inlshktop.jpg (89247 bytes)
परिचय
साहित्य विविध
कार्यसमिति
प्रेस विज्ञप्ति
फोटो ग्यालरी
मुख्य कार्यालय
वासिंगटन डि.सी.


dsc02390-a.jpg
देवकोटा जयन्ती

INLS -Hong Kong
Devkota Jyanti-96th
video clip
 

सम्पर्कः
[email protected]
Fax: 852-2375-4496

परिचयः
हंगकंगमा नेपाली भाषी साहित्यिक गतिबिधिलाई सक्रिय पार्न र यहां छरिएर रहेका नेपाली साहित्यकारहरु र साहित्यानुरागीहरुलाई एकसुत्रमा बांधेर नेपाली भाषा र साहित्यको बिकास, सम्बर्न्धन र विस्तारमा टेवा पुर्‍याउनका लागि ३० जुलाई २००४ मा अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाज हंगकंग च्याप्टर स्थापना गरिएकोछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हंगकंग च्याप्टरका पदाधिकारीहरुः

अध्यक्षः पशन तमू
उपाध्यक्षः अशोक गहतराज
महासचिवः टंक सम्वाहाम्फे
सचिबः चुरा थापा,
कोषाध्यक्षः सुरेन लिम्बु
सदस्यहरुः कमला नेपाली -सदस्य संख्या क्रमिक रुपमा थपिदै लगिनेछ)
सल्लाहकारहरुः देश सुब्बा, राई चन्द्र दुमी

रहर या वाध्यताले आफ्नो मातृभूमि भन्दा धेरै टाढा समुद्रपार आइपुगे पनि आफ्ना भाषा, साहित्य, कला र संस्कृतिहरुबाट पृथक रहन सकिदैन र पनि हंगकंग जस्तो अत्यन्त व्यस्त जनजीवनमा अभ्यस्त भै सकेका नेपालीहरुमा आफ्नै भाषा, साहित्य, कला र संस्कृति प्रति अगाध स्नेह जगाउन र त्यस प्रति गम्भिर भएर सोंच्नु पर्ने बेला आइसकेकोले साहित्य समाजको स्थापनालाई अपरिहार्य महसुस गरिएको हो । नेपालमा छंदै नेपाली साहित्यमा अत्यन्त उत्साहका साथ लागि परेका र यहां ओझलमा विलुप्त साहित्यकारहरुलाई सोही मार्गमा पुन ल्याउन र नेपाली साहित्यप्रति अभिरुचि राख्ने नयां प्रतिभाहरुको सिर्जनाशीलतालाई प्रोत्साहन गर्न पनि साहित्य समाज हंगकंगको आवश्यकता महसुस गरिएको छ । तसर्थ नेपाली भाषा, साहित्य र संस्कृतिको सेवाको लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, मुख्य कार्यालय, वाशिङ्टन डि. सि.ले आरम्भ गरेको यो महान अभियान प्रति ऐक्यवद्धता जनाउंदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हंगकंग च्याप्टर स्थापना भएको हो । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समुन्नतिको लागि स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थासित साझेदारी गरी सहकार्य गर्दै जाने योजना पनि रहेकोले नेपाली भाषा, साहित्य, कला र संस्कृति प्रति प्रेम राख्ने सबै विद्वद महानुभावहरुबाट व्यापक सहयोग र सद्भावनाको अपेक्षा गर्दछौं ।

सधन्यवाद सहित
पशन तमू
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हंगकंग च्याप्टर
३० जुलाई २००४, हंगकंग
कविता, गीत, कथा तथा साहित्य विविध अपडेटका लागि यहाँ क्लिक गर्नुहोस्।

अनेसास हंगकंगद्वारा सर्वाधिकार सुरक्षित  ३० जुलाई २००४,
Powered by: www.HKNepal.com