दीपावली ११२७ को शुभकामना ! - महेश्वर श्रेष्ठ

October 20th, 2006

(महेश्वर श्रेष्ठजीले एचकेनेपाल डट कम तथा परिवारलाई व्यक्तिरूपमा पठाउंनुभएको दीपावली शुभकामना सन्देश समय सान्दर्भिक ठानेर यहाँ प्रकाशित गरिएको छ। सं.)

- महेश्वर श्रेष्ठ
काग तिहार कागको पूजा होइन
कागले गर्ने सेवाको सम्मान हो ।
कागले तपाईंको घरमा सधैं सुसमाचार ल्याइराखोस् ।

कुकुर तिहार कुकुरको पूजा होइन
कुकुरले गर्ने सेवाको सम्मान हो ।
कुकुरले तपाईंको घरको सदा रखवारी गरिराखोस् ।

लक्ष्मी पूजा लक्ष्मीको पूजा होइन
धनधान्यले परिपूर्ण हुने अरमान हो ।
लक्ष्मीले तपाईंको घर धनधान्यले सदा परिपूर्ण राखून् ।

म्हपूजा साँच्चिकै आत्मा पूजा होइन
स्वस्थ र स्वच्छ हुने मनकामना हो ।
म्हपूजाले तपाईंलाई सदा स्वस्थ र स्वच्छ बनाओस् ।

म्हपूजाको दिन म्हपूजा मात्र हुँदैन
नेपालको मौलिक संवतसर नेपाल संवत फेरिने दिन पनि हो ।
नव वर्ष नेपाल सम्वत ११२७ ले नेपाली जनतालाई सुख र शान्ति ल्याइदेओस् ।

किजापूजा अथवा भाईटीका मात्र भाईटीका होइन
दाजुभाई दिदीबहिनी बीच निस्वार्थ मायाको अविछिन्न नवीकरण हो ।
किजापूजाले तपाईंका दाजुभाई दिदीबहिनी बीचको मायालाई अझ प्रगाढ बनाओस् ।

तिहार, दीपावली अथवा स्वन्ति नखः मात्र मनोरन्जन होइन
पशु र चराचर समेतको योगदानको कदर गर्ने उच्चतम संस्कृति हो ।
हामी नेपालीको यस्तो अद्वितीय परम्परा, संस्कृति र सभ्यता सदा सदा अमर रहोस् ।।

ने.सं. ११२७ कौलागा त्रयोदशी
इ.सं. २००६ अक्टोबर १९ तारिख
वि.सं. २०६३ कार्तिक २ गते

Popularity: 38%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. milan  |  October 20th, 2006 at 6:28 pm

    tapaile lekhanu bhayako tiharako kura haru sabai ramro chha

  • 2. jayaramadhikari  |  October 20th, 2006 at 7:04 pm

    कसै लाई आकाश हुने चाह ना कशै लाई धर्ती हुने चाहना दिपबली को सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनी आमा बुवा हरु म मेरो तर्फ बाट धरै धरै मङ्लामाय शुभ कामना ( जय राम अधिकारि मिजुरे ७ गोर्जे कास्की पोखरा हाल मुम्बई बाट धन्यवाद

  • 3. prakash karki  |  October 20th, 2006 at 9:15 pm

    तपाईंले लेख्न्नु भयको तिहारको बारेमा मलाई साह्रै राम्रो लाग्यो!

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in October, 2006

Most Popular Posts