Posts filed under 'मुक्तक'

वेअर्थ (मुक्तक) - मान थापा

- मान थापा
आंखा राम्रो हैन
दृष्टि पो त,
बुझ्ने कोशिश छैन
नरिसाई देउन,
बोलीले मीठास छुन्छ
बल कम गर,
आवेशले के हुन्छ
विनाश मात्र !!

चुन वान

Popularity: 43%

2 comments June 29th, 2007

मुक्तक -शिव शर्मा चञ्चल

-शिव शर्मा चञ्चल

थाहै नपाई झुठो सपना
आंखा भित्र छाएपछि
मुटु मात्रै दुखिरह्यो
धोकै धोका खाए पछि
यस्तै रहेछ रीत आखिर
टुट्ने माया लाए पछि

Popularity: 42%

10 comments April 3rd, 2006

मुक्तक - संजीव राई

- संजीव राई

पराश्रति पराधिन भई
सिक्काको जंजीरले बांधिएको जिन्दगी अनि
खुल्ला आकाशमा
सेतो परेवा झैं उड्न चाहने
असंभव रहर बोकेका
बन्धकी आत्माहरुको चित्कार
कस्तो हुन्छ ?
पिंजडामा बन्द त्यो निरीह सूगालाई बुझे पुग्छ ।

टोयोटा सिटी, जापान ।

Popularity: 42%

2 comments March 18th, 2006

यथार्थता (मुक्तक) - सौरम

- सौरम

पधेंरीमा
जूनकिरी चम्केका अँधेरीमा मात्र हो ।
पारि डाँडामा
सप्तरंगी इन्द्रेणीले सजेको मात्र झरिमा हो ।
हिमशिलामा
हिउँ पग्लेर बग्ने कञ्चन पानी मात्र हो ।
यथार्थमा
जतिनै बिझाएं नि तिमी मेरो प्यारो अंग
चञ्चल आँखाको पनि अस्थिर नानी मात्र हौ ।।

कोलोम्बो

Popularity: 40%

1 comment February 27th, 2006

पाँच हाइकु - सकु थापा

- सकु थापा


पहिलो प्रेम
नजरबाट शुरु
बोलीमा बन्द ।

बन्दुके नाल
शक्ति उब्जाउँदैन
रक्तिम खोली ।

नदी प्रवाह
सभ्यता बगाउँदै
विकृति छाड्छ ।

सगरमाथा
फोहरले पुरिदै
उचाई बढ्यो ।

प्यारी संगिनी
दिनभरी टाढा भै
रातको साथ ।

भक्तपुर ।

Popularity: 45%

7 comments January 9th, 2006

दुई टुक्रा (मुक्तक) -शिव शर्मा चञ्चल

-शिव शर्मा चञ्चल

१,
कसैलाई कसैको हात मन पर्छ
त,कसैलाई कसैको वात मन पर्छ
ज-जसलाई जे-जे मन परोस्
तर, मलाई त, मायालुकै साथ मनपर्छ ।
२,
हांसो भन्दा जीवन धेरै, आंशुकै तेल हो
विरह र वेदना त मान्छे खेलाउने खेल हो,
कसैलाई लाग्ला माया फेरी, मुटु मुटुको मेल हो
तर मेरो लागि त माया, वर्खे मासकै भेल हो ।
राईपुर ७ तनहुं

Popularity: 45%

2 comments December 27th, 2005

“एक दृष्टि” मुक्तक - टंक वनेम

- टंक वनेम

ओठहरुमा फुलेका मुस्कानहरुसंगै
परेलीमा पोखिएका गाजलहरु
लेखि दिदा केहि भन्देनौ भने
लेखि दिउं त
लाजले लत्रेका आंचलहरु ।

अनि त्यहि ओठभित्र लजाएका
मोति-मोतिका लहरहरु
संम्झि नै पो सकिन छु
के-के भन्थे खोइ को नि
तिम्रो बैंशका रहरहरु ।

हाल: वेलायत

Popularity: 51%

5 comments December 15th, 2005

दुई मुक्तक - नगेन्द्र कुङबा

- नगेन्द्र कुङबा
साम सुइ पो

म केही हुन सकिन
लकडी जलेर भयो कोइला
कोइला जलेर राग
म एक अपरिचित छु हङकङमा
सबैले भन्छन् धर्तीको बोझ
आवाज यहीं सुनी
रीसले जलेर
न हुन सकें कोइला
न त राग…

जसरी पनि म बाँचेको छु

अस्तव्यस्त छ हङकङमा डलरको लागि
कहीं घोडारेस छ त
कतै मार्कसिक्स र फुटबल
घोडा, मार्कसिक्स र फुटबलको त के कुरा
अरु धेरै खेलहरु हारे तापनि
म हाँसेको छु
कसैले सोधे- तिमी को हौ ?
म नेपाली हुँ महाशय
आफ्नै देशको परिवेशमा
म बाँचेको छु ।

Popularity: 41%

2 comments November 19th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

Top Commenters