गजल - देव गुरुङ

July 9th, 2006

- देव गुरुङ

हाँस्दै वोल्दै दुई मुटु वीच खोई कहिले देखि ,
गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।
झट्टै हेर्दा वगैचामा फूल मात्रै देखे ,
काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

ठड्याईसके थिए मैले सपनाको महल ,
सपना त सपना नै हुन्छ यादै भएन मलाई ।
समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
शनै शनै काटि दिएछ थाहै भएन मलाई ।

अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।
आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
मनपर्नेलाई वेहोर्ने त भाग्यै भएन मलाई ।

थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
हृदय नै फाट्यो कति यादै भएन मलाई ।
आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
जिन्दगी नै हारेपछि होसै भएन मलाई ।

घाचोक कास्की
हाल हङकङ

Popularity: 37%

Entry Filed under: गीत/गजल

8 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. deepa  |  July 16th, 2006 at 4:45 pm

    Namasthe Dev ji . GAJAL man paryo ramro rachaja granu bhayeko chha ajha yesari nai pragati gradai janu hola yehi mero subhakamana chha .

    Ale Deepa
    From
    Nepal

  • 2. बिनय लामा  |  July 17th, 2006 at 6:16 pm

    देव जी नमस्कार
    कविताको भाव मिठो छ साथै गहिरो पनि तर कबितालाई गजल भनेर पाठकहरुलाई नझुक्याउनु ल?
    साहित्यमा तपाईंको प्रगतिको कामना गर्दछु ।
    - बिनय लामा काठमाण्डौ

  • 3. nogen hang  |  July 23rd, 2006 at 8:44 pm

    dev jee
    tapaiko lekhan ramro cha tara yo gazal ma samrachana alikati www.freewebs.com/dobato/ ma gazal lekhan ko barema paye anusar namile jasto lagyo….
    nogen,ktm

  • 4. Radha  |  July 28th, 2006 at 4:05 pm

    HI Dev Bro. Ati nai good cha ni hajurko Gazal ta.Really i like its ni Ok aru pani yestai Gagalharu lekhnu la tapailai Hardik kamana cha ok.
    Radha chamling
    Dharan

  • 5. deepa  |  July 30th, 2006 at 8:38 pm

    Dev ji Namasthe ! tapai ko gajal kati sundar ra kati marmik chha really gajal parera dherai happy bhaye .la yesari nai aphu rachana haru pathaudai granu hola .

    tapai ko pathakh
    deepa am
    from
    nepal

  • 6. Dev Gurung  |  July 30th, 2006 at 10:32 pm

    आदर्णीय पाठक बृन्द्,
    गजल बिधामा यो मेरो पहिलो सिर्जना हो र यसमा केही त्रुटिहरु छन । र पनि यहाँहरुले मन परिदिनु भएकोमा यहाँ हरुप्रती हार्दिक अभार ब्यक्त गर्न चाहन्छु । अनि आगमी दिनहरुमा राम्रो सिर्जनाहरु पस्काउने कोशीस् गर्नेछु ।

    धन्यवाद,

  • 7. bishnu sharma  |  August 1st, 2006 at 8:41 pm

    हाँस्दै वोल्दै दुई मुटु वीच खोई कहिले देखि ,
    गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।
    झट्टै हेर्दा वगैचामा फूल मात्रै देखे ,
    काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

    ठड्याईसके थिए मैले सपनाको महल ,
    सपना त सपना नै हुन्छ यादै भएन मलाई ।
    समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
    शनै शनै काटि दिएछ थाहै भएन मलाई ।

    अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
    जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।
    आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
    मनपर्नेलाई वेहोर्ने त भाग्यै भएन मलाई ।

    थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
    हृदय नै फाट्यो कति यादै भएन मलाई ।
    आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
    जिन्दगी नै हारेपछि होसै भएन मलाई

  • 8. Krishna Kumar Thapa  |  October 5th, 2006 at 6:58 am

    ye hajur ! hajur ko pahilo gajal bhaye pani nikai nai man chhune khako chha jasle je bhane pani malai ta atinai man paryo sayed….ani agami din haru ma pani asha………
    Krish
    America

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts