Posts filed under 'गीत/गजल'
- आचार्य प्रभा
साहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले।
ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले।
हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न सिकायौ अनुराधा तिमीले।
नारीहरु बन्दछन् नि अतिनै कोमल र कमजोर
मनलाई हुन्न मार्न सिकायौ अनुराधा तिमीले।
सहनशिल भइ नारी जातको बन्नु पर्छ प्रतिक
सहृदयी मन पार्न सिकायौ अनुराधा तिमीले।
रचना -११ /२२ /२०१०
Recent Videos:
Popularity: 33%
November 23rd, 2010
-भीम के सी कमल
गाउँमा जीबन असहज भो, बाध्यताले खाडी आएँ
प्राण प्यारा आफन्तलाई, सम्झि रुन छाडी आएँ।
उता काफल पाक्यो होला, चरी यता नाच्नु पर्ने
चुलबुले सब सपनाहरु, देउरालीमा गाडी आएँ।
यता सुन फल्छ भन्ने, मृगतृष्णा पछि लाग्दै
प्रणयको पोथरालाई, पैतालाले माडी आएँ।
उतै शितल उपबन, उखरमाउलो मात्र यता
खुला आकाश चहार्ने म, निसासिदो झाडी आएँ।
सिंगो मान्छे रहुँ भन्ने, हृदयको चाहना हो
नसकेर ‘भीम’को मन, तोला मासा बाँडी आएँ।
?????
( बिदेशिन बाध्य नेपालीहरुमा समर्पित)
Recent Videos:
Popularity: 35%
November 10th, 2010
- सजना गुरूङ
इजरायल
हामीबीच सम्बन्धको यस्तो जाल बुन माया,
नसकियोस् नाप्न अनि नसकियोस छुन माया!
विश्वासका दीप कतै निभ्न गए मबाट
अन्धेरीमा ज्योति छर्नु भै तिमी जून माया!!
प्रेम सधैं फैलियोस् दुवोसरी जीबनमा
एकअर्कालाई दोष लाउदै नपरोस् है रुन माया!!
तिम्रो आत्मा रहेसम्म यो आत्मानि रहिरहोस्
जन्मो जन्म यसैगरि पाऊ तिम्रै हुन माया!!
हामी बीच सम्बन्धको यस्तो जाल बुन माया
नसकियोस् नाप्न अनि नसकियोस् छुन माया!
Recent Videos:
Popularity: 35%
November 10th, 2010
उच्छवासले चाप्दै लग्यो ..
- एकलव्य राज
उच्छवासले चाप्दै लग्यो पहेलिने सन्ध्यामा
विदृण बन्दै गयो इच्छा ओझेलिने सन्ध्यामा
अलिनो प्रकाशमा छामछुम गर्दै प्रदीपक
छायो कलेटी अन्धकारको रुमलिने सन्ध्यामा
तारे भिरका पाखाहरु त्युरी फुल्दा सेतै
लाग्न थाले निमेश भरमै खुइलिने सन्ध्यामा
चारबीस टेकी जिन्दगी अव प्रसुप्त बन्दै
बगुन्द्र फुसफुसयो मृत्यु कहालिने सन्ध्यामा
प्रारव्ध सोची आफ्नो जोडघटाउ नसिहतको
मिल्दैन हिसाब कहिल्यै ओरालिने सन्ध्यामा
बयरवन ३ हरकपुर (मोरङ्ग)
Recent Videos:
Popularity: 46%
January 15th, 2009
फूल खोज्ने भमरा झैं..
- नरेश माङपाहाङ राई
फूल खोज्ने भमरा झैं यतातिर आईयो
विष छर्ने साँप जस्तो मायालुलाई पाईयो
मोटर साईकल चढी आउदा मुस्कान छर्न थाल्यो
रित्तो खल्ती देखेपछि कसिंगर झैं फाल्यो
भोको माया टार्नलाई यतातिर आईयो
घुर्दै सुत्ने सुंगुर जस्तो मायालुलाई पाईयो
जीउको लुगा राम्रो देखी फर्कि फर्कि हे-यो
पैसा भईन्जेल अंगालोमा सर्पले झै बे-यो
मिल्ने जोडी खोज्दै खोज्दै यतातिर आईयो
काठ पसेको मूला जस्तो मायालुलाई पाईयो
टाढा हूदा सम्झिएर लेख्नु चिठ्ठी लेखें
मायालूलाई भेट्न जांदा अर्कैसंग देखें
मनको कुरा पोखुं भन्दै यतातिर आईयो
दुध नदिने भैंसी जस्तो मायालुलाई पाईयो
फोक्स्टोन वेलायत
हाल: अफ्गानिस्तान
Popularity: 56%
January 10th, 2009
माया भनिदेऊ…
- केदार श्रेष्ठ”गगन”
प्यार गर्दै नजिक आउछु माया भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
छातिभित्रै पसूँ लाग्यो अलि वर सर
फूलझैँ फुलिदिन्छु शीत बनि झर
माया गर्छु अजम्वरी निष्ठुरी भै नजाऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
हिउँभन्दा चोखो माया लाईदेऊ भन मनमा जे छ
वस्ती बसाऔँ मायाको मरी लानु के छ
छ छैन माया मेरो अलिकति भनिदेऊ
आकाश भइ फैलिदिन्छु तारा बनि आऊ ।
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.ए.इ.च्याप्टर
Popularity: 47%
January 10th, 2009
कुरा काट्ने मान्छेहरु…
- आशा ‘विदीर्ण’
‘नारी पुरुष समान भनी’ संसार ढाट्ने मान्छेहरु,
हामी पनि हेरौ लौन कुरा काट्ने मान्छेहरु ।
जतै पनि छरिया’छन् पौरुषता त्यो देखाउंदै,
पैसासंग आफ्ना छोरी चेली साट्ने मान्छेहरु ।
‘दुबैलाई समान हक’ भनी व्यवहार अर्को गरी,
आफैले नै थुकेको थुक ‘लप्प’ चाट्ने मान्छेहरु ।
मुखले भन्दा ‘समान अवसर समान कार्य’ भनिदिने,
घरमा चाहिं पुरुषराजको हैकम छाँट्ने मान्छेहरु ।
अब नारी चुप लाग्दैन होश गरे सबैजना,
नारी जातलाई खुट्टामुनि थिच्न आँट्ने मान्छेहरु ।
Popularity: 43%
November 8th, 2008
खैवा जिन्दगी …
- केवल गंगा गुरुङ
च्योवा थैली मुस्या योम्मै
सुख थेवरी
थेवा नैदो च्योवा तम्मै
दुःख लोबरी
थैलो ङ्योयामै ले तम्मै
तोउरी खवा झोगो
नैदो फई मै बाथी यामै
प्रेना रिबा झोगो
खैमा कोई प्रेमु सई तोइर
खैमा क्रोसी टिमु सई नइर
खैमा नेखबा खैमा क्रोबा
ङ्हेनु चुर जिन्दगी वे तार झोगो
प्हालै परीमै जिन्दगीवे चु धुन झोगो
भुजीकोट तनहुँ
हालः हङकङ
Popularity: 33%
November 8th, 2008
प्रवासतिर…
- इखालु रमेश गेलाल
नचाहेर पनि पाइला प्रवासतिर मोड्नु पर्यो
टिपेको त्यो सुन्दर फूल शिरमै नलाई छोड्नु पर्यो
पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
तर आज वालुवामा एक्लो मुटु गोड्नु पर्यो
साथमा छँदा खुसी अनि आँतभरि माया पिउथ्यौ
विवस बनी तड्पिएर नसा बोतल फोड्नु पर्यो
समयले चड्कन हान्यो हामी दुईको साथ छुट्यो
उनी पारी म वारी कल्पनाले जोड्नु पर्यो
जीवनको कुनै मोडमा नछुटिने हाम्रो कसम
हुर्कन नपाउँदै आफ्नै हातले तोड्नु पर्यो ।।
खोटाङ बजार-१, खोटाङ
हालः दोहा, कतार ।
Popularity: 29%
November 8th, 2008
लौ भन नेता हो ..
- देव गुरुङ देव गुरुङ
लौ भन नेता हो नेताहरुले देशमा के गरेका छन्
गणतन्त्र आयो कि राजतन्त्रै छ जनता भ्रममा परेका छन् ।
ठूलै मिसाईल बर्षाएथ्यौ माईला दाईलाई ताकेर
केही चोट लाएन केवल श्रीपेच मात्र झरेका छन् ।
हेरी राख्या छ भन्थ्यौ नक्खु जेलमा ठूलो एउटा कोठा
परन्तु हांस्दै हांस्दै माईला दाई नागर्जुन वसाई सरेका छन् ।
हल्ला खुव चलाएथ्यौ सात समुन्द्र पारी कटाउने
तिम्रै मिलो मतोमा केवल वागमती तरेका छन् ।
जादु टोना गरयौ कि दाजु खाने भाईले
फूल्न नपाई गणतन्त्र कोपिला मै मरेका छन् ।
कास्की घाचोक
हाल हङकङ
Popularity: 34%
July 5th, 2008
- छबिलाल कडेल
देखेपछि आँखा मार्दै जोब्रो टोक्छिन् तिम्री छोरी
चुप्प खान्छिन् छेउमा आइ बाटो रोक्छिन् तिम्री छोरी
अचम्म छ, डर कर छैन, कली युगकी नारी अरे
भट्टी जान्छिन् मध्यरातमा, टन्न धोक्छिन् तिम्री छोरी
जे नगर भन्न्यो उहि पैले उनलाइ चहिन्छ
छिन छिन मै चुरोट तान्छिन्, रातभर खोक्छिन् तिम्री छोरी
स्कुल जान्छिन केटा हेर्न, सधै भरी क्लास बाहिर
पुस्तक बोक्ने झोलाभित्र रक्सी चुरोट बोक्छिन तिम्री छोरी
हेर बाबु होस पुराउ बेलै माथि, छोरी बिग्री सकिन्
नत्र एकदिन पछुताउदै टाउको ठोक्छिन तिम्री छोरी
हालः नेदरल्यान्द
Popularity: 43%
June 30th, 2008
नयाँ नेपाल (गीत गजल) …
- भोला बिक्रम राई
ठूलो सानो धनी गरिव, सबै जहाँ समान हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
आफ्नो हक अधिकार खोज्दा, कोही त्यहाँ मर्ने छैन
दाजु भाई लडेर कहिले, गाउं वस्ती जल्ने छैन
शान्ति र सुरक्षाको, सधैं जहाँ आभास हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
भाईचारा र भातृत्वको, गाँसिरहोस् मिठो प्रीत
सबै मिली गाईरहोस्, शान्तिको मिठो गीत
एकतामा बाँधिएको, तराई पहाड हिमाल हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
अफ्गानिस्तान, काबुल
Popularity: 34%
June 19th, 2008
धोकामा जलेको मन..
- भूपेन्द्र महत
धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न
माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न
हारजितको च्याँखेमा माया थापिएछ
सबैलाई मात दियौ नि तिमीले तिर चुन्न
बेनामी बजारमा लिलाम भएछ इज्जत
सकिएन कसै गरे नि धागोले शिर तुन्न
स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
छाडिनौ जीबनमा पहिरो जाने भिर बुन्न
Popularity: 34%
June 19th, 2008
गजल बिनाश ….
- दुर्गा राई
जन्म र मृत्यूको साँध यो जिन्दगी, त्रासै त्रास,
प्रहर प्रहर बिताई रहेछु आज बगदादको बास्,
यहाँ कतै कुनै भरोसा छैन, जे पनि हुन सक्छ,
पाईला पाईलामा फैलिएको छ मृत्युको सन्त्रास्,
भाग्यले पनि खै कस्तो ठाउमा ल्याई पुर्यायो,
आँखाको परिधि भन्दा पर पनि बिनाशै बिनाश,
यहाँ बाच्नलाई त अब देउतै चाहिन्छ हजुर,
चल्या छ यहाँ जता ततै बारुदै बारुदको बतास्,
अझै मर्या छैन यो “दुर्गा” मित्र हो बाँकी छ सास्
सारा सपना टुटे पनि राख्या छु अझै भेट्ने आश्
जरायोटार २ बसेरी
हालः ईराक, बगदाद - २०६५ बैशाख २०
Popularity: 29%
June 13th, 2008
दुःखी जीवनमा …
- सुरेन्द्र ईङ्नाम
तिमी आयौ वहार ल्यायौ मेरो आँगनमा,
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
भत्किएथे मनहरु उजाड उजाड थियो
कहाँ थियौ आजसम्म मनले खोज्दै थियो
बिहानीको घामसँगै खुसी छायो मनमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
जून जस्तै शितल तिमी समुन्द्र झै शान्त रहिछौ
आकाश झै विशाल तिमी धर्तीकै टुक्रा रहिछौ
चन्द्रमा झै शितल छायौ सधै मिलनमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
भन्छन् सबै सबै गाउँछन् आफ्नै कथा व्यथा
भूले सबै सबै छाडे तिम्लाई पाए यता
तिमी जस्तै सुवाशिली छैनन् अरु संसारमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीवनमा
डोवर, वेलायत
Popularity: 27%
June 13th, 2008
तोक्मामाथि ढाकार राखी .. .
- विष्णु खालिङ
तोक्मामाथि ढाकार राखी, भरिया दाई सुस्ताउने
चौतारी त्यो छैन कतै दुखियाको दुख विसाउने
भावी तिम्ले भाग्य मेरो कुन मसिले लेखि दियौ ?
लेखि आफै कि ? तिम्ले फेरी आफै मेटी दियौ
आंशु सबै सुकि गयो यो छातिको ज्वाला निभाउने
चौतारी त्यो छैन कतै दुखियाको दुख बिसाउने
ठानी आफ्नो सबको सामु दुख सही हासि दिएं
सबको लागी दैव आज मनै काठा भई दिए
हुन्छ किन ? हाँस्दा मैले अरुलाई दुख्ने
चौतारी त्यो छैन कतै दुखियाको दुख बिसाउने
सायद मैले यो संसारमा सम्नु हुन्न थियो
बाड्दा खुशी सबको मनमा काडा बनि विझी दियो
कसो गरी होला दैव यो मनलाई बुझाउने
चोतारी त्यो छैन कतै दुखियाको दुख बिसाउने
दक्षिण कोरिया
Popularity: 32%
May 5th, 2008
जिन्दगीका पीडाहरु .. .
- दुर्गा राई
तिमी नआएर के भो र? आएका छन् तिम्रा ती यादहरु,
जति दुखे पनि जिन्दगी यो, रोकेकोछु आशुका ती बाधहरु ….
बेखुशीकै अन्धकारमा अलमल्लि रहेछु आज जिन्दगी,
नझुल्कि ने भो कहिल्यै पनि, खुशीका ती चाँदहरु ….
ज्यूदो लाश भै ज्यूदै छू यहाँ तिम्रै अभावमा प्रिय,
सुन्ने कोही छैन पीडाका ती चित्कार अनि अन्तर्नाधहरु ….
आफ्नो नै बिरानो भै गयो टाढा टाढा आज,
हे! ईश्वर मेटाई देऊ, अब जन्म र मृत्यूका ती साँधहरु ……..
भोजपुर, जरायोटार २ बसेरी
हालः ईराक, बगदाद
Popularity: 32%
May 5th, 2008
च्वास्स मुटु दुख्दो रैछ …
-बिमल गिरी
च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँदसगै
बिरक्तिन्छु सुनसानमा उदासिने यो बताससँगै
जीवन भारी हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा
वेदनमा पिल्सिएर एकान्तमा बग्छन् आँसु
दिलको व्यथा लुकाउँदै निराश बनि कति बसुँ
डाको छोडी रुन मन लाग्छ आफ्नै मान्छे टाढी दिँदा
मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा ।
चारपाने, झापा
हाल: ब्रसेल्स, बेल्जियम
Popularity: 30%
May 5th, 2008
खुशी हुँदा पनि साथ… (गीत)
- प्रेम पुन
खुशी हुँदा पनि साथ दुखी हुँदा पनि साथ
कस्तो अचम्म छ यो मदिराको जात।।
बिगत मेरो चंचल थियो खुशीले मात्तिएर पिएथेँ
आज छाती भरी पीँडा छ त्यसैले आत्तिएर पिएँ।।
एकदिन थियो मिलनको उन्मादमा हाँस्दै पिएथेँ
आज बिछोडको गहिरो घाउ छ त्यसैले रुदै पिएँ।।
सुखमा पनि दुखमा पनि यो नशा पिउदै छु
यै नशामा डुबी म बाँकी जीबन गुजार्दै छु।।
दोबा म्याग्दी
हालः ओस्तन्डे बेल्जियम
Popularity: 31%
May 5th, 2008
मन भन्छ हाटै बजार जाँउ…
- नरेश माङपाहाङ्ग
मन भन्छ हाटै बजार जाँउ
चाहनाको मायालाई भेटी आज आँउ
अजम्बरी माया साटी आँउ
मन भन्छ हाटै….
विरहको गीत गाँउदै दिन कति काटु म - २
बन पाँखा घाँस दाउरा कति दिन गरुं म
डाँडा पारी कँहा जाँउ म - २
मन भन्छ हाटै….
आफनै ठाँउ छाडेर कतै बस्ती सरुं कि
मिर्मिरेको बिहानसंगै कतै माया छरुं कि
सवै छाडी कँहा जाउं म
मन भन्छ हाटै बजार जाउं
चाहनाको मायालाई भेटी आज आँउ
अजम्बरी माया साटी आँउ
मन भन्छ हाटै…
पाँचथर कन्यटार
हालः यू.के.
Popularity: 30%
May 5th, 2008
Previous Posts