भूपिको सम्झना (कविता)- चन्द्र सिं गुरुङ

March 13th, 2007

- चन्द्र सिं गुरुङ
(यो कविता वि. स. १९९२ सालको पुस महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचे भन्ने ठाँउमा जन्मिएका जनप्रिय कवि भूपि शेरचनमा समर्पित छ।)
यता,
उता,
सबैतिर देखिन्छन्
खल्लो खल्लो चोकहरु
भोक भोकाएका गल्लीहरु र
गाउँका झोपडी देखि
शहरका सडक सडकमा भेटिन्छन्
असंख्य लाचार नेपालीहरु ।
जो, मिर्मिरेमा झरी रहेका ताराहरु गन्दै
एउटा सुनौलो बिहान पर्खी रहेका छन् ।

अझै पनि,
रानी पोखरीको किनारमा
झोव्रिmएर उभिएको छ बुढो घण्टाघर
जो, पानीमा हेर्दै छ
‘घुम्ने मेच’ माथि विराजमान अन्धो मान्छेको छायाँ,
एक हुल युवाहरु
‘धुम्रपान निषेध’को बोर्डमुनि उभिएर
‘चिसो एष्टे्र’ काठमाण्डौलाई
भर्दै छन् चुरोटको ठुटाले र
मानिसको भीड र हल्ला माँझमा
बुढो धरहरा मौन उभिएको छ
सारा देशको पिडा बोकेर ।

मुग्ध र्सप: नयाँ सडक
अझ बढी विषालु बनेको छ
जहाँ, मस्त युवा पुस्ता
हाउडे डिस्को र रंगीन नाईट क्लबहरुमा
गाउँले दोहोरीलाई अंगेजी गीत संग साट्दै छन् र
सतिको भद्दा सराप बग्दै छ
ढल मिस्सिएको बागमति र विष्णुमतिमा ।
यहाँ, शीत युद्घकालका बाँदरहरु
पशुपति र स्वयम्भूका जंगलबाट फुत्केर
चार जात र छत्तीस वर्ण फुलबारी उजाड्दै छन्
र कुमारी आमाहरुका सन्तान
‘खात’े को नेमप्लेट उचाल्दै
शहरैभरि परेड खेल्दै छन् ।

हामी,
सबैतिर छरिएका छौं
हरियो नोटको खोजीमा ।
प्रत्येक भाई टिकामा
हाम्रा दिदी-बहिनीले बाटो हेर्दै छन्
पुवजलाई पछ्याउँदै, ‘गोरु खाली’ बन्दै
जीवनको ‘कारगील’मा खट्न पुगेका दाजु-भाईहरुलाई,
हर साँझ,
सोल्टिनीहरुले रोदीमा पर्खीदै छन्
सात समुद्रपारि पुगेका आफना मायालुहरुलाई र
लेकबेंसीको मेलापातहरुमा संगीसाथीले
अझै पनि कुर्दै छन्
‘ब्रेन डे्र्न’को ट्रेन चढेर
विदेशमा पुगेका आफन्ताहरुलाई ।

यहाँ,
हाम्रा चेलीहरु बेच्दै छन्
सडकको पेटीहरुमा
आफनो यौवनले श्रृंगारेको बासी साग,
सुखाग्रस्त जिल्लाहरुबाट लखेटिएका माईला-कांइलाहरु
बेस्वादिलो शहरमा घुमी घुमी
बेच्दै छन् स्वादिलो बादाम र
बुढी आमाहरु नाङ्लोभरि गरिबीलाई फिंजाएर
प्रत्येक चोक र गल्लीमा बेच्दै छन्
दुखी मनझैं सल्कीने चुरोट
र, अभावग्रस्त जीवनझै जल्ने सलाईं ।

Popularity: 37%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Nogen limbu  |  March 13th, 2007 at 3:39 am

    this is nice poem… the things which are written as symbols are really nice…

  • 2. Devchan  |  April 3rd, 2007 at 12:46 am

    Great work chandra ji. Nice tribute to Bhupi Serchan. Reminds me vividly of GHUMNE MECH MATHI ANDO MACHE. I would certainly read the whole book again today.

    Regards
    Devchan.

  • 3. Chandra S. Gurung  |  May 15th, 2007 at 10:36 am

    Devchan ra Nogen Limbu ji,
    Namaskar!
    Thanks for the encouraging comment. From the language point of view, the poem is not that powerful, yet thought of writing this poem in the sweet memory of the Late Poet Bhupi Sherchan, as a tribute to his service to our society and literature.
    To be added, Bhupi Sherchan had written a request letter to the Editor (Rochak Ghimire )of Rachana bi-monthly literary magazine to mention his name as भूपी, but in this poem it is written भूिप. Hope it doesn’t make any difference.

    Regards, Chandra S. Gurung

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts