Posts filed under 'लेख/ रचना'

समय गीत (लेख)- टंक सम्बाहाम्फे

- टंक सम्बाहाम्फे

कहिले काही धेरै पहिले सुनेका गीतहरु अचानक रेडियो वा क्यासेटवाट सुन्न पाउदा मनै कस्तो कस्तो हुन्छ । पुराना यादहरु समुद्रको छाल झै मडारिएर मानसपटलभरि छचल्किदिन्छ ।जहा सम्म यस्तो मलाई मात्र होइन तपाई हामी सवैलाई हुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यदि त्यही गीत निर्माण कालमा घात सहनु परेको थियो भने च्वास्स मुटुमा झिरले घोचे झै घोच्न पनि सक्छ । यो गीत संगीतले साच्चै नै मानवीय समवेदना वोकेको हुदोरहेछ । कहिल काही गीत झै सुमधुर ध्वनिले कता कता खुशीको तरंग पनि उव्जाइ दिन्छ । तर गीत संगीतले त्यसो नगर्नु पर्ने हो वास्तवमा साच्चै नै साचो अनुभूनि उराल्दो रहेछ । हिजो अस्ति मलाई त्यस्तै भयो । झण्डै वीस वर्षअगाडि सुनेको गीत पुनः मेरो कानमा गुन्जन पुग्दा अतीत त्यसै त्यसै वल्झेर आयो । बैशालु हुदा सुनेको गीतले त्यही वैश दोहोरयायो । हर्ष विभोर गरायो वुढिदै गएको शरीरमा नया स्फूर्ति भरेर केही क्षणलाई भए पनि वर्तमानलाई भुसुक्कै भुल्न वाध्य तुल्यायो । सायद त्यसै होला गीतसंगीतमा एउटा अलौकिक शक्ति हुदो रहेछ भन्ने मलाई लाग्यो । त्यो आज मलाई अनुभव दर्शायो । धेरै पहिले हाम्रा गाउका एक जना दाइले वारीमा घास काट्न जादा वैशको गीत गाएर रुने गर्छु भन्थ्यो, म अल्लारे थिए । त्यस वेला गीतसंगीतको महत्व अहिलेको जस्तो थाहै थिएन । एकसरो सुन्न पाए भइ हाल्थ्यो । वैशको गीत गाएर किन रुनु दाइ भनेर जिस्क्याइ दिन्थे । हेर भाइ आजभोलि तिमेर्को जस्तो वैश छैन वुढेस् कालमा ती पुराना यादहरु मडारीएर आउदा मन त्यसै दुख्छ । ती मायालुहरुले दिएको माया प्रीति, हासेको, वोलेको, खाएको यादले सताउदा म रुन्छु रुने गर्छु भन्दा यो दाइ त पागल पो भयो कि क्या हो जस्तो लाग्थ्यो । हुन त त्यस्तो नहुनेलाई के थाहा र अचानो पीर । तर आज मलाई पनि त्यस्तै भयो पुरानो गीतको स्पर्शले,झंकारले । गीतसंगीतमा साच्चै नै एउटा समय, एउटा युग वाचेको हुदो रहेछ । त्यसैले पो गीतकार गीत जन्माउनमा लागि पर्दारहेछन् । संगीतकारहरु संगीत जोड्नमा मरिमेट्दा रहेछन् र गायकहरु आवाजमा वाच्न खोज्दा रहेछन् । गीतलाई सरल आखाले हेर्दा गीतको मर्म नवुझ्नुको कारण पनि यही हुनु पर्छ । गहिर्राईमा डुवेर छाम्न सकियो भने मात्र गीतको साचो अर्थ जीवन भएर वाचेको अनुभूति हुन्छ । यही कुराको वोधले नै मानिसहरु समयलाई समात्न अधिकसेअधिक श्रृजनामा लिप्त हुदा रहेछन् । किनभने समयलाई छोप्ने एउटै मात्र जाल हुनु पर्छ सृजना । अलिकति भए पनि त्यहां छोपीएको हुन्छ समय । तपाई आफूले समयलाई समातेको हेर्न चाहानुहुन्छ भने विगतका कामहरुको मूल्यांकन गर्नुहोस् । के कति समयलाई समातेको रहेछु भन्ने कुरा घाम जतिकै र्छलंग देख्नु हुनेछ । गीतसंगीतको जन्मले ओगटेका समयहरु यहि गीतसंगीतमा नफुक्ने गरि वाधिएको हुदो रहेछ । हिजो अस्ति मेरो कानमा गुञ्जिएको गीतसंगीत र आवाजले त्यही समय कंपित भएको थाहा पाएं । यदि त्यस्तो नहुदो हो त मलाई भूतकालको यादले स्पर्श पक्कै गर्ने थिएन । तर मज्जैले अतीत मेरो आंगालोमा वा“धियो । यसले मलाई एउटा अठोट दिलायो । अठोट मात्र होइन गीतसंगीत र आवाजसंग समय वाचेको हुन्छ भन्ने कुरा अन्तर्ज्ञान दिलायो । हुन त मैले त्यस्तो गीतसंगीत र आवाज कैयौ नसुनेको होइन तर उक्त श्रवणमा सजीवता थिएन केवल निर्जीव सुनाइले यस्तो परिस्थिति काहा थाहा हुनु । हो कतिको सुनाइ मात्रै हुन्छ तर जुन दिन त्यो गीतसंगीत र आवाजले सुम्सुम्याउछ तव मात्र उस व्यक्तिलाई थाहा हुन जान्छ । मैले जति पनि गीतहरु सृजना गरें त्यो थाहा पाएर लेखेको होइन । अनायासै पुरानो गीतले मलाई झस्काएको हो व्यूझाएको हो । गीत के कति कारणले लेखे भन्ने कुरा मलाई थाहा छैन । खाली मेरो हृदयको एउटा आग्रह जस्तो मात्र लाग्छ । कसैले यसो गर्छु भन्दा त्यस्तै कहिल्यै हुन्न । गर्दै ला“दा त्यो हुदै जँने मात्र हो । मैले जन्माएका गीतहरुमा हिजो अस्ति पुरानो गीतको गुञ्जनले दिएको समय स्पर्श छ कि छैन त्यो मलाई थाहा छैन र थाहा हुन्न पनि रहेछ । मलाई त्यस्तै भइरहेछ । तर कसैले मैले रचना गरेका गीतहरु आफ्नो महत्वपूर्ण क्षणहरुसंग वाधेर राखेकाछन् भने पक्कै अवको दश वा विस वर्षछि अचानक कसैले सुनेछन् र मेरो जस्तै विगतले अठ्यायो भने मेरो रचनासंग समय पनि लेखिएको रहेछ भन्ने कुराको अवगत हुन्छ । तर अहिले नै भने भन्न सकिन्न । हुन्छ होला भन्ने अनुमानसम्म चाहि“ गर्न सकिन्छ । गीतसंगीत र आवाजसंग मात्र समय वाचेको हुन्छ भन्नु सम्पूर्ण होइन । खाली गीतसंगीतले तुरुन्तै हाम्रो हृदयलाई छुने भएकोले हाम्रो मस्तिष्कले तुरुन्तै थाहा पाउने मात्र हो । तर गर्न सके अन्य सृजनामा पनि त्यतिकै र त्यतिनै समय वाचेको हुन्छ । केवल माध्यम मात्र फरक हो । एउटा किसानले पनि समय समातेको हुन्छ मेहनतमा,पसिनामा तर अरुले अर्कै तरिकावाट समय समात्दा उसलाई ग्लानी पैदा भएको मात्र हो । समय सवैले आआफ्नो काम र कर्तव्यमा पक्रिरहेका हुन्छौ । त्यो तत्काल नदेखिने र थाहा नपाइने मात्र हो । जीवन यात्राक्रमलाई लम्व्याउदै जादा हामीले कुनै न कुनै दिन यस्तो क्षणसंग जम्का भेट हुन्छ तव मात्र विगतका पलहरु भल्झली देख्न पाउछौ । अनि मात्र भित्री आखाको पर्दा खुल्दछ । जव भित्रैवाट सारा देख्छौं । त्यो नै हुनु पर्छ हाम्रो समय र जीवन । अतीत भन्नु समयको छाया चित्र हो, त्यसैको सहाराले त उहिलेका कुरा सपना झैं देख्छौं । सम्झदा यी वास्तविकता संग जोडिएका कुराहरु अलौकिक जस्तै लाग्दछन् । तर सत्य कुरा त्यही हो पत्यार नलागे पनि । कतिपय कुराहरु भोग्दै देख्दै जान्छौं र ती क्षणहरु समयले ओझेल पार्दै जान्छ अनि विर्सदै जान्छौ । सम्पूर्ण कुरा सधै भएर रहदैनन् तर भएकै कुरा हुन् । ती पलहरु प्रसंगले मात्र हाम्रो अगाडि झुल्कने हुन् । यदि त्यस्तो कुनै प्रसंग जीवनमा दोहोरिएन भने पुनः स्मृति आउदैन र सधैकालागि हराएर जान्छ । मैलेमाथि दर्शाएको पुरानो गीत सुन्न पाउनु मेरो प्रसंग संयोगले दोहोरिनु हो । जस्ले गर्दा विस वर्षगाडिको समयलाई नाप्न पाएको छु । विस वर्षआगाडिको चयनले वर्तमानमा भोग्दै गरेको वेचैन विर्सने अलि कति समय मिलेकोछ । समयलाई कसरी चिन्नु पर्ने हो भन्ने कुराको परिचय पाएको छु ।

Popularity: 38%

4 comments January 5th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

Top Commenters