कविता बाँच्नेलाई (कविता) - रमेश पौडेल

July 9th, 2006

- रमेश पौडेल

चाहन्छु म पनि बग्न
सलल सलल
नदीजस्तै जिन्दगी !
जिन्दगी-
कविताजस्तै जिन्दगी !
नदी - कविता
हुन सक्यौ भने ;
मान्नेछु म
र; ठान्नेछु धन्य !
अहँ !
सक्तिनौ बग्न नदीझैं
जब अल्मलिन्छ्यौ बगरहरुमा
बग्दा बग्दै
जब छचल्किन्छ्यौ रहरहरुमा
पोखिंदा पोखिंदै
तब-
न बग्न सक्छ्यौ ?
न जम्न सक्छ्यौ ?
बगायौ जिन्दगी बेपर्वाह
बग्यो गति हुञ्जेल
मिलायौ ?
सिन्धुमा बिन्दू !
पोखियौ निसन्देह कविताझैं
र त च्यातियौ-
तिरस्कृत पत्रझैं डष्टबिनभरि
कविताजस्तो जिन्दगी
र; जिन्दगीजस्तो कविता
नदीजस्तो जिन्दगी
र; जिन्दगीजस्तो नदी
यी सबै हुनेभए
न तिमी हुन्थ्यौ
न कविता हुन्थ्यो !


Popularity: 36%

Entry Filed under: कविता

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. S prakash  |  July 9th, 2006 at 11:23 pm

    राम्रो छ, समय समयमा पढ्न पाइयोस् ।

  • 2. Shuva Kamana  |  July 20th, 2006 at 7:05 pm

    Ramesh ji ko Kabita Sarai Man Paryo.
    Radio ma Bolneko Kabita padhana Payakoma Sarai Khusai lagyo.
    Feri 2 Kabita Padhana payeeyos.

  • 3. Narendra kumar Shrestha  |  July 22nd, 2006 at 4:09 pm

    रमेश पौडेल कुनै नयाँ नाम होइन नेपाली साहित्य
    जगतमा । उहाँका रचनाहरुमा सरलता,भाबुकता र
    यथार्तको साथै देश प्रेमको झझल्केको पाइन्छ । हिजोको
    दिन फेरी कहिल्यै नदोरियोस् भन्ने भाब बोकेको रचना
    (कबिता बाँच्नेलाई) शिर्षकमा पाइन्छ। जिन्दगीको
    परिभाषा मान्छेको मन र बिचार अनुरुप फरक भेटिएँ
    पनि कबि रमेश पौडेलज्यूले जीवनलाई नदी र बगरमा
    स्पष्ट परिभाषित गर्नु भएको छ । भबिष्यमा पनि
    यस्तै कबिताको आशा ईन्टर्नेटमा गर्दछौं ।

    नरेन्द्र कुमार श्रेष्ट
    केराबारी - २ , मोरङ
    हाल , मलेशिया

  • 4. kamal shrma  |  August 1st, 2006 at 5:04 pm

    हाँस्दै वोल्दै दुई मुटु वीच खोई कहिले देखि ,
    गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।
    झट्टै हेर्दा वगैचामा फूल मात्रै देखे ,
    काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।
    ठड्याईसके थिए मैले सपनाको महल ,
    सपना त सपना नै हुन्छ यादै भएन मलाई ।
    समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
    शनै शनै काटि दिएछ थाहै भएन मलाई ।
    अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
    जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।
    आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
    मनपर्नेलाई वेहोर्ने त भाग्यै भएन मलाई ।
    थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
    हृदय नै फाट्यो कति यादै भएन मलाई ।
    आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
    जिन्दगी नै हारेपछि होसै भएन मलाई ।

  • 5. bishnu sharma  |  August 1st, 2006 at 6:31 pm

    मीनाको याद मा

    हरपल तिम्रो यादमा म तडपि रहेको छु |
    निष्ठुरि तिमि मेरो साथ छोडि दियौ तर
    हरपल तिम्रो यादमा म लेटर लेखिरहेको छु |
    कबिता काहनि लेखछु भनेको थिए तर
    हरपल कपिमा तिम्रो नाम लेखिरहेको छु |
    तिमिलाइ छोड्ने मन त थिएन नै तर
    हरपल तिमिलाइ भुलने कोशिश गरि रहेको छु|
    तिम्रो नाम न लिने कशम तो खाएको थिए तर
    हरपल म तिम्रो नाम कल्पीरहेको छु|
    तिमि लाइ मायां लाउनु मेरो भुल भयो
    हरपल म तिमिलाइ सम्झी मुटु पोली रहेको छु|
    तिमिले गाउंमा गरेको बचा कसमको याद ले
    हरपल तिम्रो याद मा म रोइ रहेको छु|

  • 6. roshan  |  August 16th, 2006 at 12:23 am

    i want to send u my some poem but i didn’t found that where to i stsrt

  • 7. yangya luitel akalyatri  |  August 20th, 2006 at 7:27 pm

    bishnu bhai timro lekh rachana haru dhaerai ramra chan phari pani yastai yasstai l;ekhja rachana haru timara pathana pau ra uter uter pargatko garna chancu timi bata sirjit lekha haru jo kohi prami huko pani man chune kghalaka chan tesaile pani timile yasta lekhaharu lekhana nachad la ok
    uhi timro vholo chichune brother
    yangya luitel yakelyatri
    putalisadak kathmandu nepal

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts