“विलोमा पल्केकाहरु” (कविता) - रुसाहाङ चेम्जोङ

May 11th, 2007

- रुसाहाङ चेम्जोङ

संर्घषपूर्त रातहरु पछि
आन्तरिक गृहयुद्ध पछि
सुनौलो बिहानीको पर्खाइमा
मिर्मिरे रश्मीलाई पछ्याउदै
सगरमाथाको टाकुरामा
पुगेर थकाई मेट्छ
वीर नेपालीको शान्त मन
तब आरोह अवरोहहरुमा
छछल्कीदै झरनाहरुमा
पहाडहरुमा तर्राईको समथर
भागमा पुगेर एकिकृत हुन्छ
ब्रम्हाण्डको एउटा तलाउमा
सिंङ्गी सिनो देखेर सबै झुतिन्छ
लिम्बूवान
खम्बुवान
ताम्सालीङ्ग
मगरात
जातीय
वर्गिय
क्षेत्रीय
लिङ्गीय
धर्मिक
त्यस बेला
अर्को पृथ्वी नाराण जन्मन्छ
उसले सबैको आँखा सामुनेर्
र्सलक निल्छ, पचाउछ
तब तिनीहरु निर्लज्ज अनुहार बोकेर र्फकन्छ
तिनीहरुलाई आज म प्रश्न गर्छु
ए ! पलाछिहरु हो !
तिमीहरुलाई अलिकति पनि लाज लागेन ?
तिमीहरुको आँखा सामुने सिनो खुवायौं
सिनो कुहिन्छ संरक्षण गर्नु भनेको थिए कि..
लुछातानी गर्नु ……… ?
साले ….. विलो खान पल्केकाहरु …
अब तिमीहरु जस्ता सिपाहीको आवश्यक छैन
मैले सोचेको थिए तिमहिरु पनि आ-आफ्नो
भाग लिएर आउछौं
जातीयता
वर्गियता
क्षेत्रियता
लिङ्गीयता
धार्मिकता
तर ई…… विलो पनि पाएनौं

Popularity: 36%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. chandra gurung  |  June 5th, 2007 at 7:11 pm

    I have been reading your poems and articles in the various websites. You have been coming up as a good poet.

    With best wishes,
    Chandra Gurung/Ktm

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts