देवकोटा बनेर आए - (गजल) होमनाथ सुवेदी

November 23rd, 2006

- होमनाथ सुवेदी

जर्जमेशन जोन्सन्सेन्टर देवकोटा भएर आए
सुषुप्त चेतना ऐले स्वयम् देवकोटा बनेर आए ।

प्रतिदिनको रुघाखोकी खोलापारी दाउराघाँस
कुन राष्ट्रियताले हो खै ती देवकोटा भएर आए ।

साहिली र कान्छी कुक्कु खेल्ने त्यो पारीको रानीवनैमा
पैह्रो लागेको त्यो धून आज देवकोटा बनेर आए ।

पुरानो कुरो न संझे पनि हुन्थ्यो कस्तो छ यो जिन्दगी
खस्नु बिइज्जती हो त्यही काव्य देवकोटा बोकेर आए ।

नेपालमा स्वास्नी राँडी पिता अपूत भए जस्तै होलान्
मलाई मदन बनाएर देवकोटा भएर आए ।

अबला र विधवा बोक्सी बन्दै गाउँबाट लखेटिए
पीडित मान्छेका आत्मा आज देवकोटा पिएर आए ।

खानै न पाएको बेला धोका खाई भुडी फुटी हराए
भेटिए अमेरिकामा के ती देवकोटा भएर आए ।

हिजो पधेरामा कुरा गर्थे आज पधेरा नै हराए
पधेराको धाराको आबाज देवकोटा बनेर आए ।

साउन र भदौ काँक्रा चोर्ने मेरा मित्र कता हराए
काँक्रो खस्यो भैमा डाम्ठो मात्र देवकोटा बनेर आए ।

न संझे हुन्थ्यो देश न संझे हुन्थ्यो आफ्नोपन पुरानो,
बञ्चराले चिर्ने यो मन, लौ देवकोटा बनेर आए ।

देवकोटा भन्नुस् वा देश र राष्ट्र या पाखा र पखेरा,
नेपालीभित्रका हरचिज देवकोटा बनेर आए ।

राजावादी माओवादी तथाकथित कति खाओवादी,
खानाकै लागि नेपाल आज देवकोटा छोडेर आए ।

इमान्दार श्वान मेरो बाँधेको दाँतमा सुटुक्क छिरे
सपना हुन् भनेको पागल देवकोटा बनेर आए ।

साहिली आमा काहिली छामा बाटैमा लौ कता हराए
मान्छे छैनन् ढाका पछ्यौरी त देवकोटा बनेर आए ।

गोठाला खेताला हली बाउसे सबै आप्रबासी भए,
मुनामदन नेपाली माटो देवकोटा बोकेर आए ।

नेपालीे पीडा पिई शान्तिको झन्डाभित्र तोरिएका छन्
अमेरिकाको विलासिता नै देवकोटा बोकेर आए ।

डोको थुन्से फुली मुन्द्री कामी र कमिनी कता हराए
दृष्टि हीन हाम्रो अगाडि देवकोटा बनेर आए ।

काँठे पाखे झोले गोठ्ले चाप्लुसीका नम्बर वन विद्वान्!
लौ अमेरिकामा विना भिसा देवकोटा बनेर आए ।

रौरवमा गौरव खोज्ने विदेशका नेपालीलाई
गधा भन्ने गरेको, ऐले त देवकोटै बनेर आए ।

मेरा गुरु जोगी बाबाजी खै त्यहाँ उल्लु भएर आए
प्रवासको पीडाले आज ती देवकोटा भएर आए ।

को उल्लू- को हो सिल्ली हो यी प्रश्नले अवतार लिए
प्रश्नमाथि प्रश्न गर्दा प्रश्नै देवकोटा भएर आए ।

विलासीका पनि देवकोटा लाक्षीका पनि देवकोटा
ठूलोसानो सबैमा समान देवकोटा भएर आए ।

नेपालका सामन्त र अमेरिकाका क्यापिटयालिष्ट
जिउदा लाशहरु सबै आज देवकोटा भएर आए ।

मलाई मन न पर्ने मान्छेहरु त्यहाँबाट हराए
यौटै सूत्रमा बाँधिई देवकोटा भएर यहाँ आए ।

लेक र बेसी हिमाल अनि सागरमै नाचेर आए
कुम ठोक्ने भोटे वा-हुन् सबै देवकोटा भएर आए ।

दाह्रे गोठालो छोटे हली बिर्सेको भो दशौ वर्ष
अचम्म अचानक आज ती देवकोटा भएर आए ।

नेपाली बोल्नु अशिक्षा अग्रेजीको स्वाँग गाँजा लागेको,
उनी त अंग्रेजी नै छोडेर देवकोटा भएर आए ।

मेरा घरका स्मृतिहरु नै राष्ट्रियता भएर आए,
आप्रबासी श्वासप्रश्वास नै देवकोटा भएर आए ।

वुडब्रिज, भर्जिनिया

Popularity: 39%

Entry Filed under: गीत/गजल

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Paru  |  December 6th, 2007 at 6:44 pm

    How nice i like it
    Really u r Gajal kar u know ??
    very nice .

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in November, 2006

Most Popular Posts