संदेश - दुर्गा राई
March 18th, 2006
- दुर्गा राई
फर्क न फर्क साथी, गाँऊ घरको माया बोकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाइ माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,………………………….।
घरको छानो खस्नै आट्यो, बाबा आमा बुढा भए,
गा’को मंसिर मै’ना भित्रै, हल गोरु मरी गए,
पुतलीले पाठो पायो, बाछो पायो गाईले,
कैले दाजु आउछन् भनि सोध्छन् तिम्रो भाईले,
यस्तै छ खबर साथी, छिट्टै आऊ गाँऊ फर्कि,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,…………………………।
पाखा बारी क्यै हुदैन, खोला खेतमा पैरो गयो,
दुखियाको कर्म यस्तै, दुःख झनै गै’रो भयो,
बाजे बजु दुबै जना, डांडा माथीको घाम भा’छ,
सानो बै’नी सुन्तलीले तिम्रै बाटो हेरी रा’छ,
यस्तै छ संदेश साथी, चाडै आउन गाउं फर्कि
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,…………………………।
Popularity: 91%
Entry Filed under: गीत/गजल


11 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own
1. देव तमु | March 19th, 2006 at 9:02 am
दुर्गा जी, सन्देश अति राम्रो छ । तर हाम्रो देशको
परिस्थिती अझै राम्रो छैन त्यसैले हामी एउटा निरिह
प्राणी सरह भएर बस्ने बाध्यता छ ।
जब परिस्थिती राम्रो हुन्छ फेरी सन्देश पठाउनु होला
धन्यवाद ।
2. RAVI PHAGAMI | March 20th, 2006 at 3:34 pm
Thank U Durga ji.
Pharki aaune yo man kahan nabhayeko ho ra ?
Gaun ghar samjhi chhutchha aansuko phohora,
Kina kina ghar pharkina man mandaina tara,
Pharki halnu pani ta deshko halat kahan ramro chha ra ?
3. parihas | March 20th, 2006 at 10:26 pm
nice poem. ………. keep writing
just check out this www.freewebs.com/dobato
thx
4. bishnuluitel | March 21st, 2006 at 8:53 am
चराबाट सिकौं
परेवा सेता शान्तिका प्रतीक आकाशमा उडाउँ
हाँसको जस्तो दूध र पानी विवेकले छुट्ट्याउँ ।
क्या मीठो बोली सुगाको सुन त्यो गोपीकृष्णको
बगैंचातिर गीत है सुनें त्यो मैनाचरीको ।
नौर•ी डाँफे राष्ट्रिय चरा मुजुर नाचेको
कोइलीभाका कुहुर कुहु प्रेमलाई साँचेको ।
ढुकुर जोडी मायाको साक्षी कलाकार गौंथली
भँगेरा उडे बिस्कुनभरि मुखमा चारो ली ।
चीलको जस्तै हो तीव्र उडान लगनशीलता
तिहारमा काग पूजित हुन्छ बकुल्लो धीरता ।
Bishnu prasad luitel
new Delhi connaught place -110001
ph.+91-9818885608
5. caspina | March 21st, 2006 at 3:11 pm
helo durga ji sarahai mithpo geet lekhnu bhayecha ni hau thankx
6. Tufan Prasun | March 25th, 2006 at 2:18 pm
Durga g ,
tapai ko feelings lai mero salam , i’m sure man hune haru ko dhuk dhuki pal var lai roki dinee dum chaa yes ma
Tufan
7. Aanat | April 27th, 2006 at 9:39 pm
Namaste durga g
tapaiko bhawanako srijana yasarinai sandesh bani urli rahosh, bhawana bhab ho, harek nepaliko mutulai chhoyeko hola, malai jastai.
Tapaisaga ma ali kati creation ko kura garna man lageko chha. plz mail me thulung4mani@hotmail.com
8. rajendra subba | April 30th, 2006 at 10:53 am
duega ji kavita ta padhiyo tara kehi pani bujhiyena ni !
9. Durga rai | May 22nd, 2006 at 1:00 am
आदरणिय साथिहरु,
जुन सृजनालाई तमाम् सथिहरुले मन पराई दिनु भयो यो नै मेरो सफल्ता हो, जुन हौसलाहरु तपाई हरुले मलाई दिई रहनु भयको छ, यो मेरो अर्को सफल्ताको पहिलो पाईला ठानेको छु। अझै तपाई हरु को सुझाब सल्लाहा को आशा गर्दछु। हवास्त धन्याबाद ।।
दुर्गा राई
10. chij kumar stha | September 12th, 2006 at 1:29 pm
दुर्गा जी
तपाइको सन्देश पढें निकै नै खुशी लाग्यो । देशलाई माया गर्नेहरु आज पनि नेपालभित्र नै रहेछन् । हो, हामी पनि देशलाई माया गर्नेहरुमध्येमा पर्दछौ तर के गर्नु परिस्थिति र वाध्यताले मुग्लान पस्नु पर्यो । तर पनि सिद्धिचरणले लेखे जस्तै “तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदय भरि” भनेर मन बुझाउनु परेको छ । यस सन्देशबाट परदेसिएका नेपालीहरुले स्वदेशी गन्ध पाउँने छन् । लक्ष्य आफ्नो पूरा भएपछि नेपाल आमाको काखमा लुटपुटिन पुग्ने छन् भन्ने ठानेको छु ।
हवस् त विदा, यस्ता आवाजहरु साहित्यद्धारा फेरि फेरि पनि पस्कनु हुनेछ साथसाथै एच के नेपाललाई पनि धन्यवाद।
चिज, प्रवासबाट
email: chij.shrestha@aramco.com
URL: http://www.chijkumar.tk
Mobile# 00966 501867609
11. Chuda Thapa, New York | March 27th, 2008 at 6:18 am
Ye meri “Talash” ka
“Jurm” hai,
Ye meri “Wafa” ka
“Qasoor” hai,
Jo dil k “Jitney”
“Gareeb” hai,
Wo “Nazae” se utna hi
“Dur” hai,
आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed