“मेरो इतिहास टिष्टाले सुसेल्छ” (कविता )- रुसाहाङ्ग चेम्जोङ

April 28th, 2007

- रुसाहाङ्ग चेम्जोङ
हिजो जस्तो लाग्छ
हुन पनि कति नै बितेको छ र !
टिष्टा मेरो काखमा बग्थ्यो
अनि मेरो पूर्खाको छातीमाथि
निरन्तर..
निरन्तर…..
सल.. ल …
लछारीदै
पछारिदै
छछल्किदै
मेरो गौरव गाथा बोकेर
मेरो पूर्खाको इतिहास अंगालेर
तर आज पूर्खाको छाती फोरेर
बहादुरता देखाउन खोज्नेहरु
तनाशाहीहरु अर्काको अंग बेचेर
महाजन बन्न खोज्छन् राज्यका भाइरसहरु
मेरो इतिहासका घुन बन्छन्
मेरो पूर्खाको अंग फोरेर भाग बण्ड गर्छन्
ऊ हेर त्यहाँ काङगडा रोईरहेको छ
टिष्टा रोइरहेको छ
कसले देखे तिनीहरको रुवाइ ?
कसले बुझे तिनीहरुको पीडा ?
कसले दिए तिनीहरुलाई सहानुभूति ?
कसले दिए तिनीहरुलाई महल पटि्ट ?
तै पनि मनको देखाइलाई
एक्लोपनाको विरहमा
टिष्टा सुसेली रहेको छ
काङगडा उजाडी रहेकोछ
धेरै सम्झौताहरुले हामी माझबाट टाढा पारीदिए
सुगौली सन्धी भन्दा यताका तिम्रा सुस्केराहरु
मेरो कानमा गुञ्जिरहन्छ
मेरो दार्जिलिङको नागरी त्यसै विलाए
तै पनि आशा छ टिष्टा तिम्रो सुस्केरामा
निरन्तर मेरो भाव गुञ्जिरहनेछ
बस्, गुञ्जिरहोस्

Popularity: 36%

Entry Filed under: कविता

3 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. sammukh  |  May 3rd, 2007 at 11:14 pm

    राम्रो रच्नु भएछ । के गर्नु, तपाईं हामी आफ्नु पुर्खका गौरव् गर्छो । तर आजका नेपाली युबहरु भात्काउन लागि परेका छ्न् ।ितिहास् मेटाउन लागेका छ्न।

  • 2. रुसाहाङ चेम्जोङ  |  May 8th, 2007 at 7:34 pm

    हो नि मित्र इतिहा न त मागेर पाउछ न त खोसेर नै खोसिन्छ इतिहास इतिहासनै हो वतर्मान होइन । तपाईको हौसला नै म र म जस्ता कलम चलाउनेहरुको प्रेरणा हो । र इतिहास सम्मालने र भत्काउने जिम्म वा अधिकार तपाइ र हामिहरुको हातमा सुम्पिएको छ । अब हामि निकै माथि उक्लि सकेका छौ त्यसैले हाम्रो पुर्खाहरुको इतिहास अर्थात भाषा सहित्य धर्मलाइ सम्मल्ने काम म र तपाइ जस्ता युवाहरुको हो । तपाईको हौसलालाई आत्म सथ गर्दै म निरन्तर अगाडि बढन सकु आगामि दिनहरुमा पनि तपाई र तपाई जस्ता भवना बुजेदिने व भवनाका महाजनहरु प्रस्सत भेटन सकु भन्दै तपाइलाई ह्रदय बटै धन्यवाद दिन चाहान्छु ।
    रुसाहाङ चेम्जोङ

  • 3. Bhab  |  May 10th, 2007 at 6:49 am

    Rusah hang ji it’s a nice poem… keep on writing…..
    and

    Daer all
    just check it out http://bhab.wordpress.com/

    thank you

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in April, 2007

Most Popular Posts