एउटा ढाडे बिरालोको कथा (कविता) -चन्द्र सिंग गुरुंग

May 13th, 2006

- चन्द्र सिंग गुरुंग
(यो कविता हामीलाई जनआन्दोलन शुरु हुनुभन्दा केही दिन अघि प्राप्त भएको हो। सं.)

धरै-धेरै पहिले
बिरालाहरुका एउटा सुन्दर र
अति शान्त देश थियो ।
जहाँ बिरालाहरु राग-द्वेष बिर्सेर रोदीमा दोहोरी गाउँथे,
माया-प्रीति साटा-साट गदै
चौतारीमा गीत सुसेल्थे,
बर्षभरिको पखाई पछि
चाड-पर्वमा धान नाच्थे,
रमाईलो जीवनको सपनाहरु बुन्दै
विवाह-भतेरमा देउडा नाच्थे,
सृष्टि प्रति आभार व्यक्त गर्दै
पूजा-अर्चनामा चण्डी नाच्थे र
दुखको बादललाई पन्छयाउदै
खुशी-त्यौहारमा मारुनी नाच्थे ।
जहाँ बिरालाहरु
हरियो पहाडको काखमा लडीबुडी गर्थे,
खुल्ला मधेशको फाँटमा खेल खेल्थे र
अग्ला हिमालको चुचुरोलाई छुन पुग्थे ।
यस प्रकार
बिरालाहरु त्यो सानो देशमा
धेरै-धेरै मौज गर्थे र
एक-आपसमा खुब रमाई-रमाइ बस्थे ।

तर एक दिन
त्यो सुन्दर र शान्त देशमा
कुनै खलनायकझैं नै
कतैबाट एउटा ढाडे बिरालो आयो ।
त्यो ढाडे बिरालोलाई
सासाना बिरालाहरुका गीत मन परेन,
निर्धा बिरालाहरुका नाच मन परेन र
शन्तिप्रिय बिरालाहरुका खुशी पनि मन परेन ।
हुन्छन् यस्ता थुप्रै-थुपै
जो अर्काको पीर-व्यथा बिर्सेर
आफू मात्र खुशी हुन चाहन्छन् र
अर्काको दुख प्रति आँखाहरु चिम्लेर
आफू मात्र रमाउन चाहन्छन् र
उनीहरुलाई

अर्काको बारेमा सोच्ने फुर्सद पनि हुदैन र
सारा सुख आफू मात्र चाहन्छन् ।

त्यसपछि
बिस्तारै त्यो देशमा
ढाडे बिरालोको आतंकले
अन्य बिरालाहरुका गीत गाउने मुखहरु थुनिए,
गीत सुन्ने कानहरु बुझिए र
नाच्ने खुट्टाहरु पनि भाँचिए ।
हिंड्ने बाटो साँघुरियो,
खेल्ने चाउर खुम्चियो र
त्यो सारा देश नै डल्लियो ।
हुदा-हुदै त्यो देशमा
बसन्तले आउन छाड्यो,
नदीहरुले गीत गुनगुनाउन छाडे,
हिमाल-पहाडले गीत सुन्न छाडे र
बन-जंगलले नाच्न छाडे र
रातहरुमा-
बैंशालु हावाले गीत गाउन छाडयो,
आकाशको आँगनीमा रोदी जम्न छोडयो र
जून-तारा पनि लुक्न थाले ।

अब त्यो देशमा
फूलहरुको ओंठमा हाँसो बन्द छ र
मालीहरुको हृदयमा खुशी थुनिएको छ ।
सबै, भयभीत र आतंकित
सुरक्षित ठाउँतिर कुदी रहेका छन् र
त्यो ढाडे बिरालो चाहिं
आफ्नो अराजक कुकर्महरुलाई
उसको आफ्नो नै मलमूत्रलाईझैं
ठाउँ-ठाउँमा लुकाउँदै हिंडी रहेको छ ।
तर पनि
ढाडे बिरालो को कुकर्महरुको गन्ध
हिमालको चुचुरो देखि
पहाडको कुना-कप्चा हुन्दै
मधेशका फाँटहरु सम्म फैलिएको छ ।

अचेल,
बिरालाहरुले ढाडे बिरालोको घाँटीमा
अंकुशको घण्टी झुण्ड्याउने निर्णय गरेका छन् ।
त्यसर्थ,
एक हूल बिरालाहरु
जुलुसहरुमा नारा जन्माउँदै छन्
अर्को हूल बिरालाहरु
रैलीहरुमा बैनर उचाल्दैछन् र
थुपै बिरालाहरु चाहीं विरोध सभाहरुमा
जोरदार ताली पड्काउँदै छन् ।
कुनै बनभरि विद्रोहको आगो सल्काउँदै छन्
कुनै सडकभरि जुलुश तान्दै छन्
कुनै खेतहरुमा आन्दोलन रोप्दै छन्
कुनै बजारहरुमा भाषण सजाउँदै छन् र
कुनै चौकहरुमा हडतालको मेला लगाउँदै छन् ।
चारैतिरबाट यी बिरालाहरु
ढाडे बिरालोको घाँटीमा बाँध्न
अंकुशको घण्टी बोकेर आउँदै छन् ।

गोर्खा हालः काठमाण्डौ

Popularity: 35%

Entry Filed under: कविता

11 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. घायल  |  May 21st, 2006 at 10:19 am

    चन्द्रसिङ्ग जी,तपाईंको कविता लेख्ने शैली चाही मन पर्‍यो तर नेपाली जनतालाइ बिरालो भनेको चै मन परेन है तर पनि अझै राम्रा कविताहरु लेख्दै जानु होला भन्ने अग्रीम शुभ-कामना छ ।

  • 2. yes  |  May 24th, 2006 at 10:40 pm

    ghayal gi! tapai ko dimak lai alik twist garnu paryo. birala bhandai ma nepali janta ta hoinan ni…. it’s just a poem story!!

  • 3. bishnu  |  May 25th, 2006 at 8:53 pm

    BISHNU PRASAD LUITEL
    THUMPOKHARA 7
    TAMADI AAHALE
    HAL INDIA NEW DELHI C. P.
    Email id :bishnu_prasad_19@yahoo.com
    1)
    लेकैको गुराश नरोज तिमी
    बेसिको प्याउली पनि रोज्ने गर |
    धनीको छोरा नरोज तिमी
    गरीबको छोरालाइ पनि रोज्ने गर ||

    २)

    हरपल तिमीलाई सम्झि रहने छु
    तिम्रै लगि बाचिरहने छु |
    तिम्रैलागि भनेर धेरै कुरा
    आज मैले सोचि रहेको छु ||
    ३)
    चङ्गा उडि गय पनि
    धागो मेरै हात मा |
    तिमी टाडा भय पनि
    माया मेरै साथ मा ||

  • 4. maila  |  May 29th, 2006 at 9:37 am

    katha ta ramro ho tara dhade biralo ko statta ma dhade biralo ani tyo ban dhade prachanda ko barema pani ta lekhnu paryo ni.tehi chor le ho baldai gareko desh ma petrol khanuyaune……….

  • 5. Dumee  |  May 30th, 2006 at 10:04 pm

    kabita leknda patraharulai anek biseshan dinuparne hunchha teskaran biralo sabdama mind nagari dinahuna ma euota pathak Dumee anurodh gardachhu.

  • 6. amar dumee  |  May 31st, 2006 at 4:33 pm

    ur poet is verry verry excellent
    i hope u will keep go on continue in this literature field thanks

  • 7. jaya ram adhikari  |  June 1st, 2006 at 7:47 pm

    था छैन मेलाम्ची को को ले खाए
    सुकेको धारोको महसुल तिराए
    भैगो अहिले थुक निलेरै तिर्खा मेटौंला
    जब संबिधानमा शान्तिको धारो जोडौला

    था छैन सशस्त्रले निशस्त्रलाई कति हप्काए
    “गरे गर नगरे मर” भन्दै कति छप्काए
    भैगो पिँडा दु:खेनी रगतको शैय्यामा सुतौंला
    जब संबिधानबाट अशान्तिको बन्दूक झिकौला

    था छैन कस्तो कस्तो सिँहले पसिना चुसे
    तपस्या गरि बटुलेको एकमुठी पनि खोसे
    भैगो बालबच्चा सकुशल भए भोकै बसौंला
    जब संबिधानमा जिन्दगीको गाँस पस्कौला

    था छैन गुँड रित्तै पारी चराहरु कता गए
    देशमा या बिदेशमा रुँदै अलपत्र भए
    भैगो भुँइमै लडेनि मनमा मिठो गाउँ रचौंला
    जब संबिधानमा सुरक्षाको बास बसाऔला

    था छैन नेपाली नेपालीलाई कस्ले लडाए
    प्रेम, हक, न्याय निसाफ चिरेर फुटाए
    भैगो फुट्या भत्क्या हामी पसिनाले टाँसौंला
    जब संबिधानमा जनताको अधिकार जोगाऔला ।

  • 8. prakash limbu  |  June 5th, 2006 at 1:46 pm

    समय र बगेको खोला उस्तै हुदो रहेछ्।मन् भरि नेपाल् को माया अनि सम्झनामा ललिगुरास ।कल्पनामा बसन्तको हरियलि। बेगको बतास अनि समुन्द्रको छाल सरि मन् का भवना मन् मा कैद गरि प्रदेसि जिबन् बिताउन बाध्य भएको छु।हुन त तमोरको चिसो पानिआनि हिमलि चिसो हावाको तिर्सना नभएको होइना। तर समयको दास भएको।अनि आज् आफै पराइभएको छु। लत आज लै यति नै।हुन्छ्। कि हुदैइन लिम्बु प्रकाश्

  • 9. C. M. Sapkota  |  June 7th, 2006 at 11:25 pm

    dhade biralo ko katha ramrai chha. patra banaunu parda hami lai biralo bhannu bho tyo pani sahane gareko bani chha sahaula.
    tara 1 matra dhade biralo ko birodhma arko sathi biralo jangal paseko ho bhane sathi birala lai nai mari thicho micho pari, dhade biralo lai aru baliyo hune mauka diyeko satya bhane chhutaunu bhayechha. sathi biralo lai sathi haru ko maya thiyo bhane,yetro barsa afnai sathi lai ghar na ghat ko bhanayera ke dhade lai chance diyeko swikar garlan ta tini le , gardainan kinaki yo ta pahile pani ti sathi biralale sikeka thiyenan. sathi biralo haru milera haleko bish le dhade biralo lai chakkar lagera, palteko abasthama, pani sathi birale le kehi garna saki raheka chhainan. bhane kamjori kasko? katha banaune padhne arthaune sabai ko. ! sathi ho aba milau ani naya nepal ko srijana garau ! i love nepali and nepal , jay nepal

  • 10. Damodar Bhusal  |  June 10th, 2006 at 6:38 pm

    जया राम् जि तपाइ ले लेखेको कबिता खुब् मन् परो साहै राम्रो कबिता लेखनुने रहेच्
    आगामि दिन् हरु मा पनि यस भन्दा रामरा कबिता लेख्दै गर्नु
    धन्याबाद

    दमोदर भुसल
    दिललि ,भारत्
    फोन् : ००९१-९८११०-३९४६१ ००९१-९८६८१-२४५५५

  • 11. दिनेशराज पुरी  |  September 19th, 2006 at 3:28 pm

    Mero gajala
    -दिनेशराज पुरी
    सुनारपानी-९ रामेछाप
    हाल: आर.आर. क्याम्पस्
    पहिलो वर्षमा अध्ध्यनरत

    निरङकुशता ढलाइ देशमा स्वतन्त्रता आएको छ
    इतिहासमा लोकतन्त्रले छुट्टै स्थान् पाएको छ ।।

    इतिहासलाइ पल्टाएर देशले कोल्टे फेर्दा बल्ल
    शान्ति आउँछ भन्ने आशा नेपालीमा छाएको छ ।।

    शान्ति ल्याउन देवताले रगत बली मागेपनि
    शहिदको आलो रगत यै देशले खाएको छ ।।

    शोषण, दमन अन्त्य गर्दै समानताको दीप बाल्न
    आँट साहस बटुलेर आम नेपाली धाएको छ ।।

    बर्तमानलाई थाँति राख्दै भबिष्यको भाग्य कोर्दै
    कोइलिले’नि शान्ति ! शान्ति !! शान्ति !!! गीत गाएको छ ।।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2006

Most Popular Posts