लुट्यौ श्रीपेच …- देव गुरुङ

September 1st, 2006

- देव गुरुङ

लुट्यौ श्रीपेच र देश दाजुको वंश नांशी ,
हत्यारा भए भु पति जनता सुकुमबासी ।

चुस्यौ रगत जनताको डाले जुका झै टांसी ,
जनता छटपटाई रहृयो तिमी वस्यौ हांसी ।

तिमी चालक, गिरी कन्डक्टर, कमले खलासी ,
जिब्रो टोक्छन जनताले देखेर तिम्रो वदमासी ।

वनाएथे जनतालाई निरङकुशताको दासी ,
प्रजातन्त्र माग्नेलाई दियौ उपहार फांसी ।

वुझेनौ जनभावना तिमी नारायणहिटी पसी ,
धेरै रगत वगायौ भयो इतिहांस लेख्ने मसी ।

अभाव छैन रगतको वाट्ना गणतन्त्रको रसी ,
चेतनाशील छन जनता नसोच दशैको खसी ।

कर्फ्यु ओढेर उन्नाइस दिन झोपडीमा न वसी ,
निस्के जनता लिएर हातमा कलम, लौरो, आंसी ।

जनआन्दोलनको भेलले वगायो शक्तिको कसी ,
कान समातेर मध्यरातमा वसाल्यो घुंडा धसी ।

देश अतुर छन् पहिरिन गणतन्त्रको माला गांसी ,
बाटो नपाउला पछि समयमै भागि हाल काशी ।

देव गुरुङ
हङकङ

Popularity: 42%

Entry Filed under: कविता

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. prakash ghatane(bisswokarma)  |  September 4th, 2006 at 7:20 pm

    nice poim, thanks deb ji

  • 2. jaya ram adhikari  |  September 4th, 2006 at 8:25 pm

    देव दाई जान त के जन्थे कशी कुखुरा को साप्रो र त्रुबोग बियर पोखरा को दरबार मा खै रहेछ न बशी ग्नत्रन्त्र प्रेमी जनता को अझै पनि घाटी मा बादी र हेछ न रशी खशै जनता ले मगे र खोजे को जस् तो शासन प्रडाली अझै पनि नेपालि जणटा ले पयका छैनन २१सौ सप्तब्दी म पनि पहिला राजा हरु को राणा हरु को गुलाम अहैले भर्स्ट नेता हरु को चकारी गुलम गिरी ले नेपाली हरु को बहादुरि इमन्दरी गोर्खालि को देश भक्ती छोडेर चकारी र गुलम गिरी नोकर शा हि प्र बिटी ले गर्ढा अफ्हनो घटि रेतियर मर्ने अमर सिङ थापा र बल भल्भात्र कुबर जस्त नेपाली को ईतिहास नेपाली नेता हरु ले त भुली सके सेन क भर्दर हरु राजा पर्ती भफदर देश र जनता को पर्ती शमर्तिथ न्भयको कारण राजा दरबार अझै श्कृया हुँदै राजा बलियो जनतकम्ज र हुँदै घयो अझै पनि राजा काशी जला न जस्तो लग दैन यम बि हरु को उमिद थियो जनता लाई अन्तिम बिल्कल्प हेरम उ इ हरु को शान्ति पूर्ण जन क्रान्ति ले कश्तो रुप लिन्छ जुङल न जने हटियर पनि न त्यग्ने निण्रएए लियर गनत्रन्त्र म जने सकृया अन्धोलन अख्तियर गेरे को राम्रै हो सरकार ले पनि उनि हरु को कुरा सुन्न पर्द छाझै पनि नेता हरु राजा दरबार लाई बलियो पर्दै छ न केको कशी जाने दरबार म नै बश्ने हो

  • 3. yang pitang chhu  |  October 17th, 2006 at 10:54 pm

    kabita ati ramro ra wastabik pani

  • 4. Gopal  |  November 10th, 2006 at 12:04 pm

    कविता अति सान्दर्भिक लाग्यो । तपाईंको कवितको जती गुणगान गाएपनि पुग्दैन । अव भनेको तपाइ हामिले सकारात्मक् कुरा मात्रै गरेर सबै दल र नेताहरुका मनोवल् उच्च बनाउने काम् गर्नुपर्छ । तानाशाह भाग्छ ।
    पुनह् तपाइलाई धन्यबाद ।

    गोपालप्रसाद
    वोस्तन्

  • 5. Tilak  |  December 24th, 2006 at 10:44 pm

    relly nice
    bakya gathan sabda chayan sarai isthariya chha.

  • 6. Manoj Lamichhane  |  May 21st, 2007 at 11:38 pm

    Tyo Taa Ho Hai !!!

  • 7. रमेश खड्का  |  April 6th, 2009 at 6:01 pm

    देब दाई तपाईले भन्नुभएको कुरा मलाई एकदम ठिक लाग्यो त्यसकारण तपाई यस्ता कुराहरू लेख्दै जानुहोला हामी तपाईलाई साथ दिने छौ।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in September, 2006

Most Popular Posts