यो बाटो - चन्द्र गुरुंग

September 1st, 2006

- चन्द्र गुरुंग

यो बाटो हुदै
असंख्य अबला द्रौपदीहरु
आफ्ना निर्वस्त्र ईच्छाहरुलाई
इज्जतको टालोले ढाक्नको लागि
कौरवका कामुक नजरबाट बच्दै र
पाण्डवका लाचार नजरबाट लुक्दै मुग्लान झर्दै छन्
असंख्य जोडी खाली खुट्टाहरु
जुँघारेखीले सजिएका कलिला अनुहारहरु बोक्दै
वीर पुर्खाको बीडो थाम्न
विदेशमा परेड खेल्न जान्दै छन् र
लाहुरेहरु विदेशको अपमानलाई
खुट्टाहरुमा सजिएका बूटले ठोक्दै
बिदामा गाउँ फर्किदै छन् ।

यो बाटो हुदै
असंख्य आँखी नानीहरु
सपनाका रंगीन लुगाहरुमा सजिएर
विदेशी बजारहरुमा जीवनको रमाईलो मेला हेर्न जादै छन्
हूलका हूल भरियाहरु
मनको डोकोहरुमा जीवनलाई बोक्दै
आँसु र पसीनाको धारा चुहाउँदै
बाटोको छेउ लागेर सुस्तरी हिंडदै छन् र
असंख्य गाउँलेहरु यौवनको घुम्तीहरु काटेर
यो बाटोको नाङ्गो छातीमा टेक्दै
बुढेशकालको चौतारीमा
जीवनभरिको थकान बिसाउन गई रहेकाछन् ।

यो बाटोको छेउमा उभिएर
जीर्ण आमाहरुका बुढयौली आँखाले
परेलीरुपी झयालहरु उघार्दै
आफ्ना छोराहरुका सुनौला मुहार खोज्दै छन्
नवविवाहित दुलहीका सुनसान सिउँदोहरुले
जीवनको आकाशमा सिन्दुरी रंग र्छन
अधुरो सुहागरातलाई पर्खीदै छन् र
सासाना नानीहरुका चिसो गालाहरुले
एउटा नयाँ मुस्कानको निम्ति
बाबाहरुका न्यानो चुम्बन पर्खीदै छन् ।

गोर्खा हालः काठमाण्डौ

Popularity: 38%

Entry Filed under: कविता

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. chij kumar stha  |  September 11th, 2006 at 6:03 pm

    Chandra Ji,
    Your poem is really fantastic. Keep continue.
    thx
    chij

  • 2. suman lama  |  October 2nd, 2006 at 1:49 pm

    [MAYA]

    kina diyau maya time le malai jhuto maya
    yadi time mero aafno banne thiyanau bhane
    kina diyau time le malai jhuto aaswasan
    yadi time aadha bato ma harauthau bhane?

    kina time kasam khai bachha garau
    yadi timro bichar thiyana bhane
    kina time sadhai bhanne garthau timee mero aatma bhane ra
    yadi timro aatma aarkai ko bhaisakeko thiyo bhane.
    kina time bhan ne gharthau time mero pranho bhane .
    yadi timro dhuk dhuki aarkai thiyo bhane ……sabina

  • 3. Dal Bahadur Gurung  |  November 11th, 2006 at 1:03 pm

    Killing Innocent children around the Nation…..Its not a new accident ?

    Why blady Nepalese government doesn’t notice introduce about BOMB ! If someone fine it in somewhere else….? Its not a toy
    Beware of Bomb, must put notice description around the nation…..Not blady talk for king & queen & own seat….?
    If involve such accident in own family members ….? How they feel fuck top Nepal seat owner…..?
    Must bring the system in country…..giving announcement by radio….is that difficult ????

  • 4. Dal Bahadur Gurung  |  November 11th, 2006 at 1:47 pm

    यहाँ टाईप गर्नुहोस् ।खै किन नेपाल सरकारले बेवस्ता गरेको छ? बेवारीसे बम खेलएर ( अन्जान नानी हरुको ज्यान गएको ) समाचार म सुन्नु पहिलो पल्ट अब्स्यै होइन? यो हुनु को कारण सरकारको लपर्बाइ हो भन्दा दुई मत नहोला? सरकारले देश भरि बम को बारेमा राम्रो प्रचार-प्रसारान गरेको भए? हिजो अज अनि भोली भबिस्याका कर्णधार अन्जन नानी हरुको ज्यान बिकाल्मा जने थिएन? एदि तेस् घाटन्मा ति सरकारमा बस्नेहारुका नानी हरु परेको भए तीनको हल्त के हुन्थ्यो? जनतालाई बिकास गरेर दिनु त परै जओस् , जबो एउटा रेडियो को मय्दम् देकि प्रचर्-प्रसरन् र मा
    ओबदी प्रभाववित ईलाकाम तस्वीर सहित सुचन तसेको भए? कसैले आफ्नो आँखा नानी गुमानु पर्ने पनि थिएन र आँखामा आसुको धर चुहनु पनि पर्ने पनि थिएन? संसारले के के गरी सक्यो? ता नेपालको कुर्शी वाला थुक्का तेरो बिचार

  • 5. mr rai  |  March 2nd, 2007 at 4:10 am

    Great poem. touched my heart.

    mr rai, uk

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in September, 2006

Most Popular Posts