अनुराधाप्रति समर्पित (गजल) - आचार्य प्रभा
- आचार्य प्रभा
साहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले
राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले।
ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी
कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले।
हिंडेकीथ्यौ कछुवाको चालमा गन्तब्यमा पुग्न नै
कहिल्यै नि हुन्न हार्न सिकायौ अनुराधा तिमीले।
नारीहरु बन्दछन् नि अतिनै कोमल र कमजोर
मनलाई हुन्न मार्न सिकायौ अनुराधा तिमीले।
सहनशिल भइ नारी जातको बन्नु पर्छ प्रतिक
सहृदयी मन पार्न सिकायौ अनुराधा तिमीले।
रचना -११ /२२ /२०१०
Recent Videos:
Popularity: 23%
3 comments November 23rd, 2010
