मेरो सपना (कविता) - प्रतीक चाम्लिङ्ग

March 21st, 2007

- प्रतीक चाम्लिङ्ग
खुशीको कोट ओढेर
प्यारो मेरो सपना,
मरुभूमीको यात्रा पार गरेर
रातभरी मेरो निद्रामा आइरहेको छ ।
निस्पट्ट अंध्यारो पन्छाउदै
चन्द्रमुखी मुहार बोकेर
चन्द्रमा एक टकले हासिरहेकी छे,
विशाल आकाश फांटमा ।
अनि…….!
हृदयको एउटा कुनामा
सानो खुशी टुसुक्क बस्छे ।

अहो ! कति रमाइलो !
त्यो इन्द्रणी झैं चन्द्र रोशणी
मेरो कोठा भरी छत्ता छुल्ल छ ।
क्षण क्षण म,
मेरो घाइते छाती वीच
शुन्दर फुलेको सुनखरी,
खवरदारी आखांले चियाउछु ।
आहा ! कति शुन्दर मेरी सुनखरी !
उनकै शौन्दर्यमा,
निरुत्तर, निस्तब्ध
म बांची रहन मन लाग्छ/ हांसीरहन मन लाग्छ ।
अनि त म सपनाभरी
उनको पोल्टामा
न्यानो माया पस्किन मन लाग्छ ।

यो त रात हो ! बेचेत निन्द्रा ।
सिरानीको चिहानमाथी
म जिउदो लास पल्टिरहेको पाउछु ।
ओहो! मिठो सपना !
एउटा मिठो सपना न हो,
झुटो विपनालाई झुक्याउने ।
मेरो प्यारो सपना ।
अपाङ्ग विपना संगै
अन्त्य हुन्छ प्यारो सपनाको ।
सपना तिमी, मलाई कति दुखाउछौ हगी ?
तिमी दुख्ता,
साच्चै मेरा मनहरु जलेर दुख्छ ।
छिया छिया भएर यो छाती,
मृत्युको खडेरीमा छटपटिन्छ ।
मृत्यृको प्यासमा,
विपनाहरु काकाकुल भएर चिच्याउछ ।
कस्तो छ यो बैगुनी सपना,
सधैं सधैं मलाई
विक्षिप्तता छोडेर
मध्यरात मै भागेर जान्छ ।

Popularity: 37%

Entry Filed under: कविता

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. yang pitang chhu dharan haal hk  |  March 25th, 2007 at 10:32 pm

    pratik chamling bhailai hridayasparshi kabitaako laagi dherai dherai dhanyabaad

  • 2. sneh sayami  |  April 4th, 2007 at 6:07 pm

    कबिता धेरै राम्रो छ ।

  • 3. nishan  |  April 5th, 2007 at 8:47 pm

    pratik chamling jyu kasko sapanako lagi

  • 4. p.k.alone  |  April 14th, 2007 at 11:54 pm

    sapana kebal sapana heo yo kailei satyata banni sakdaina re heo pratik gi yedi heo bhane mero sapanale kun mod linchha holla yo jimma hajur lai sumpidai tapaiko sahityak yatra safaltako lagi dherai dherai suvakamana.

  • 5. sunita  |  June 24th, 2007 at 10:32 pm

    HI
    pratik g.tapaiko kabita sarai mitho lagyo.yestai sadhai bhari unnatiko paela aghi badho la.uhi sathiiiiiiii …….

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts