लिटल बर्डस किण्डरगार्टेनलाई सहयोग गर्न जुटे हङकङेली नेपाली
September 26th, 2011
देवराज राई / एचकेनेपाल डट कम-
हङकङ, २५ सेप्टेम्बर । जोर्डनमा अवस्थित लिटल बर्डस किण्डरगार्टेनले आफ्नो वार्षिक कार्यक्रम नेपाली गायक दीप श्रेष्ठको एकल प्रस्तुतिसहित याउ मा तेइ हेनरी जी लेउङ कम्युनिटी सेन्टरमा सम्पन्न गर्यो।
कार्यक्रममा विद्यालयको आर्थिक उन्नतिका लागि च्यारिटीसमेत संकलन गरिएको थियो। कार्यक्रममा उपस्थित नेपाली समुदायका नेताहरु, व्यापारी र अभिभावकहरुले १ लाख ४४ हजार हङकङ डलर बराबरको सहयोग विद्यालयलाई प्रदान गरेका छन्।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
विद्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरिएपछि आर्थिक कठिनाई भइरहेका कारण च्यारिटी संकलनका लागि कार्यक्रम गरिएको विद्यालयका सुपरभाइजर धन थापाले बताए। उक्त विद्यालयलाई सहयोग गर्न सम्पूर्ण नेपाली समुदाय सक्रिय भएका थिए।
नेपाली सुगम संगीतका चर्चित गायक दीप श्रेष्ठले आफ्ना नयाँ पूराना १२ गीतहरु श्रीमती सोफिया श्रेष्ठ (गुरुङ) र सरला गुरुङको सहयोगमा श्रोता दशर्कहरुलाई सुनाएका थिए।
कार्यक्रममा विद्यालयका विभिन्न तहमा अध्ययनरत साना नानीहरुले विविध प्रस्तुतिहरु समेत प्रस्तुत गरेकाथिए। अपरान्ह १ बजेदेखि ४ः३० बजेसम्म प्रस्तुत साँस्कृतिक कार्यक्रममा केभिन थापाले सेक्साफोन र रिबेकानिकोलासले क्लारिनेट धुनको प्रस्तुत गरेका थिए।
संगीतकार दिनेश सुब्बाको संगीत संयोजनमा स्थानीय नेपाली कलाकार, विभिन्न संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, आमा समूहरुले समेत आर्थिक संकलनका लागि सहयोग पुर्याएका थिए। उल्लेख्य दर्शक श्रोता, साना नानीहरु तीनका अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो।
अर्थिक संकलनका लागि हङकङ नेपाली महासंघ, एनआरएन हङकङ एवं हङकङका विभिन्न धार्मिक संस्थाहरुले समेत लिटल बर्डस किण्डर गार्टेनलाई सहयोग रकम हस्तान्तरण गरेकाथिए।
Recent Videos:
Popularity: 3%
Entry Filed under: हङकङको समाचार

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. sarah | September 28th, 2011 at 12:15 pm
nice to see deep shrestha’s prog. after long time gap thanks to Little bud school’s supervison Mr. Dhan thapa. And to Sophia Sarala so nice to see both of you after long time together.
2. Wanchuk ghale | October 1st, 2011 at 12:58 am
Kahile li ka shing sanga ruyera ta kahile dip sth saga donation magera ….. pani ke business garne hau ? laz lagdo. mero pani business chaupatta bho… ko sanga rune ma ????
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed