सपना ( कविता ) - अतीत मुखिया

November 23rd, 2006

-अतीत मुखिया
बादलका ढुङ्गा पल्टाएर आकाशगंगामा
ताराहरूलाई दुँवाली छेक्ने योजना
बसेर शून्य बगरमा आकाशको
ग्रहनक्षेत्रलाई बल्छी खेल्ने चाहाना
अपरिमित मनका छेउकुनाहरू
आफैले आफूलाई छाम्न नसक्दा
आफैले आफूलाई पछ्याउन नसक्दा
आफैले आफूलाई भेटन नसक्दा
आफैले आफूलाई समेटन नसक्दा
हरीबिजोक भएर सपनामा
पक्षघात हुंदा मन मस्त निद्रामा
ऐठनको संकुचनमा खुम्चन पुग्छ
व्यंझेर धिक्कारको खकार थुक्छ ।

सपना,
कत्ति अनौठो हुन्छ यसको परिवेश
कत्ति बिप्ल्याटो हुन्छ यसको धरातल
कतै सोचाईभन्दा सुगम
कतै यथार्थभन्दा अत्तिनै दूर्गम

सपना,
महत्वकांक्षाको किराना पसल थापेर
यथार्थलाई कल्पनासंग साटेर
इक्षाका विकट गराहरूमा मनको
कतै विभीषिकाको खेती स्याहार्छ
असम्भवलाई सम्भव बनाई
कहिले आगो पिउदै तिर्खा मार्छ
आफ्नै कोखबाट जन्माएर आफैलाई
आफ्नो न्वारन आफै गर्छ
थापेर काँध आफ्नै अर्थीको
आफ्नो सतगत समेत आफै गर्छ ।

सपना,
सोचेभन्दा अलग
देखेभन्दा फरक
भोगेभन्दा सुगम
रोजेभन्दा विषम
निद्राको कस्तो जड हो सपना ?

मनको कस्तो हठ हो सपना ?
आफैले अर्थ्याउन पनि नमिल्ने
मनबाट फर्स्याउन पनि नमिल्ने
कुन सत्ताको अधिन हो सपना ?
कुन मानसिकताको ऋण हो सपना ?

यही सपनाले गर्दा नै
कुँजो पार्‍यो मेरो विपना
अपाङ्गग बनायो मेरो भावना
अस्वस्थ बनायो सारा जीवन
यसैले दाता !
भो नदेउ सपनाको भिक्षा मलाई
विधाता !
बिन्ती नदेउ सपनाको इच्छा मलाई ।
००० ००० ००० ०००

Popularity: 39%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. ASHA BHUTIYA 'BIDEERNA'  |  November 26th, 2006 at 8:27 pm

    मुखियाको सपनालाई यो दुखियाको दुई शब्द सहानुभूति -

    यी दुई जोडी नयनहरु,
    वेपर्वाहसित बन्द होस्,
    एउटा मीठो कल्पना
    मष्तिष्कमा शनै शनै सजियोस्,
    निश्छल् हृदयको कुनामा
    सकारात्मक विचार फुलोस्,
    यो शरीर सहसा सहसा
    स्वर्गीय आनन्दमा रमोस्
    केही छिनलाई नै सही
    यही हो मीठो सपना ।
    अनि,
    सपना आफै खराब हुदैन,
    न सपना सग दुर्नियत हुन्छ,
    देख्नेले देखिदिए पछि
    बिचरा सपना त आउनैपर्छ ।
    सपना आफै दोषी हुदैन,
    न सपना सग छल कपट हुन्छ,
    सजाउनेले सजाईदिए पछि
    बिचरा सपना त आउनै पर्छ ।
    सपना आफै वाधक पनि हुदैन,
    न सपना सग अस्त्र नै हुन्छ
    बोलाउनेले बोलाइदिए पछि
    बिचरा सपना त आउनै पर्छ ।
    त्यसैले, सपना जे जस्तो छ,
    सपनालाई सपनै हुन दिऔ ।

    भविष्यमा राम्रो देख्नु होला भन्ने कामनासहित्,
    -आशा भुटिया ‘विदीर्ण’ (दुखिया पनि….)

  • 2. surya rai sangpang (korea)  |  December 6th, 2006 at 7:30 pm

    ohhh thanks AAsha BHUTIYA ……..tapai ko sapan ko dui sabdha ramro lageu and Atit Mukiya bro lai pani thanks ramro lageu

  • 3. Farnborogh, UK  |  December 21st, 2006 at 10:00 am

    “JIRAFRUPI” gauthali prem
    “panipuri” ko swadma atma birodhi ganaeko “sas” ferne mukhbhitraka “gohijibro” ko
    snehapurak chatai ko awasthama sapan kewal sapan matra narahera “JIRAFRUPI” gauthali ko prem ra “GOHIJIBRO” ko chatai “aham SOLHE” santulan ko sthitima takka rokinda “sunyata” lai atmasath garnusiwaya kunai pani “think tank” ko “mutupinda” ko bhugolkendrabata “maskara filtration” ko dristipat farak tawarma prakat hudai drisyabilin hunchha hola hoina ra mukhia and bhutia mitra.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in November, 2006

Most Popular Posts