जीवन चित्र (कविता) - टंक सम्वाहाम्फे

July 9th, 2006

- टंक सम्वाहाम्फे

वेनाप क्यान्भास
समयको वक्षस्थलमा
किरीङमिरीङ
धर्सैधर्सा र थोप्लाहरु
समग्रमा एउटा अमुर्त आकृति
लाग्छ अमुर्त कलकारले वैश रित्याएर
जिवन दिए जस्तो

वातावरण परीवेश लागिरहेछ सवै सवै अमुर्त
चोप्दैछु दृष्टि कोण प्रतिकोणवाट
छेउमा उभेर
अवस्थित विम्व र प्रतिकहरु
जसले जसरी अर्थ्याएर पनि
यथेष्ट अर्थ लाग्ने
यथार्थमा
अर्थैले अर्थले तुनिएका रेखाचित्रहरु
म कुचिकार होइन रङ्गमा हराउने
तर पनि अन्तरार्थले छाम्दैछु रङ्गहरु
सोचिरहेछु आफै भित्र चुर्लुम्म डुवेर
किरीङमिरीङलाई वदलौ कसरी ?
सोचिरहेछु धर्सालाइ कहावाट कहा सम्म तानौ
र उतारौ वेग्लै स्वरुपमा
सोचिरहेछु थोप्लाहरुको अस्तित्वलाई
व्युझाउ कस्तो मान्यताले
सोच्दासोच्दै
पदार्पण हुन्छु अमुर्त रेखाचित्रहरुमा
ओहो त्यहा पनि उस्तै संसार
जिवनहरु
सपनाहरु
मैले सुनेको थिए
सपनाको देश हुन्छ भनेर
के वास्तविकता हुन् दृश्यमा छचल्किएकाहरु ?
व्याप्त छ अन्योल
तर पनि मनहरु व्यर्थै मोह वटुलेर
दौडिन्छन् नदेखेकै भूगोलमा
तर्सथ
वेनाप क्यान्भासको वक्षस्थलमा
उद्घाटिक आकृतिका प्रकृतिहरु
केलाउने यत्नवाट थाकेकाछन् मस्तिष्कहरु
किनकी औपचारीकतामा सिमीत
आजको दुनिया
र आफन्तको परिधी
अमुर्त लाग्छ क्यान्भासको रेखाचित्रहरु भन्दा पनि अमुर्त
तै पनि फाटकमा
आकासपाताल खोजिरहेछु अमुर्त आफ्नै
जिवनचित्र

Popularity: 34%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. S prakash  |  July 9th, 2006 at 11:23 pm

    राम्रो छ, समय समयमा पढ्न पाइयोस् ।

  • 2. Shuvakamana  |  July 20th, 2006 at 7:42 pm

    Tank jee ko meetho kabita ko lagi dharai 2 Bafhai 6.
    Shuvakamana

  • 3. sita  |  July 21st, 2006 at 11:53 pm

    itz lovely sita-india

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts