साला पहाडिया के भन्छ ? ..(कविता) - कृष्ण प्रसाई

साला पहाडिया के भन्छ ?

- कृष्ण प्रसाई

किन ढिला गर्र्छौ राजेन्दर भैया ?
ढिला गर्दै नगर-
मौकामा चौका चलाउनै पर्छ ।
कालापानीको जमिन सारे झै,
सुस्तालाई कब्जामा पारे झै,
वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर
बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ ।
त्यसो भयो भने काठमाण्डौ पनि हाम्रै हुन्छ ।
त्यसो भयो भने हिमाललाई पनि मधेस भन्न मिल्छ।
त्यो दरभंगामा भएको ससुरालाई पनि यतै बोलाउ। (more…)

Popularity: 20%

32 प्रतिक्रियाहरू / comments July 26th, 2008

अमरत्व प्रेमको .. (कविता) - प्रतीक चाम्लिङ

अमरत्व प्रेमको ..

- प्रतीक चाम्लिङ
अमरत्व प्रेमको
विश्वास त थिएन
तिमीले घाटीको किलकिले छोएर
खाएको कसमको
भरोसा पनि थिएन (more…)

Popularity: 10%

4 प्रतिक्रियाहरू / comments July 26th, 2008

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा - अशोक ‘’खलानको मान्छे'’

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा
- अशोक ‘’खलानको मान्छे'’

धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा
देशलाई वोक्सी लागेको छ भनी
बन्झाक्री बनी हिंडेकाहरु
नयाँ घोषणा पत्रको आव्हानमा
सयौ धामीका सभा राख्नेहरु
निर्दोषलाई बोक्सीको आरोप लगाई
उठिबास त गराए गराए
झाक्री बसेको हेर्न आत्तुर हामीहरु
जात्रे बनेका छौ , बिजोग सहेका छौ (more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 26th, 2008

साल्पा (कविता) - बिमल गिरी

साल्पा …


- बिमल गिरी

सुनदरताकी प्रतीक आकाशझै सङ्लो
विशाल धरातलको भूगोल माथि
जलबायु तापमान सहेर प्रकृतिकी रानी
सृजना र सभ्यताकी रुपवती
आफ्नो बिम्ब कोर्दै (more…)

Popularity: 8%

7 प्रतिक्रियाहरू / comments July 26th, 2008

धार (कविता) - कृष्ण बजगाईं

धार ….

- कृष्ण बजगाईं
बैंशालु युवतीसँग छिल्लिएझैं
उत्ताउलिएर मान्छेहरु
समयको धारसँग खेल्छन्
धार एउटा लक्ष्मण रेखा हो (more…)

Popularity: 7%

2 प्रतिक्रियाहरू / comments July 26th, 2008

‘पेन’कविता महोत्सवमा ..(कविता) - होमनाथ सुवेदी

‘पेन’कविता महोत्सवमा ..

- होमनाथ सुवेदी

‘ताना’-'बाना’ बुनी यौटा कविता कामिनी चुनें
दुहिता कल्पनालाई सौगात ‘पेन’ले दिएँ ।

‘पेन’ हुँ म नुहेको छु मिसिएको सँधै म छु
जहाँ जहाँ सभा हुन्छ पुग्ने कोशश गर्दछु । (more…)

Popularity: 14%

1 प्रतिक्रिया / comment July 5th, 2008

शब्दातीत मान्छेका विरुद्ध .. (कविता) - कृष्ण प्रसाई

शब्दातीत मान्छेका विरुद्ध ..

- कृष्ण प्रसाई
मैले,
बन्दुक, बारुद र आगो सित सोधेँ-
उनीहरुको गर्मी र ऊष्णता,
राप, तातो पन र सबै-सबै-
जो मान्छेका समाप्तिमा पर्याप्त थिए ।
अनि बन्दुक बोल्न थाल्यो मसँग-
ऊ बुद्ध हुन चाहन्थ्यो रे आफैँमा । (more…)

Popularity: 11%

1 प्रतिक्रिया / comment July 5th, 2008

लौ भन नेता हो .. - देव गुरुङ

लौ भन नेता हो ..
- देव गुरुङदेव गुरुङ

लौ भन नेता हो नेताहरुले देशमा के गरेका छन्
गणतन्त्र आयो कि राजतन्त्रै छ जनता भ्रममा परेका छन् ।

ठूलै मिसाईल बर्षाएथ्यौ माईला दाईलाई ताकेर
केही चोट लाएन केवल श्रीपेच मात्र झरेका छन् । (more…)

Popularity: 12%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 5th, 2008

देखेपछि आँखा मार्दै (गीत गजल) - छबिलाल कडेल

- छबिलाल कडेल

देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी
चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी

अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे
भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी (more…)

Popularity: 16%

4 प्रतिक्रियाहरू / comments June 30th, 2008

शताब्दीकी नायिका ! (कविता) - सबिना सिन्धु

शताब्दीकी नायिका !

- सबिना सिन्धु

ओ शताब्दीकी नायिका !
तिमी, उभिएर सडकमा
शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ ।
हार्दिकता स्विकार्न सक्छ्यौ
चिहान टेकेको त्यो पुरानो समय
युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर
एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत
स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ । (more…)

Popularity: 16%

4 प्रतिक्रियाहरू / comments June 30th, 2008

‘पेन’ हङकङमा… (कविता) - होमनाथ सुवेदी

‘पेन’ हङकङमा…

- होमनाथ सुवेदी


एच्के नेपालको यात्रा हङकङ भरी गरें
अनेसास समाएर शाखामा चोप्छु ‘पेन’ हे !

देश सुब्बा, उपन्यस्त सल्लाह-कार छन् भने
महासचिव शाखाका सम्वाहाम्फे बने भने ।

तमू अध्यक्षमा बस्दा नेपाली र चुरा थिए
अनेसास बनाएर एच्केमा शासनै गरे । (more…)

Popularity: 14%

4 प्रतिक्रियाहरू / comments June 30th, 2008

नेपाल एक दिन फर्कन्छु ..!( कविता) - दिनेश खरेल

नेपाल एक दिन फर्कन्छु ..!

- दिनेश खरेल
नेपाल एक दिन फर्कन्छु,
नीदरल्यान्डमा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाई त पूरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका वर्ष बिताईयो,
खालि हात के जानु! (more…)

Popularity: 17%

4 प्रतिक्रियाहरू / comments June 25th, 2008

केही हाइकू -मकाउ कविता यात्राको - लारा

केही हाइकू -मकाउ कविता यात्राको

- लारा

१। बुझ्नु न सुझ्नु
उद्घोषणबाट, कविता यात्रामा कुद्नु
लारा ।

२। विश्व-सञ्जाल सञ्चालन गर्ने मान्छे
एक घण्टाको दूरीमा, जहाजले मातेर ईन्तु न चिन्तु!
पशन तमू । (more…)

Popularity: 17%

6 प्रतिक्रियाहरू / comments June 25th, 2008

जीवन, सपना र मृत्यु.. (कविता) - नरेश सुनुवार

जीवन, सपना र मृत्यु..


- नरेश सुनुवार

प्रकृतिद्वारा प्रतिपादित
यो ब्रम्हाण्ड
यो जगत
यो जीवन
प्राणी जीवनका दुई अस्तित्व
पशु
मान्छे,
पशु
जो यस्तो प्राणी
ऊ न चेतनशील छ
न संवेदनशील छ (more…)

Popularity: 22%

2 प्रतिक्रियाहरू / comments June 23rd, 2008

नयाँ नेपाल… (गीत गजल) - भोला बिक्रम राई

नयाँ नेपाल (गीत गजल) …

- भोला बिक्रम राई

ठूलो सानो धनी गरिव, सबै जहाँ समान हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ (more…)

Popularity: 18%

5 प्रतिक्रियाहरू / comments June 19th, 2008

छेकिएका हिमश्रृंखलाहरु.. (कविता) - डा.मधु माधुर्य

छेकिएका हिमश्रृंखलाहरु..

- डा.मधु माधुर्य


बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु…
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै सर्पहरुले फणा उठाउँदा -
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ ! (more…)

Popularity: 16%

3 प्रतिक्रियाहरू / comments June 19th, 2008

धोकामा जलेको मन.. (गीत गजल) - भूपेन्द्र महत

धोकामा जलेको मन..

- भूपेन्द्र महत

धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न

माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न (more…)

Popularity: 17%

1 प्रतिक्रिया / comment June 19th, 2008

रातको वेश्यावरण ! (कविता) - शिव प्रकाश

रातको वेश्यावरण…

- शिव प्रकाश
रातको उन्मत्तता पिएर
मदोन्मत बाँचेको शहर
दुर्गन्धित ति हरेक साँझहरु
विहानीले पाखाल्न सकेको छैन
साँझका ति टाटा
रातका ति राग
यौवन निचोरिएका अँध्यारोका ति पीडा
बन्दबजारभित्र खुल्ला छ (more…)

Popularity: 16%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment June 19th, 2008

राष्ट्रपति कसलाई ? (कविता) - हरिकृष्ण न्यौपाने (घायल)

राष्ट्रपति कसलाई ?

- हरिकृष्ण न्यौपाने (घायल)

सबै दलमा लुछा-चुडी, राष्ट्रपति कसलाई?
सबै मिलि छान्नु पर्छ, योग्य ब्यक्ति जसलाई!
पद अनि कुर्सि खोज्दै, हाना-थाप किन?
दलहरूकै हाना-थापले, बित्यो धेरै दिन!! (more…)

Popularity: 16%

1 प्रतिक्रिया / comment June 19th, 2008

म अस्तित्व हराएको मान्छे…(कविता) - प्रेम पुन

म अस्तित्व हराएको मान्छे…

- प्रेम पुन

म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे
दु:खको पहाड बोकेर हिंडेको मान्छे
लगाउनलाई मसंग चप्पल थिएन
लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे
पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो
तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे
म कक्षामा जहिले पनि अगाडि हुन्थे (more…)

Popularity: 19%

16 प्रतिक्रियाहरू / comments June 19th, 2008

Previous Posts


नेपाली समयः -

D-PAL-Your Photo Gallery!!





Categories

Links

Feeds

Most Popular in June, 2008

Most Popular Posts