माछो, एक्वेरियम र परिधि (कविता) - सबिना सिन्धु

March 13th, 2007

- सबिना सिन्धु
म बाँचेको कथाको देश
आँशु र भेलको सामुन्द्रिक देश
डग्मगाउँछन् सपना,
बाढी बढ्दा बढ्दै
स्वयं निल्न थाल्छ मलाई
म मान्छे भएर बाँच्दिन
माछो भएर बाँच्छु

चिन्न नसकी आफ्नै अस्मिता
मुकदर्शक भएर उभिन्छु
आफ्नै पाइतालाको पहाडले
छेक्छ एक हुल मेरा सपनाहरुलाई
मुक्तिको लागि छट्पटाउँछु
एक्वेरियम भित्र !

एक्वेरियम,
जसले थुन्छ मेरा आवाजहरुलाई
छेक्छ पाइतालाहरुलाई
खरानी बनाउँछ मेरा सपनाहरुलाई
ढुङ्गा सरी बर्षिन्छन्
पानीका झटाराहरु
मेरो ढाड भरी ।

एक्वेरियम बाहिर फर्फाउँछन्
नारी मुक्तिका झण्डाहरु !
स्वतन्त्रताका स्वणिर्म बिहानीहरु
म अनभिज्ञ भई पौडिरहन्छु
माछो भएर
जिन्दगीका कृत्रिम छालहरु नियाल्दै

म पहाड भएर अग्लन चाहान्छु
नदी भएर बग्न चाहान्छु
तर सक्तिन नाघ्न खेतका आलिहरु
एक्वेरियमका तानाशाह परिधिहरु

साँच्चै फुटाउन पाए एक्वेरियम
नाघ्न पाए ती परिधिहरु
उर्घार्न पाए झयालसँगै दुख्ने पर्दाहरु
नियाल्न पाए बिहानी…………..
उतारेर नदीका रहरलाग्दा चित्र
पौडन पाए स्वच्छन्द नदीमा

आफ्नै गोडाले उभिन पाए
आफ्नै स्वरले बोल्न पाए
चिन्न पाए आफ्नो अस्मिता
मान्छे भएर बाँच्न पाए ।

कस्तो हुन्थ्यो तिमीले जस्तै
समाउन पाए,
नारी स्वतन्त्रताका झण्डा ! !
नारी स्वाभिमानका झण्डा !
कस्तो हुन्थ्यो नाघ्न पाए
एक्वेरियमका तानाशाह परिधिहरु ।

Popularity: 36%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. narbahadur  |  March 30th, 2007 at 4:55 pm

    सम्भबछ पहाड भएर उक्लिन नदिभएर बहन केबल चाहाना हुनु पर्‍यो सविनाजी नियाल्न सकिन्छ सुन्दर बिहानि च्यात्नसकिन्छ अध्यारो पर्दाहरु र स्वतन्त्रताको झन्डा समाउन सकिन्छ बोक्न सकिन्छ स्वभिमान नारिको झन्डा सकिन्छ आफ्नै गोदाले उभिन नाघ्न सकिन्छ एक्वेरियमको तानाशाह परिधिहरु तपाईंको जस्तै सुन्दर चाहना हुनुपरयो सबैको। thanks hknepa from nepal

  • 2. प्रमोद दहाल्,  |  April 5th, 2007 at 12:29 pm

    ‘’आफ्नै गोडाले उभिन पाए
    आफ्नै स्वरले बोल्न पाए
    चिन्न पाए आफ्नो अस्मिता
    मान्छे भएर बाँच्न पाए ।’

    ‘वास्तबमा सविनाले चाहेको जीबन त्यो जीबन हो ,जहाँ मानवता होस् नकि माछो जस्तो जीन्दगी र एक्वेरियम्को पर्खाल् भित्र मात्र बाधिएको घेरिएको ।

    यो कवितामा नारी स्वतन्त्रता र उतथानको सुरिलो आवहान् पोखिएको छ । उनी नारीको पक्षमा वकालत् गर्ने पछिल्लो पुस्ताकि कवि हुन्।कविता प्रटिकात्मक छ जहाँ

    नेपाली समाजलाई एक्वेरियम सँग दाजेकी छिन ।कविता
    पठनिय छ ।नारी पिडा र मर्म उनको मुल लेखानिय हो ।
    उनीलाइ अझ उत्तर उत्तर प्रगतिको कामना गर्छु,

    प्रमोद दहाल्,
    कोरिया
    जन्जु विस्वबिद्यालय, जन्जु साईट ।

  • 3. प्रमोद दहाल्,  |  April 5th, 2007 at 12:31 pm

    ‘’आफ्नै गोडाले उभिन पाए
    आफ्नै स्वरले बोल्न पाए
    चिन्न पाए आफ्नो अस्मिता
    मान्छे भएर बाँच्न पाए ।’

    ‘वास्तबमा सविनाले चाहेको जीबन त्यो जीबन हो
    ,जहाँ मानवता होस् नकि माछो जस्तो जीन्दगी
    र एक्वेरियम्को पर्खाल् भित्र मात्र बाधिएको घेरिएको ।

    यो कवितामा नारी स्वतन्त्रता र उतथानको
    सुरिलो आवहान् पोखिएको छ । उनी नारीको
    पक्षमा वकालत् गर्ने पछिल्लो पुस्ताकि कवि
    हुन्।कविता प्रटिकात्मक छ जहाँ

    नेपाली समाजलाई एक्वेरियम सँग दाजेकी
    छिन ।कविता
    पठनिय छ ।नारी पिडा र मर्म उनको
    मुल लेखानिय हो ।
    उनीलाइ अझ उत्तर उत्तर प्रगतिको कामना गर्छु,

    प्रमोद दहाल्,
    कोरिया
    जन्जु विस्वबिद्यालय, जन्जु साईट ।

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts