प्रवासबाट श्रद्धाञ्जलि रंग र अक्षरमा (कविता) - मोति चाम्लीङ्ग

March 24th, 2007

- मोति चाम्लीङ्ग
वेली चमेली भरी उपवनमा
प्रफुल्ल पुतली सरी नयनमा
पुष्पदलका परागहरु छान्दै
स्वतन्त्रताका सम्वाहकहरु रम्दै
शान्तीकामी बिगुल फुकिरहेका थिए

स्थायी शान्ति, अमन चयन, बिरोधी चाटुकारहरु ती
उपवनवाटै वहिस्कृत झुण्डमा वदलिएपछि
पाखा पर्वत छांद मारी फाल हान्दै
खोरीयामा याक्साघर वसाउने लघुलक्ष्य वोकी
सुन्दर उपवनमा तेजाव खन्याउने मस्यौरामा जुटे

विहानीको कोमल वायु सुस्केरामा
मधुर जनसंगीतको तार र सुर मिलाउदै
देश वनाउने कालीगढहरु जुट्दै थिए
उज्यालो आकाश र मलिलो धर्तीको सुवासलाई छाम्दै
ति बिदुशहरु नव नेपाल उभ्याउन उठिरहेका थिए

आयो दुष्ट दमकलमा तेजाव भरेर
सुन्दर उपवनलाई निशानामा राखी
सपना जस्तै आज, सौन्दर्यलाई खरानी पारयो
कायर आक्रमणको खेती लगाउंदै
शान्ति दूतहरुको बिचल्ली र आंशुमा रम्यो

गौरमा तिमीले प्राण त्याग्यौ
तिम्रो शहादतमा स्वदेश बिदेश रुझदा भयो
पराइ माटोमा यी अश्रु ढिक्का र मन्द हिक्का
खस्न नदिने वाचा रहृयो भलै यो मुंग्लानवाट
अग्नि, संग्राम, ज्वाला र विपन्नका

२४ मार्च २००७
दम्माम साउदी अरव

Popularity: 36%

Entry Filed under: कविता

4 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. K Chamling  |  March 25th, 2007 at 7:51 pm

    Very nice poem able to tuch anybody.

  • 2. K. Rai  |  March 26th, 2007 at 9:37 pm

    kabita sarai ramro lagyo dhannyabad kamsekam euta man chhune kabita!!!

  • 3. ekendra  |  March 28th, 2007 at 6:09 am

    Nice peom, thanks alot and we hope such creations in futuere.

  • 4. narbahadur  |  March 29th, 2007 at 6:36 pm

    आमाको छातिमा दुधको नदी बग्नु पर्ने मोति तर आजमात्र होइन लामो समयदेखि रगत बगिरहेकोछ ति गोली र खुकुरिको चोतमा पत्तिहरु बाध्ने दाक्तरहरुनै हराए जस्तोछ कलीला नानीहरु तितर बितर भएकाछन बाल्ने ग्यास छैन मत्तितेल छैन आवत जावत् गर्न दिजेल र पेट्रोल छैन पकाउने चामल छै सडकहरुमा चैत्रको धुलो अनि त्रासको साम्रराज्य बाहेक केहिछैन बसन्त रितुको आगमन सगै अनेकौ फुलहरुको बिचमा रमनु पर्ने नानिहरु तर छातीभरि पिडा अनि आँखाभरि आशुलिएर आफ्नि आमालाइ दोबाटो र जगल्, खोलाको किनार प्रत्यक गल्लिहरुमा खोज्दैछन नानिहरुले देखेछौ यो हरिबिजोक धन्यवाद मोती तिमीलाइ लाखौ लाख । thanks hknepal from nepal

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2007

Most Popular Posts