धन्दुकारी धनको लागि - उत्तम श्रेष्ठ ‘सेन’

August 3rd, 2006

- उत्तम श्रेष्ठ ‘सेन’

धन्दुकारी धन कमाउन
वोईङ्ग चढी मुग्लानतिर उड्दा
पृथ्वीबाट सिधै नर्कतिर पो झरेछु
मुर्दाहरुको वस्ति मात्र भन्थे
म त, जल्लादहरुको हातमा पो परेछु ।

आ, कठैं ! पृथ्वीमा
भगवानको लागि
निर्दोष पशु वलि दिन्छ
यहाँ त आफ्नै जस्तो लाग्ने जल्लादहरु
आँखा फुकालेर मलाई पनि हेर्छ
र भन्छ
तेरो पनि पालो आउने छ ।

हतास भई भन्छ मेरो मन
“क्रान्तिको लागि सबलई उठ भन”
म पनि चिच्याउछु क्रान्तिको लागि
र आफ्नो जीवनको लागि
तर,
म त निस्सार मुर्दाहरुको वस्तिमा छु
म जस्तै देखिने कठोर हृदय भएको
जल्लादहरुको सास्तिमा छु ।

जब म क्रान्तिको चिच्याउंछु
तब छोटे जल्लादहरु डराई
बडे जल्लादकहाँ खबर ठेल्दछ ।
मलाई तर्साउ भनि फेरि
माथिको आदेश भन्दै
निर्दोष मुर्दाहरुलाई पनि
बुल्डोजर लगाएर पेल्दछ
अनि हङ्गकार गर्दछ
“ए मनुवा !
यो जिउदो मान्छेको मुर्दा वस्ति हो
त किन कराउछस्
हामी त जल्लाद शासकको
तुच्छ सिपाही भई
धन्दुकारी धनको लागि
गरेको केवल गस्ति हो ।
गरेको केवल गस्ति हा ।”


Popularity: 35%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. ashish chhetri  |  August 15th, 2006 at 9:45 pm

    Kavitama thorai bhab bhaepani bhanna khojeko chahi k ho bujhiena bhetera kura garaula uttam jee .

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in August, 2006

Most Popular Posts