धर्ती, प्राण र प्रतिविम्व - मोती चाम्लीङ्ग

August 3rd, 2006

- मोती चाम्लीङ्ग

के रहेछ जीवन ! दुई घडि क्षण
भिज्यो अश्रुको तलाउमा
के रहेछ इमान ! संकटा क्षण
पोल्यो भैवको घाउमा

के बुझाउं ! दिललाई सकसको भारी
कहां बिसाउं चौतारी
के सुझाउं ! समयलाई यी हेराफेरी
आलाप छ मनभरी

असुरो फूल्यो ठिहिको मास
बल्छेले गांड्यो सुंढ
रिठ्ठाको पात खसेको रास
न्याउरीले लायो गुंड

रमिते डांडो हिउंले खायो
बुकीफूल मर्यो की
सुन्दर दृश्य देखीनै छोडयो
कुइरोले छोप्यो की

नदीको तीरमा बांचेको घर
खतरा भो सावनको
जुनकीरी तुल्य अल्झेको रहर
दुष्मन भो यो मनको

फन्केर आए वाजको हुल
जंगलको माझ ताकी
उडेर गए मलेवा हुल
पारीको वन हांकी

चमेली फूलको रंग उडि गयो
निरश निस्तब्ध बगैंचा
पूर्वको लाली बादलले ढाक्यो
धर्ती बिचित्र यस्तै छ
बिचित्र यस्तै छ
यस्तै छ ।

३१ जूलाई २००६
दम्माम साउदी अरव


Popularity: 35%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. minu singapore  |  August 23rd, 2006 at 12:23 am

    motije ekdam ramro chha tapaiko lekh

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in August, 2006

Most Popular Posts