछ।
कार्यक्रम
मितिः
०२ अक्टोबर २०११ आइतबार
समयः बेलुकी ७ बजेदेखि १० बजेसम्म
स्थानः भुइं तल्ला,हेनरी जी लिउङ्ग याउ मा तेइ सामुदायीक केन्द्र,
६० पब्लिक स्क्वायर स्ट्रीट, याउ मा तेइ,
G/F, Henry G Leong Yau Ma Tei Community Centre, 60 Public Street, Yau Ma Tei,
कार्यक्रमः बेलुकी ७(७:३० उद्घाटन, ७:३० देखि १० बजे सम्म सभा एवं जलपान।)
नोटः कारणबस कुनै संघ संस्थालाई औपचारिक पत्र वा सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्तिथ भै दिन हुन अनुरोध छ। उपरोक्त सभामा संस्थागत सहभागिता मात्रै स्वीकार गरिनेछ। यस विषयमा कुनै सोधपुछ गर्नु परेमा रित गुरुङ्ग ९०७० २४९० सम्पर्क गर्नु होला।
भवदियः
गणेश गुरुङ
अध्यक्ष
सुदूर पूर्बी प्रबासी नेपाली संघ (फियोना) हङकङ

चुनि थापा
अध्यक्ष
नेपाली घरेलु कामदार युनियन हङकङ

Recent Videos:
Popularity: 3%
Entry Filed under: हङकङको समाचार


आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed