चलचित्र ‘अँगालो यो मायाको’ हङकङमा प्रदर्शन

September 26th, 2011

एस, हङकङ/ एचकेनेपाल डट कम-
प्रशान्त तामाङ अभिनित चलचित्र ‘अँगालो यो मायाको’ युन लोङस्थित टाउन हलमा प्रदर्शन सम्पन्न भएको छ।


चलचित्र प्रदर्शनका लागि सिक्किमबाट हङकङ आइपुगेका निर्माता किशोर दुङमालीले सिक्किमको पृष्ठभूमिमा निर्मित यस चलचित्रलाई देशविदेशमा प्रदर्शन गरिदै लैजाने बताए। असार १५ गते अफ सिजनमा चलचित्र रिलिज गरेर आफूले गल्ति गरेको बताएका उनले नेपाली किसानको व्यस्तताको समय असार १५ गते फिल्म रिलिज गरेपनि चलचित्रले सरदर रूपमा कमाइ गरेको उनले बताए। हङकङमा प्रदर्शन गरेपछि आफ्नो छिमेकी शहर कालिम्पोङमा र त्यसपछि बेलायत र इजरायलमा ‘अँगालो यो मायाको’ प्रदर्शन गरिने बताए।

चलचित्र निर्माता किशोर दुङमाली र राधा थापा। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हङकङमा चलचित्र प्रदर्शन गर्न सहयोग गर्ने किसन राई र चलचित्र निर्माणको प्रारम्भिक चरणदेखि अफिसियल मिडिया पार्टनरको भूमिका निर्वाह गर्दै आएको एचकेनेपाल डट कमका प्रधानसम्पादक तथा निर्देशक पशन तमूलगायत टिमप्रति निर्माता दुङमालीले आभार प्रकट गरे। ‘अँगालो यो मायाको’ चलचित्र हङकङमा पुनः प्रदर्शन गर्न नोभेम्बर महिना फेरि हङकङ आउने उनले बताए।

सिनाइ कमर्सियल प्रा.लि.को ब्यानरमा बनेको नेपाली सामाजिक चलचित्र ‘अँगालो यो मायाको’ ले बाबुआमाले समय दिन नसक्दा कुलतमा फँसेका छोराछोरी, समाजमा विद्यमान छोरा र छोरीबीचको विभदेसँगै आजका तन्नेरी पुस्ताको भावना आदानप्रदानलाई समेटेको छ। राधा थापाको प्रस्तुति रहेको फिल्मको निर्देशन विनोद सेरेङले गरेका हुन्। फिल्ममा प्रशान्तसँगै मुख्य भूमिकामा नयाँ नायिका हर्षिका श्रेष्ठले अभिनय गरेकी छिन्। राजधानीका धेरै र्‍याम्प मोडलिङ र म्युजिक भिडियोहरूमा देखापरिसकेकी हर्षिकाको यो पहिलो फिल्म हो।

नायक प्रशान्त तामाङ, निर्माता दुङमाली र नायिका हर्षिका श्रेष्ठ फाइल तस्वीरः अनुशील श्रेष्ठ

फिल्मबाटै सिक्किमका कलाकार विजेता बराइली र महेन्द्र गुरुङले सहनायिका तथा सहनायकका रूपमा ‘डेब्यु’ गरेकाछन् । अन्य कलाकारहरूमा प्रेम सुब्बा, महेन्द्र बागदाश, महेन्द्र बजगाईं, चुनीलाल घिमिरे, हेमन्त गिरी, सन्ध्या सुन्दाश, पन्नु गजमेर, अमर बानियाँ आदि रहेका छन्। फिल्ममा प्रशान्त लागूऔषधका दुर्व्यसनी र असल प्रेमी गरी दुइ फरक भूमिकामा देखा परेका छन् भने नायिका हर्षिकाले एक मध्यमवर्गीय परिवारकी छोरी र सामाजिक रूपमा सचेत युवतीको भूमिकामा अभिनय गरेकी छिन्।

निर्देशक विनोद सेरेङकै पटकथा, स्वर्गीय देवीमाया राईको कथा, इनोस गुरुङको संवाद, युवराज राईको छायाङ्कन, इजाक क्षेत्रीको सङ्गीत, गोविन्द राईको नृत्य, विपिन मल्लको सम्पादन, रत्न देवलाको द्वन्द्व, मेनुका दुङमाली राईको प्रोडक्सन डिजाइनर, विक्की राईको भेषशभूषा रहेको छ।

भिडियोः ‘अँगालो यो मायाको’ को केही झलक साथमा निर्माता किशोर दुङमालीको अन्तर्वार्ताः

भिडियोः

Popularity: 2%

Entry Filed under: हङकङको समाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- सबै पाठकहरुलाई आफ्नो प्रतिक्रिया दिन स्वतन्त्र छ। तर स्वतन्त्रताको अर्थमा कसैको मान हानी, ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशायले लेखिएका, असभ्य भाषा प्रयोग गरिएका र फर्जी नामबाट लेखिएका प्रतिक्रियाहरु प्रकाशित नहुन सक्छन्। धाक धम्कीसहित लेखिएका प्रतिक्रियालाई सुरक्षित राख्दै आई.पी. एड्रेस प्रकाशित गरिन सकिने छ।
- पाठकहरुको प्रतिक्रियाप्रति एचकेनेपाल डट कम कुनै जवाफदेही हुने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।
- Terms and Conditions

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2013
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930

Most Recent Posts

Most Popular in September, 2011

Most Popular Posts