देश नै नरहेपछि (कविता) - केशर के राई

July 9th, 2006

- केशर के राई

त्यो मेरो
त्यो तेरो
त्यो उसको
त्यो तिम्रो
त्यो तपाईको
देश नै नरहेपछि
त्यस्तो भावना
हामीमा कदापि उत्पन्न हुदैन ।

माटोको माया
ढुङ्गाको माया
सबैलाई लाग्छ
अनि भन्छौँ गौरवकासाथ
मलाई मेरो देशको माटोको माया छ
मलाई मेरो देशको ढुङ्गाको माया छ
देश नै नरहेपछि
त्यो माटोको / ढुङ्गाको माया
न त मलाई लाग्छ
न त उसलाई लाग्छ
न त तिमीलाई लाग्छ
न त तँलाई लाग्छ
न त तपाईलाई लाग्छ
हामी कसैलाई लाग्दैन ।

तपाईको पनि होला
तिम्रो पनि होला
उसको पनि हाला
तेरो पनि होला
अनि मेरो पनि छ
स्वर्ग छुने चाहना
चन्द्रमामा पुग्ने चाहना
सगरमाथामा चढ्ने चाहना
देश नै नरहेपछि
त्यो सपना / कल्पना
मनभित्रै तुहिएर जान्छ ।
कसको पो इच्छा हुदैन र ?
युगौँ युग बाँच्ने
देश नै नरहेपछि
न त देश
न त हामी नै रहन्छौँ
आखिरमा
देश अनि हामी
एक चिहानका लास बनी
सदाको लागि सडेर जानेछौँ
कात्रो धोकोसहित
अर्को युगको
आगमन नभएसम्म ।
­
पाथेका-४, खोटाङ्ग
हालः- काठमाडौं

Popularity: 33%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Damodar Bhusal {INDIA}  |  July 12th, 2006 at 8:29 pm

    धेरै राम्रो कबिता फेरि पनि लेख्दै गर्नु

  • 2. surya  |  July 21st, 2006 at 12:26 am

    राम्रो छ

  • 3. minu singapore  |  August 25th, 2006 at 10:46 pm

    wowow malaita sarai man paryo hau

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in July, 2006

Most Popular Posts