Archive for October, 2006

दीपावली ११२७ को शुभकामना ! - महेश्वर श्रेष्ठ

(महेश्वर श्रेष्ठजीले एचकेनेपाल डट कम तथा परिवारलाई व्यक्तिरूपमा पठाउंनुभएको दीपावली शुभकामना सन्देश समय सान्दर्भिक ठानेर यहाँ प्रकाशित गरिएको छ। सं.)

- महेश्वर श्रेष्ठ
काग तिहार कागको पूजा होइन
कागले गर्ने सेवाको सम्मान हो ।
कागले तपाईंको घरमा सधैं सुसमाचार ल्याइराखोस् ।

कुकुर तिहार कुकुरको पूजा होइन
कुकुरले गर्ने सेवाको सम्मान हो ।
कुकुरले तपाईंको घरको सदा रखवारी गरिराखोस् ।

लक्ष्मी पूजा लक्ष्मीको पूजा होइन
धनधान्यले परिपूर्ण हुने अरमान हो ।
लक्ष्मीले तपाईंको घर धनधान्यले सदा परिपूर्ण राखून् ।

म्हपूजा साँच्चिकै आत्मा पूजा होइन
स्वस्थ र स्वच्छ हुने मनकामना हो ।
म्हपूजाले तपाईंलाई सदा स्वस्थ र स्वच्छ बनाओस् ।

म्हपूजाको दिन म्हपूजा मात्र हुँदैन
नेपालको मौलिक संवतसर नेपाल संवत फेरिने दिन पनि हो ।
नव वर्ष नेपाल सम्वत ११२७ ले नेपाली जनतालाई सुख र शान्ति ल्याइदेओस् ।

किजापूजा अथवा भाईटीका मात्र भाईटीका होइन
दाजुभाई दिदीबहिनी बीच निस्वार्थ मायाको अविछिन्न नवीकरण हो ।
किजापूजाले तपाईंका दाजुभाई दिदीबहिनी बीचको मायालाई अझ प्रगाढ बनाओस् ।

तिहार, दीपावली अथवा स्वन्ति नखः मात्र मनोरन्जन होइन
पशु र चराचर समेतको योगदानको कदर गर्ने उच्चतम संस्कृति हो ।
हामी नेपालीको यस्तो अद्वितीय परम्परा, संस्कृति र सभ्यता सदा सदा अमर रहोस् ।।

ने.सं. ११२७ कौलागा त्रयोदशी
इ.सं. २००६ अक्टोबर १९ तारिख
वि.सं. २०६३ कार्तिक २ गते

Popularity: 47%

3 comments October 20th, 2006

तुषारे शिशिरसगैँ आउदै छ दिपावली- नेत्रप्रसाद चापागाई

नेत्रप्रसाद चापागाई -
तुषारे शिशिरसगैँ आउदै छ दिपावली हामी माझमा
सदा हर्ष उमगँ छाओस दिपावली साथै २०६३ साल भरिमा
पानी जस्तै पवित्र रहोस गहिरिदै जाओस भावना
पुर्याउन सक्षम बनोस दिपावली लोकतान्त्रको माझमा
म के दिन सक्छु र तिमीलाई खुशीयालीको यो क्षेणमा
मात्र ०५ अङ्क मिलाएर सानो शब्द शुभ-कामना
दिपावली पनि आइ रहेकोछ स्वागत गर्न लोकतन्त्रको हामीमा
शुभ दिपावली २०६३ को यही छ मेरो शुभ-कामना, शुभ-कामना

Popularity: 45%

Add comment October 20th, 2006

दीपावलीको शुभ-कामाना ! - शिव प्रकाश

- शिव प्रकाश
लहरलाख दीप बलून् शान्तिका
हरपल सधैं सबैका घरआँगमा ।
मखमली ढकमक फुलुन् खुशीका
हरघडी सधैं नेपालीका मुहारमा । ।

दुबो मौलाओस सधैं विश्वासको
सबसारा नेपालीजनका मन-मनमा ।
भावना मगमगाओस् सदा भातृत्वको
कोटी-कोटी नेपालीका हृदयलतमा । ।

सप्तरंगी टीको सधैं एकताको
रहिरहोस् नेपालीका निधारमा ।
हराओस अँध्यारो सार अशान्तिको
यही नै छ दीपावलीको शुभ-कामाना !
यही नै छ दीपावलीको शुभ-कामाना !

हरैंचा/मोरङ
हाल: बोष्टन/अमेरिका ।

Popularity: 45%

1 comment October 20th, 2006

वर्तमान परिस्थितीको रमिते हामी - टंक सम्वाहाम्फे

- टंक सम्वाहाम्फे
रमिते मात्र रहेछौ हामी
वर्तमान परिस्थितीको
किन कि आखा कै सामुन्ने
घट्छन् घटिरहन्छन्
सोच्दै नसोचेका / देख्दै नदेखेका
घट्नाहरु
श्रृखलावद्घ / चरणवद्घ
कोही लुटिन्छन् / कोही भुटिन्छन्
कोही चुडिन्छन् / कोही किचिन्छन्
आङै सिरीङ्ग हुने
एउटा कृतिम चलचित्रको
हरर दृश्यहरु जस्तै
गाउ/शहरले
चुपचाप भोग्ने बलात्कृत क्षणहरुले
जिउदै लाश वनेकाछन् यसरी सपनाहरु
र थिचिएकाछन् सन्त्रासले
कैयौ रहरहरु
आदीम मनस्थिती
स्वबिवेकको घृणास्पद प्रयोग
अनवरत युद्घको मैदान जस्तो
कोही लडिरहेछन् / कोही हासी रहेछन्
कोही शोक सन्तप्त / कोही सिदुर पुछि रहेछन्
कोही हुस्कि/कोही व्रान्डीमा रमाई रहेछन्
कोही विजयघोष / कोही मृत्युगीत गाईरहेछन्
यो मनोमानीको कुम्भमेलामा
हिंस्रक पाइलाहरुको घुइचो मात्र छ
हारगुहार छैन कसैले कसैमाथि
तर पनि सम्वेदना गुमाएका मान्छेहरु
भन्ने गर्छन्
थोपा थोपा मिले नदी बन्छ
नदी नदी मिले सागर बन्छ
तर किन सुकिरहेछ थोपाहरुमा नदी
तर किन विलाइरहेछ नदीहरुमा सागर
यहा यस्तै विडम्वना छाउंछ सदैव
दुख्नु अव दुख्दैन
पाशविक नरसंहारहरुले
किनभने ढुङ्गा वनेका छन् दुख्नुहरु
त्यसैले ब्यर्थ छ
हाम्रो उपस्थिति यो माटोमा
किन कि स्वतन्त्र आवाज उमार्ने
मुखभरी बाध्यताको पट्टी वाधेर
निःशब्द हुनुले
तसर्थ
रमिते मात्र रहेछौ हामी वर्तमान परिस्थितीको
किन कि आखा कै सामुन्ने
घट्छन् घटीरहन्छन्
सोच्दै नसोचेका / देख्दै नदेखेका
घट्नाहरु
एउटा कृतिम चलचित्रको
हरर दृश्यहरु जस्तै
श्रृखलावद्घ / चरणवद्घ
कोही लुटिन्छन् / कोही भुटिन्छन्
कोही चुडिन्छन् /कोही किचिन्छन्

Popularity: 44%

1 comment October 20th, 2006

उर्दी - होंछालिमधामी तिराछा ‘एक्ले’

- होंछालिमधामी तिराछा ‘एक्ले’
कोचारेर स्लिपिङ ट्याब्लेट गिदीभित्र
सुताइएका अधुरा सपनाहरु
बिउँझ चाँडो झरिलो बिपना बोकेर

लगाएर घान ओख्लिमा
बारम्बार मुस्लिबाट कुटिएका च्यूराहरु
तिखार आवाजको सुइरो
निकाल थिचिनु च्याप्टिनुका दर्दहरु

धनु काँड भिरेका नवयुगका अर्जुनहरु
ओर्ल र टेक आफ्नै गोडाहरुले
कालो सारथीले लगाम खिँचेको रथबाट

कन्हैयाँको कुटिल कृपाले
मात्र देख्न बनाइएका एकलब्यहरु
गाँस मुण्ड झट्ट र उत्र रणभूमिमा

पुस्तैपिछे जन्मिएका पारुहाँङ र सुम्निमाहरु
पहिल्याउ जरा रगतको
पल्टाउ पुरिएका चिहानहरु
सुँघ वासना सदीयौँ पुराना हाडखोरको
गाँस एकएक नबिराई ती हड्डीका टुक्राहरु
अनि जाग भिरेर त्यसलाई
ठीक मोपा जागे जस्तो
लिएर साथ कर्छरिपा टोकायाको
बजाउँदै भुङलिमा र ढ्यांग्रो
काड्दै यारी हान्दै वासो
सेसान्तर खेद्न सिह्याँ मार्न
घरगोठ चोख्याइ चारकिल्ला ठोक्न ।

खोटाङ दिक्तेल, नेरपा -२
हाल हङकङ

शब्दार्थः
मोपा- धामी ।
कर्छरिपा,टोकाया- धामीका साथीहरु ।
भुङलीमा- घण्टी ।
यारी- अदुवाको चाना काटी चित र पोटमा फाप अफाप हेर्ने विधि ।
वासो-राई जातीका धामीहरुले बाणको रुपमा प्रयोग गर्ने कुखुराको भालेको पुछरको प्वाँख ।
सिह्याँ- घरगाउँ टोलछिमेकलाई दुःख दिने प्रेतात्मा ।
तखार - आवाज

Popularity: 44%

Add comment October 20th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

October 2006
M T W T F S S
« Sep   Nov »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

Top Commenters