आई लभ यू - देव गुरुङ

August 3rd, 2006

- देव गुरुङ

वसन्ती, भरिदेउ अझै,
गिलास माथि गिलास
सत्ते… सवै पिएको हैन मैले
आधा गिलास त छचल्किएरै पोखिएको हो
तिम्रो वैश छचल्किए झै,
तिमीलाई के भनुं ?
आज नशाले चुर हुनु छ मलाई
घांटीमा अड्किएको कुरा छादनु छ मलाई
भर्खर त घाम पल्लो डांडा पारि खस्यो
ओल्लो डांडामाथि जून कहिले टेक्छ ?
अव मलाई चिन्ता छैन त्यस्को, मात्र हतार छ
फगत मेरो प्यासी ओठमा गिलास टेकाउन
र आकाशको जून हैन धर्तीको जून नियाल्न ।

तिम्रो सन्मुख उभिएर,
भर्खरै त दिनले रातको पछयौरी ओढदै छ
र त मेरो गाला र घांटी रसिलो हुदै छ
तिम्रो नशामा जति म मात्तिने गर्थें
आज त्यो भन्दा वढी मात्तिदै छु
आंखा त मेरो पहिले नै लाल थियो
किनकि म पहिले आंखाले पिउने गर्थे
अहिले त्यो लाली मेटाउन घांटीले पिउदै छु
त्यसैले भरिदेउ अझै गिलास माथि गिलास ।

तिमीलाई अवगत नै छ,
तिम्रो भट्टीको मझेरीमा वस्दा वस्दै,
म तिम्रो मनको मझेरीमा उक्लि सकेको छु
घरको वाटो विर्सि सकेको छु अव त
त्यसैले रात छिप्यो घर जानुस नभन्नु मलाई
विन लादेनको साहस पैचो लिएपनि मैले,
दुई घुट मुखमा नपोखिन्जेल जिब्रो हिडदैन मेरो
खोपडी छेउको दुई कन्चटबाट तातो लहर
टाउकोमा एक पटक फनक्क घुमेर
कानहरु रातो र तातो पार्दै शरीर भित्र हिडेपछि
सुतेका तन्तुहरु फडफडाउदै जागेपछि मात्र
म वोल्छु, कराउछु, र देखाउछु आफनो साहस
अनि अनायसै मनको कुरा घरि घरि छोड्छ’
आइ लभ यू , आइ लभ यू ।

घाचोक कास्की
हाल हङकङ


Popularity: 39%

Entry Filed under: कविता

10 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Mausam  |  August 6th, 2006 at 7:49 am

    Durga jee !

    wouuuuuu ! nice poem, thanks alots, keep it up.

    thank you
    Mausam
    Pokhara.

  • 2. Mausam  |  August 6th, 2006 at 7:50 am

    sorry Dev jee,

  • 3. Rai  |  August 11th, 2006 at 3:05 pm

    kabita mitho cha, Hk ko subject ma lekheko kabita more nice to read.. Hope we get chance to read…….

  • 4. GRG JHAM BDR.  |  August 13th, 2006 at 3:58 pm

    yes Dev Dai very well, i thing you are really like kabi.yes bro. you are not only kabi you are good Artist, have a good luck.
    Thanks JHAM GRG.

  • 5. Dev Gurung  |  August 15th, 2006 at 9:23 pm

    आदर्णिय पाठक बृन्द्,
    मैले छरेको अक्षर हरुलाई कविताको रुपमा मन पराइदिनु भएकोमा यहाँहरु प्रती हार्दिक अभार ब्यक्त गर्न चाहन्छु । साथै अगामी दिनहरुमा यहाँहरु समक्ष अझ राम्रो कविता हरु पस्काउने जमर्को गर्ने छु ।

    तपाइहरुको देव गुरुङ्

  • 6. badal kamal  |  August 16th, 2006 at 4:10 am

    DEB JEE
    CHORERA LAUNU VAYOKI KOREERA LAUNU VAYO YA AFNAI SABDA KOS FORERA LAUNU VAYO YATI MITHA SABDA HARU MILCHHA VANE PAINCHO DINUS MALAI E SABDA HARU MA MERO JIBAN NAI HAJURLAI DIULA BARU

  • 7. Dev Gurung  |  August 17th, 2006 at 10:34 pm

    बादल कमल जी,
    कविता मन पराउनु भएकोमा धेरै धेरै धन्यवाद र गुरुङ्को छोराले लेखेको कविता भएर होकि अलि शङ्कालु दृस्टिले हेर्नु भाको छ हेहे,,,हे,हे,कसैको चोरेको होइन आफैले कोरेको हो । आगमी दिनहरुमा अझ राम्रो कविता हरु पस्काउने बचन दिदै हजुरहरुको माया निरन्तर पाउने आशामा छु ।

    धन्याबाद ।

  • 8. suman  |  August 22nd, 2006 at 12:29 pm

    hi deeb i like ur poem
    try again for next poem ok good bless

  • 9. bhesh raj gurung  |  August 26th, 2006 at 1:26 am

    dev dai, namaskaar.
    kavita nikkai stariya laagyo, ajhai aagaami din haru maa pani feri tapai ko sahitya srijana maajhidai ra khaaridai jawos bhanne subhechhya sahit,
    Bhai : Bhesh. Japan bata…

  • 10. leena  |  March 21st, 2009 at 12:50 am

    ur writting nice poem keep it up hai. im from arizona.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in August, 2006

Most Popular Posts