नयाँ वर्ष (कविता) -ईश्वर चाम्लिङ्ग

April 25th, 2007

-ईश्वर चाम्लिङ्ग
नयाँ वर्ष तिमी पुराना कुराहरुलाई बिर्सदै,
नयाँ समय भित्र्याउने, नयाँ बाटो पहिल्याउने
म, पुराना कुराहरुलाई सम्झदै,
लुरुलुरु तिम्रो पछि लाग्ने र लगातार विगतलाई खापै खाप पार्दै
तिम्रो निर्देशित समय स्वीकार्ने निरीह
के भन्न सक्छु र, स्वागत छ तिम्रो हैकमलाई

पोहोर तिमीलाई शान्ति पुकार गर्दै स्वागत गरे
पढार पनि शान्ति पुकार गर्दै नै स्वागत गरे
तिमी निष्ठुरी,
म जाबोको कुरा के सुन्थ्यौ,
त्यहि साल हजारौ सुखी परिवारहरु भत्किएर चकनाचुर भए
कैयन बालबालिकाहरु सडकमा झरे
के बिश्वास,
भोलिहरुको रुप पनि हिजोहरु कै जस्तो हुन्न भनेर ?
तिमी पुराना कुराहरुलाई बिर्सदै,
नयाँ समय भित्र्याउने, नयाँ बाटो पहिल्याउने
खै कस्तो समय लिएर आउने हौ, कुन बाटो लैजाने हौ
म त, पुराना कुराहरुलाई सम्झदै,
लुरुलुरु तिम्रो पछि लाग्ने र लगातार विगतलाई खापै खाप पार्दै
तिम्रो निर्देशित समय स्वीकार्ने निरीह,
के भन्न सक्छु र, स्वागत छ तिम्रो हैकमलाई

तिमी निष्ठुरी, बितेका कुराहरुको कुनै पर्वाह नगरी, जस्तो भए नी बितेर जानु पर्ने
तिमीलाई के थाहा,
मेरा तथा म जस्तै अरुहरुका खापै-खाप पुराना आत्माकथाहरु
तिमीलाई के वास्ता,
को कति बरबाद भएर बाँकी रहे केवल त्रास र सन्तापहरु
थाहा छ किन,
किन कि हरेक पटक तिमीले संसार भरी बोकी ल्याउने कोशेली-समय नै बिषालु भो
चाहे कसैलाई किन मन नपरोस् , त्यो नै भोग्नु पर्ने भो।

त्यसैले नयाँ बर्ष
पहिला-पहिला झैँ शान्ति पुकार गर्दै स्वागत गर्न बेकार लाग्यो
आऊ तिमीलाई स्वागत छ
तिमी पुराना कुराहरुलाई बिर्सदै,
नयाँ बाटो पहिल्याउने
नयाँ समय भित्र्याउने
हामी पुराना कुराहरुलाई सम्झदै,
तिमीलाई पछ्याउने
खै कस्तो समय लिएर आउने हौ, कुन बाटो लैजाने हौ
यी खापै खाप घटनाक्रमहरुलाई सम्झन्दै
नयाँ समयको सामना गरौला
लुरुलुरु तिम्रो पछि लाग्दै फेरि अर्को खाप संताप थप्न परे नि थपौला।
लुरुलुरु तिम्रो पछि लाग्दै फेरि अर्को खाप संताप थप्न परे नि थपौला।

खोटाङ्ग, (हाल कोसोभो)

Popularity: 35%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in April, 2007

Most Popular Posts