लौ न ! (कविता) नगेन्द्र ईङनाम

March 13th, 2007

- नगेन्द्र ईङनाम
बैंस चुलियो कि तना फुकाएर हेर
अलिकति मन्टो मुनि झुकाएर हेर
सबैलाई लोभ लाग्छ राम्री देखेपछि
बेशरमी त्यो लाज चाहिं लुकाएर हेर

त्रि्रो मध्यमनको न्यानो तलाउमा
कतै ममताको लेउ पो पलायो कि
यसो हल्का स्पर्शले अनुभव गरी हेर
मैलिएमा पुराना नयाँ फेसन फेरी हेर

म त पग्लिएं तिम्रो त्यो जवानीको रापले
अझ त्यो रापिलो बक्षभित्र लुकाएर हेर
पाउन तिम्रो मोह, चाहको मुना बढदैछ
दया भए लौन ! बरु यो चित्त दुखाएर हेर

नशालु यौवनभित्रैसम्म पुग्ने राह देखाएर हेर
नशा कति छ मायाँको गहिराईसम्म डुबी हेर
सुन्छु निकै मजा हुन्छ रे त्यहां चुर्लुम्म डुब्दा
डुब्नु छ एकपल्ट लौन ! मलाई डुबाएर त हेर

Popularity: 35%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts