Posts filed under 'साहित्य सन्दर्भ'

‘राईफलको नालबाट…’ (समीक्षा)-रामकृष्ण बान्तावा

‘राईफलको नालबाट जीवन नियाल्दाको कथा’
का सम्बन्धमा समीक्षात्मक मन्तब्य

-रामकृष्ण बान्तावा

कतै मनोरञ्जनात्मक भने कतै दर्दनाक भावनामा सोच्न बाध्य बनाउने, कतै वाह! भन्नुपर्ने यी मार्मिक र साहसिक शब्दहरु कुनै दन्त्यकथाबाट ल्याईएका छैनन्, अनि कुनै धार्मिक ठेलीहरुका उपदेश पनि होईन।

रगतले इतिहास कोरिएको रक्ताम्य, सन् १९८२ सालको फोकल्याण्डको युद्धमा एक साहसिक र भावुक मुटु बोकेका अनि नयाँ नयाँ ठाउँका यात्राका एउटा नेपाली युवाले भोगेका यर्थाथ कथा हो यो। जुन युवा आफ्नो कल्कलाउँदो उमेरमा व्रिटिश आर्मीमा लागेर व्रिटिशको इतिहास निमार्णमा आफ्नो रगत र पसिना लगानी गर्ने उहाँ हुनुहुन्छ श्री गणेश राई।


एउटा तथ्य यहाँ के छ भने आर्मीका मान्छेहरु बन्दुक समाएर युद्ध भूमिका मान्छे मार्ने र आफू मर्ने मात्र हुँदैनन् । हो आर्मीका अनुशासन एकदमै चर्को हुन्छ, त्यही अनुशासनले गर्दा नै पनि हुनसक्छ आर्मीले विश्व विश्व प्रसिद्ध साहित्यकार, कलाकार, बैज्ञानिक र राष्ट्रपति धेरै जन्माईसकेको छ । उदाहरणकारुपमा सबैभन्दा पहिला अमेरिकी राष्ट्रपति जर्ज वाशिंगटन (George Washington) पहिलो राष्ट्रपति हुनुभयो। उहाँ राष्ट्रपति हुनुभन्दा पहिला सन् १७५४ मा Lieutenant Colonel आर्मीमा हुनुहुन्थ्यो। उहाँले नै Liberty to people वा स्वतन्त्र अमेरिकी जनतालाई दिलाउनु भयो।

सन् १७८९ अप्रिल ३० देखि सन् १७९७ मार्च ३ सम्म अमेरिकी राष्ट्रपति पदमा रहनुभयो । अर्का बेलायत प्रधानमन्त्री Winston Churchill पनि आर्मीकै हुनुहुन्थ्यो जो दोस्रो विश्वयुद्धको बर्वर संहार भैरहेको बेला उहाँ बेलायतका Prime Minister हुनुहुन्थ्यो।

सन् २००० नोभेम्बर ७ का दिन संयुक्त राज्य अमेरिकामा ४३ औं राष्ट्रपति पदका लागि निर्वाचनमा हाल विजयी राष्ट्रपति जर्ज डब्लु बुश जुनियर र पराजित तत्कालका ४५ औं उपराष्ट्रपति अल गोर दुवैजना एकजना आर्मीका र अर्का Air National Guard मा हुनुहुन्थ्यो । हालका प्रेसिडेण्ट जर्ज डब्लु बुश सन् १९६८ मा F-102 Fighter Pilot Texas Air National Guard हुनुहुन्थ्यो, भने लेखक बन्न चाहाने अलगोर सन् १९६९ मा सैन्यसेवा भर्ना हुनुभयो र भियतनाम पुग्नुभयो, सन् १९७१ मा सैन्यसेवा छोड्नुभयो। हाल उहाँ फेरि लेखन विद्यामा अंगालिरहनुभएको छ।

अर्को विश्वप्रसिद्ध Lord of the ring नसुन्ने मान्छे यो संसारमा शायद विरलै होलान् जसको लेखक विश्वप्रसिद्ध साहित्यकार बहुमुखी प्रतिभाका धनी John Ronald Revel Tolkien पनि आर्मीका Second Lieutenant हुनुहुन्थ्यो।

अर्का विश्वप्रसिद्ध फिल्मी अभिनेता बहुमुखी प्रतिभाशाली Arnold उहाँ पनि अष्टे्यिन आर्मी (Austrian Army) सन् १९६५ मा १८ वर्षै कलिलो उमेरमा Tank Division मा भर्ती हुनुभएको थियो । जसले पछि गएर बहुचर्चित फिल्महरु जस्तै Termination One, Two & Termination Three मा अभिनय गर्नुभयो। उहाँ हाल California को Governor हुनुहुन्छ।

नेपालकै सर्न्दभमा भन्ने हो भने पनि डायमन शमशेर राणा नेपालका एक प्रसिद्ध साहित्यकार उहाँ पनि नेपाल आर्मीमा हुनुहुन्थ्यो। उहाँले लेख्नु भएको बसन्ती र सेतो बाघ उपन्यास बहुचर्चित कृति हुन्, जहाँ तीन दशकको नेपाली राजनीतिक इतिहास पाईन्छ।

सन्तोष पन्त वहाँ पनि नेपाल आर्मीमा नै हुनुहुन्थ्यो, उहाँलाई प्रख्यात हाँस्यकलाकार भनेर हामी चिन्दछौं । कर्णेल गंगाराज मुकाङ हाल नेपाल आर्मीमा कार्यरत् हुनुहुन्छ उहाँलाई पनि हामी एक चर्चित गीतकार भनेर चिन्छौ । अर्का चन्द्र कुमार लक्सम्बा व्रिटिश सैनिकमा भर्ती भएर बन्दुक मात्रै समाएनन् उहाँले बन्दुकसँगै विद्यावारिधी पनि गरे । अर्का ब्यक्तित्व सन् १९६४ मा चौध वर्षमात्र पुगेका नारायण गुरुङ पक्लिहवा पुगेर अठार वर्षमुनिको उमेर ढाँटेर व्रिटिश सेनामा भर्ती भई सन् १९६८ मा मलाया इमर्जेन्सी सकिनुवित्तिकै सैनिक कटौतीमा उहाँ परेर घर र्फकनुभयो । हाल वहाँ सरस्वती क्याम्पसमा प्रमुख र राजनीतिशास्त्र विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अहिले अर्न्तराष्ट्रिय मामिलामा विद्यावारिध गर्ने सोच पनि राख्नुभएको छ।

कहिल्यै विर्सन नसकिने स्व. नारदमुनि थुलुङ उहाँ पनि व्रिटिश सैनिकमै हुनुहुन्थ्यो । अर्का बेलायतले गोरखालीहरुमाथि गरेको भेदभाव र असमान ब्यवहारको विपक्षमा उभिएर लडिराख्नुभएका पदम बहादुर गुरुङ उहाँले पनि विश्वमै प्रसिद्धि कमाईराख्नु भएको छ। यसरी नै निकट भविष्यमा गणेश राई पनि आउने आशाका पात्र देखिनुभएका कारणले म हर्षविभोर भएर वहाँको ‘राईफलको नालबाट जीवन नियाल्दा’ संस्मरण उपन्यासका सम्बन्धमा समीक्षात्मक मन्तब्य लेख्न गईरहेको छु । म आफै पनि साहित्यकर्मी भएको नाताले साहित्यकै बोरेमा लेख्न बस्दा बढी नै भावविभोर बन्ने हुनाले भरसक लेख्न आँटै गर्दै गर्दिन।

यो भन्दा पहिला वरिष्ठ साहित्यकार तथा गीतकार साथै बहुचर्चित पत्रकार श्री राई चन्द्र दुमीज्यूले लेख्नुभएको मिठु कथा संग्रह बहुचर्चित कृतिका सम्बन्धमा लेख्न बस्दा जसको विषय बस्तु र हृदय विदारक मार्मिक प्रस्तुतिकरणले गर्दा मेरो भित्र आत्मादेखिनै अति दर्दनाक र आनन्दका दुवै अमूर्त तरङहरु यसरी नै लहरिन पुगेका थिए। यर्सथ फेरि आज पनि गणेशजीको संस्मरण कृतिले त्यसरी नै भावुकतामा डुबाईदिएको छ।

गणेश राई नेपाल बाहिर बसेर नेपाली साहित्यलाई सम्पन्न बनाउन लागिपरेका प्रतिभा हुन् । उनको जन्म वि.सं. २०१७ मा पूर्वी नेपाल खोटाङ दिक्तेल जिल्ला अर्न्तगत हाँडी खोला गाउँमा भएको हो। उहाँले भगवती माध्यमिक विद्यालय खोटाङबाट औपचारिक शिक्षा हासिल गरिराख्नुभएको बेला स्कूलको जन्मोत्सवमा प्रस्तुत गर्नुभएको उहाँको निबन्धले दुइवटा मोटो गातावाल होर्स कपि पुरस्कार प्राप्त गरिसक्नुभएको छ।

उहाँ वि.सं. २०३६ सालमा व्रिटिश गोर्खा सैनिकमा भर्ती हुनुभयो। वि.सं.२०३६ सालदेखि वि.सं. २०५२ सालसम्म हाम्रो नोकरीपछि उहाँ अवकाश प्राप्त गरी स्वदेश फकिर्नभयो र फेरि वि.सं. २०५४ सालमा हङकङ आउनुभयो । हाल उहाँ हङकङमै हुनुहुन्छ। गणेशजीले थुप्रै कविताहरु पनि यहाँका स्थानीय पत्र पत्रिकाबाट प्रकाशित गरिसक्नु भएको छ।

‘राईफलको नालबाट जीवन नियाल्दा’ (संस्मरण उपन्यास) नेपाली साहित्यका पाठकमा ऐतिहासिक दस्तावेजसहित जोडिएको एक सुन्दर रचना हो । यस कृतिको पृथक प्रकाशन ११०१ प्रति वि.सं. (सन् २००६) जनवरीमा सृजनशील साहित्य समाज हङकङबाट भएको हो । यसको मुल्य नेपाली रुपैया ९५, हङकङ डलर २० र अन्य देशहरुको लागि यूएस डलर ५ राखिएको छ । राईको यस संस्मरण कथाले पूर्वी नेपाल हुँदै हङकङ, बेलायत, बेलिज, फकल्याण्डको भीषण युद्ध, अष्ट्रेलियाको म्याग्नेटिक आईल्याण्ड, मलेशिया, सिंगापुर, बेइजिंगको ग्रेटवाल साथै विद्यार्थी जीवन र सर्वसाधारण मानिसका जीवनदेखि लिएर सैनिकको कठोर जीवनलाई प्रभावकारी ढंगले चित्रण गरेको छ।

सैनिकले बोल्ने आफ्नै प्रकारको भाषा उनीहरुले लगाउने भेषभुषा र युद्धभूमिमा होमिएका सैनिकको जिन्दगीलाई यसले संस्मरणमा जीवन्त अभिब्यक्ति दिईएको छ। यस कथानक यसरी कथा बढ्दै गएको छ-
मध्य अमेरिकातिर रुमलिई हिंड्दा, फोकल्याण्ड युद्धमा गोर्खाली जाँदै गर्दाको बेला,

‘फोकल्याण्ड इज आवर्स
किक् द आर्जेस आउट
ब्रेभ गोखार्ज आर अन द वे
गड ब्लेस यु अल
गुड बाइ टास्क फोर्स’

यस पछि लगातर सम्झनाको तरेलीमा त्यो अविस्मरणीय दिन, कङ्गारुको देशमा युद्ध अभ्यास गर्दा, क्यानाडाको सम्झना, जति भुल्यो त्यति बल्भिmने ब्रेकनको याद, बेइजिंङको सेरोफेरो घुमेर हेर्दा, सेन्तोषा आईल्याण्ड, ट्वीन टावर र हाम्रो गन्तब्य, सुजन, म र बेगवान समय यी माथिका कथाहरुमा प्रमुख पात्रको रुपमा स्वंय लेखक नै रहेर यस संस्मरणको कथानक सकिएको छ।

यस कथाका पात्रहरु भन्नु नै स्वंय लेखक हुनुहुन्छ, यता सिंगापुर, थाईल्याण्ड, मलेशियाको यात्रामा उहाँ र उहाँकै जीवन साथी दिदी अम्बिका, बेइजिंगको यात्रामा मात्र गाईडको रुपमा त्यहाँ थेनजिन सेनजेनको यात्रामा छोरी सुजन, मकाउको यात्रामा आफ्नै नम्बरी हर्क राई त्यहाँ गाईडका रुपमा यस कथाका उल्लेखनीय पात्रहरु हुन्।

गणेश राई एक भूपू व्रिटिश गोर्खा सैनिक मात्र नभएर प्रतिभाशाली लेखक पनि हुन् । उहाँको यो संस्मरण कथा पढेपछि मलाई लाग्यो उहाँ साँच्चि नै तीक्ष्ण दिमागको धनी र भावुक स्वभावको हुनुहुन्छ । उहाँको बाल्यकाल हाँडी खोला गाउँ खोटाङमै वितेको यस संस्मरण कथाबाट देखिन्छ । जब उमेर चढ्दै गयो तब उहाँ व्रिटिश सैनिकमा भर्ती हुनुभयो त्यसपछि विवाह बन्धनमा बाँधिनु भएको देखिन्छ। विवाहपछि विस्तारै उहाँलाई परिवारले घेर्दै लगे। पत्नी, छोरा छोरी सहितको परिवार पाल्नका लागि उहाँ व्रिटिश गोर्खा सैनिकमा अनेक दुःख कष्ट खेप्दै रात दिन परिश्रम गरिरहनुभयो र सैनिकको अवकाशपछि पनि अहिले उहाँ हङकङ जागिर गरिरहनुभएको छ।

उहाँलाई भन्नैपर्दा परिश्रमी मात्र हुनुहुन्न, आँटिला, दयावान स्वाभिमानी र नैतिकवान पनि त्यतिकै हुनुहुन्छ ताकि, फोकल्याण्डको युद्धमा अर्जेण्टिनी नौ सैनिकको लाशलाई एक निर्दयालु व्रिटिश सैनिकका गोराले लातले हान्दा उहाँले हृदयस्पर्शी कुरा गर्नु भएर रोक्नु भएको कथा पढ्दा नै पुग्छ। कथा पढ्दै जाँदा गणेशजी भाग्यवादी पनि देखिनुहुन्छ, आफ्नो दुःखको कारण आर्मीमा भर्ती भएर युद्धमा होमिएको वहाँ भाग्यलाई मान्नुहुन्छ।

उहाँ क्रान्ति चेत भएर पनि आफ्नो स्वदेश छोडी विदेशिएर एक सैनिकको जीवन अंगाल्नु परेकोले उहाँ क्रान्तिकारी र व्रि्रोही यस कथामा देखिनुहुन्न । मैले भन्नै पर्दा यो एउटा गतिलो ऐतिहासिक संस्मरणात्मक कालजयी कृति भन्छु, जहाँ भिन्न भिन्नै देशका भिन्न भिन्नै संस्कार संस्कृति प्राकृतिक र अर्न्तराष्ट्रको राजनीतिककोर् इतिहास पाईन्छन्, अनि युद्धभूमिको हृदयविदारक इतिहास । तर यो सम्पूर्ण यथार्थ इतिहास चाहिं पक्कै होईन र यो उपन्यास पनि होईन किनभने, उपन्यासमा प्राय काल्पनिक कुराहरु हुन्छन्, तर जहाँ वास्तविकता हुँदैहुँदैन भन्नु खोजेको चाहिं होईन ।

भन्छन्- साहित्यमा कल्पना असंभाब्यदेखि संभाब्यतर्फगई जीवनदायी सृजना हुनुपर्दछ । तर अधिकांश कल्पना यसको ठिक उल्टो संभाब्यदेखि असंभाब्यतर्फ गएका हुन्छन् । मेरो विचारमा यस कृतिलाई उपन्यास भन्दा यसको वजन घटेर जान्छ, त्यसैले पनि म यसलाई गणेशजीको संस्मरणात्मक एउटा महत्वपूर्ण कृति भन्छु।

अर्को कुरा, उपन्यासमा थुप्रै पात्रहरु हुन्छन् जुन पात्रहरुको चरित्र चित्रण गरिन्छ, भने यहाँ त मुख्य पात्र स्वंय लेखक मात्र हुनुहुन्छ । झलाकझुलक पत्नी र छोरी, ठाउँ ठाउँमा देखाईएको भएता पनि उहाँहरुको यहाँ राम्ररी चित्रण गरिएको छैन । उपन्यास सिलसिलाबद्ध हुन्छ यो सिलसिलाबद्ध पनि छैन । जहाँ लेखक स्वंयर् इमान्दार, श्रमजीवी, धैर्यशील, सहनशील र भाग्यवादी चरित्रको पात्र यस संस्मरण ऐतिहासिक कृतिमा देखा पर्नु भएको छ।

भन्नैपर्दा उहाँ सैनिकहरुको एक प्रतिनीधि चरित्रका रुपमा मात्र सटिक ढंगले देखापर्नु भएकोछ । राईफलको नालबाट जीवन नियाल्दा संस्मरण कथाको शीर्षकको सार्थकताको बारेमा म यसरी भन्छु, यो एक ठाउँबाट अर्को ठाउँको यात्रा अझ भएन विद्यार्थी जीवनदेखि सैनिक जीवन यात्रा र सैनिक जीवनबाट अवकाश लिएपछिको यात्रा संस्मरणको फाल्टो फाल्टै मज्जा भएतापनि फोकल्याण्डको युद्धले हरेक मान्छेको मुटु छुने यथार्थले यो कथा उद्घाटन भएको छ जसले गर्दा पनि यो एउटा काल्पनिक कथा नभएर यर्थाथबादी कथा हो।

बाध्यतावश गरीब र शोषित नेपालीहरु विशेषगरी जनजातिहरु हरेक वर्षइण्डिया र व्रिटिश सैनिकमा र सिंगापुर पुलिसमा थुप्रै भर्ती भएर गईरहेको हामी देख्नसक्छौ । कसलाई आफ्नो देशको माया र महत्व हुँदैनर? कसलाई आफ्नो जन्मभूमि र आफन्त साथी भाइहरुको प्रेम हुँदैन ? जसलाई छोडेर जानुपर्दा अझ अर्काका लागि युद्धमा होमिएर ज्यान दिनुपर्दा निश्चय नै दुःख लाग्छ, दुःख हुन्छ । त्यसमाथि युद्धमा जानु भनेकै मान्छेलाई मार्नु र मर्नु हो भने कसको मुटुमा आघात नपर्ला ?

यस संस्मरणमा यस्तै हृदयविदारक कथा-ब्यथा छ, युद्धभूमिमा परेका सैनिक जीवनको मार्मिक गाथा छ । तर यस संस्मरणमा लाहुरेको कथा या सैनिक जीवनको कथा मात्र नभएर विद्यार्थी जीवनका कथा, बेइजिंग यात्राको कथा, सेण्टोषा आईल्याण्ड, ट्वीन टावर र हाम्रो गन्तब्यको कथा, सुजन, म र बेगवान समयको कथा पनि समेटिएका छन्। जसले गर्दा यस संस्मरणको लागि शीर्षक राईफलको नालबाट जीवन नियाल्दा भन्दा फाल्टै राखेको भए अझ यस कृतिको शीर्षक सार्थक हुन्थ्यो कि जस्तो लाग्छ।

यस कथाका सैनिक जीवनका संस्मरणमा कम्ब्याट ड्रेस लगाएका थुप्रै नचिनिने पात्रहरु छन् । कोही छोटा कद भएका गोर्खाली कोही बेलायती । सन् १९८१ को सेप्टेम्बर व्रिटेनले बेलिजलाई स्वतन्त्र हस्तान्तरण गर्ने उद्घोषण भए लगतै बेलिजमा सैनिक चहलपहल नाटकीय ढंगले बढेको हुन्छ भने उता सन् १९८२ सालबाट फोकल्याण्ड टापुमा ती व्रिटिश नागरिकका अभिमत आईरहेको थियो, दुइ दर्जन मेरिन फौजलाई आक्रमणको झण्डा गाडेको समाचार बीबीसीबाट प्रशासरण हुँदा त्यहाँ कसको जीवनको के भरोसा थियो होला र ? यसबेला एक अर्कामा कुरा गर्दाको सैनिकता झल्काउँने सर्न्दर्भहरु भाषिक विशेषताको साथ प्रस्तुत गरेर पनि यस संस्मरण ऐतिहासिक कथालाई जीवन्त तुल्याईएको छ ।

निष्कर्षमा म यो भन्छु ‘राईफलको नालबाट जीवन नियाल्दाको कथा’ सैनिक जीवनको यो यर्थाथमा आधारित हृदयविदारक ऐतिहासिक संस्मरण कथा हो। यस कथामा अर्न्तराष्ट्रिय प्राकृतिक भौगोलिक र राजनीतिक संस्कार संस्कृतिकार् इतिहास पाईन्छन्। यिनै कुराहरु र सैनिक जीवनका तिब्र संवेदनालाई कलात्मक दिनु यस संस्मरण कृतिको साहित्यिक प्राप्ति हो।

लेखक स्वंय मुख्य पात्र भएर पनि उहाँ यस सैनिक जीवनको धरातलमा आधारित कथाका लागि प्रतिनिधीमूलक देखिनुभएको छ। फोकल्याण्डको युद्धभूमिमा होमिएका बीर गोर्खालीहरु र बेलायती सैनिकहरुको कारुणिक कथा प्रस्तुति यसका प्रमुख उल्लेखनीय कुरा हुन् । नयाँ नयाँ ठाउँको कथा बस्तुले गर्दा यो ज्ञानमूलक मात्र नभएर ऐतिहासिक, सरल, सहज र ठाउँ अनुसारको जनभाषामा गरिएकोले यो कृति प्रभावकारी बनेको छ। अर्को कुरा नेपाली चाहे जोसुकै होस् गरिबीको यथार्थलाई उद्घाटन गरी सैनिकमा भर्ती हुनुको बाध्यता र त्यसपछिको युद्धमा होमिनुको कारण स्पष्ट पार्नु नै यस कृतिको प्रमुख उद्येश्य देखिन्छ। आफ्नो ठाउँ अनुसारको भाषा, भाव शैली, कथात्वको समाविष्टीले समुचित उपयोग प्रभावकारी र ऐतिहासिक यो कृति जीवन्त बन्न सफल देखिन्छ । अन्त्यमा लेखक गणेश राईज्युलाई साधुवाद सहित उहाँको लेखाईमा अझ रंगहरु चढुन्, विचार निख्खर हुँदै कलम तिखारिंदै जाउन् ।

शुभकामना ।

Popularity: 42%

1 comment March 20th, 2006

साहित्य (साहित्य सन्दर्भ)-मोती चाम्लीङ्ग

-मोती चाम्लीङ्ग

मनोमाधुर्य रसको मिठो तलाउ हो साहित्य । जीवनलाई स्वर्णीम रसातलबाट नियाँल्न नसक्नेहरुको निम्ति संसार भयावह हुन्छ । त्यो भयलाई दूर गर्ने अपार साधना हो साहित्य । साहित्यको रसस्वादनमा अलौकिक अनुभव प्राप्त हुन्छ । असहज र रिक्ततालाई समस्या नठान्ने पारदर्शी पथप्रदर्शक हो साहित्य । आजको घडीसम्म संसारको बहूरुपी झाँकीहरुको एकमुष्ठ आकारलाई उनेर राख्ने एलबम हो साहित्य । बिनाकुण्ठा हुर्कन सक्ने बिधाहरुको संगालो हो साहित्य।

परिष्कृत सामाजिक रहस्यको मूल आकांक्षालाई जोगाएर लैजानको निम्ति हाम्रा बिचारहरु अझ माथि उठ्नु आवश्यक हुन्छ । आजको बैज्ञानिक यूगमा परिबेश अत्यन्तै भौतिक तथा बस्तुबादी भएर गईरहेको कोरा अवस्था छ । यस्तो परिस्थितिमा परम्परागत सामाजिक संरचना पूर्ण रुपेण बिस्थापित हुने खतरा उतिकै प्रवल बन्दैछ । हामीमा बचे खुचेको दुर्लभ संस्कृतिहरुको रक्षार्थ पनि प्रभावी कदमहरु चाल्न अत्यावश्यक छ भनेर सबैले बुझन सकेको खण्डमा साहित्यिक अभियानका अभियन्ताहरुलाई राहत पुग्नेछ । साहित्य जगत वास्तव मै राजनिति भन्दा पृथक जगत पनि होइन, अपितु कला क्षेत्रका सम्पुर्ण बिधाहरुको अभिभावकत्व निर्वाह गर्नु यसको पहिलो धर्म हो । स्मृतिका पानाहरु पल्टाए थाहा हुन्छ कि कला क्षेत्रको हरेक बिधाहरु कसरी अनावरण हुन सक्छन् , समाज र समुदायलाई सहि मार्गनिर्देशन दिदै मञ्चन भएका नाटकहरु होस् या शोक कबितालाई ब्यापकता दिदै तयार भएका हृदयबिदारक पद्य ग्रन्थहरु, कलीलो दिमागमा पनि घुस्न सक्ने बालकथा होस कि ऐतिहासिक महत्वका उपन्यास र धर्मग्रन्थ होस यी सबै मानव कल्याणार्थ सिर्जना गरिएका साहित्यिक छटाहरु हुन् । जसको उपादेयता भनेको नै जीवनको लागी सहायक मात्र नभएर अध्यात्मिकताको लागी साध्य सिद्ध छन् । समाजलाई खट्कीरहेको प्रकाशपुञ्ज नै साहित्यिक धडकन हो, चाहे जुनसकै भूगोलमा किन नहोस् , बिकृति र बिसंगति, बा्ध्यता र बिबशता, परिबन्ध र भबितब्य, द्धेष र ममता, इर्ष्या र पुलकितता, सृजना र बिनास, आफनो र बिरानोको संगम गराउने तत्व केहि छैन यदि छ भने त्यो तत्व साहित्य सिवाय अरु केहि हुन सक्दैन तर पनि साहित्यिक निर्माणमा पाइने तात्विक आयतनको आकारमा भर पर्दछ यो आशय, कि सृजना कति सफल छ संगम सारिणि जताउन।

अत्यन्तै प्राबिधिकतामा भर पर्दै गईरहेका सामाजिक अतिरिक्तता र चाहनाहरुको पू्र्णता तब साबित होला जब भौतिकताले अध्यात्मिकताको अपरिहार्यता स्वीकार गर्ला । भनौं “साहित्य समाजको ऐना मात्र होइन प्राण नै हो” भनेर बैज्ञानिक नजरबाट स्वीकारिनु पर्दछ । प्राविधिक उपलब्धि र उत्पादकत्वमा जीवन छैन, जब प्राणहिन बस्तुमा राखिने दृष्टिकोण अत्यन्तै दुर्बल हुन्छ, जस्तै चन्द्रमा माथि अवतरण भएर फर्केको मानव निर्मित रकेट प्रयोजन सिद्ध भएपछि टिनको पत्रु मात्र देख्तछौं । तर आत्मिक साधनाबाट प्राप्त उपलब्धिमा जताततै जीवन नै जीवन । स्रष्टाको देहान्तपछि पनि उसको सिद्धान्त र निष्ठा मार्गदर्शन भएर बिधमान रहि नै रहन्छ । किन्तु आजको दुनियाँले सिद्धान्त र निष्ठालाई मार्गदर्शक यर्सथ मात्र मान्ने गरेका छन् कि भौतिकबादी सांेचको आवरण भित्र खट्केको अध्यात्मिक अभाव चरम रुपले हावी भइदिन्छ जतिबेला । तर त्यो अभावलाई गौण बनाउने प्रबृत्तिका असफल प्रयासहरु जहिल्यै असफल नै भइरहनेछन्।

साहित्यिक प्रणेताहरुको अगुवाईमा निर्मित धरोहरहरु सधैंको लागी सामाजीक जीवनलाई समर्पण गरिएका हुन्छन् । लामो समयसम्मको परिष्कृत अध्ययन र अनुसन्धानबाट स्थापित उभारहरु कहिल्यै निहुरिनु पर्ने छैन । यहि हो आजको साहित्यिक सन्देशको अकाट्य मर्म । सकारात्मकतामा चलीरहेको धडकनभित्र मात्र सहि अर्थमा साहित्य फूल्ने छ । साहित्य सधैं प्रगतीशीलताको धोतक हो, यहिं परिभाषामा कलमहरु कृयाशील भइरहँदा श्लील कृतिहरुको भण्डारणमा कमि नआउला।

साउदी अरबिया

Popularity: 39%

3 comments December 9th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

Top Commenters