मकाउमा पहिलोपटक नेपाली खबरपत्रिका
October 2nd, 2011
निर्मल श्रेष्ठ/ एचकेनेपाल डट कम-
मकाउ, मकाउबासी नेपालीहरूले पहिलोपटक नेपाली खबरपत्रिका प्रकाशन गरेका छन्। ‘गन्तव्य मकाउ’ नामक वार्षिक खबरपत्रिकाको आइतबार हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले विमोचन गरेका हुन्।
लेखन र अध्ययनमा रुचि राख्ने केही युवाहरूका सकृयतामा करीब एक वर्षको तयारीपछि पत्रिकाले मुर्तरुप पाएको हो।
‘गन्तव्य मकाउ’ सम्पादक टोलीका सदस्य तथा मुख्य व्यावस्थापक कास्कीका पूर्ण गुरुङले स्थानीय समाचारबाट टाढिनु परेकाले यस्तो सोच आएको बताएका छन्। ‘इन्टरनेटको सुविधाले विश्व समाचार नजिकबाटै नियाल्ने सुविधा भएपनि मकाउबासी नेपाली आफ्नै समूहभित्रका खबरबाट भने वञ्चित छन’, पत्रिका निकाल्नुको उद्देश्यबारे प्रष्ट्याउदै गुरुङले भने, ‘एक आपसमै चिनिन र यहाँ कार्यरत नेपालीहरूबीच आपसी सदभाव बढाउने सोच पनि हो।’ पत्रिकामा मकाउ इतिहास र वर्तमान झल्काउने लेख लगायत कुनै जमानाका ख्यातिप्राप्त राष्ट्रिय खेलाडीहरू बक्सर चित्रबहादुर गुरुङ र मानबहादुर श्रेष्ठ, सितेरियोका कृष्ण गुरुङ, भलिबल खेलाडी दीपक ताम्राकार र मधुकर थापालगायतले खेल क्षेत्रमा पुर्याएको योगदान समेटिएका छन्।
समारोहमा गैरआवासीय नेपाली संघ हङकङका निवर्तमान अध्यक्ष त्रिलोक गुरुङले पत्रिकाले मकाउबासी नेपालीहरू बीच सूचना तिर्सना मेटन दरिलो पुलको काम गर्न सक्ने भनाई राखे। मकाउबाट नेपाली पत्रिका प्रकाशन हुनुलाई ऐतिहासिक बताउदै नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले यसलाई निरन्तरता दिन सबैले सघाउनु पर्ने बताए। पत्रिका तीन वा छ महिनामा एकपटक निकाल्ने सोचिएका भएपनि आर्थिक समस्या र समयाअभावमा कारण अहिलेनै त्यसो गर्न नसकिने सम्पादक मण्डलका गुरुङको भनाई थियो। पहिलोपटक ५ सयप्रति छपाउदा करिब एकलाख रुपैयाँ खर्च भएको समेत उनले जनाए। २० पटाका (करीब दुइसय रुपैयाँ) मुल्य तोकिएको पत्रिका पहिलो दिनमै असीप्रति सकिएकामा भने उनले खुशी व्यक्त गरे। सम्पादक मण्डलमा पूर्णसंगै रामेन्द्रकुमार गुरुङ र वीरबल गुरुङ छन्। पूर्ण कास्की र अन्य दुइ स्याङजाका हुन्। ‘हामी कोही पनि यसक्षेत्रका अनुभवी होइनौ’, पूर्णले भने, ‘सानैदेखिको पत्रपत्रिका पढने बानीले धेरथोर लेख्न पनि सिकिएछ, यसपटक थुप्रै कमजोरी भए अर्कोपटक सुधार गर्दै लानेछौं।’

मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन गर्दै हङकङ तथा मकाउका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय(बायाँबाट दोस्रो) लगायत सहभागीहरू। तस्वीरः निर्मल श्रेष्ठ
मकाउबाट पहिलोपटक प्रकाशित खबरपत्रिका ‘गन्तव्य मकाउ’ विमोचन पछि सामूहिक तस्बिर खिचाउदै मकाउमा कार्यरत नेपालीहरू। तस्वीरः जगतअम्बु गुरूङ
Recent Videos:
Popularity: 2%
Entry Filed under: मकाउ

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed