रोगग्रस्त देश (कविता) - चन्द्र सिं गुरुङ

May 11th, 2007

- चन्द्र सिं गुरुङ

आजभोली,
हामी देशको शरीरबाट
राजतन्त्रको पिडादायी पिलो निचारदै छौं
र निकाल्दै छौं सामन्ती घाउभित्रको दुर्गन्धित पीप ।
यस कारण,
सम्पूर्ण देश नै दुखी रहेको छ
र ग्रस्त बनेको छ संक्रमणकालीन रोगले ।
अचेल,
देशको शिरमा हिमाल दुखेको छ,
शरीरको मध्य भागनिर
पहाडलाई पनि बिसञ्चो छ
र मुनि खुट्टाहरुमा
डढेको छ आन्दोलनको तातो रापले मधेश ।
यहाँ, मेरो देशको आँखामा
काठमाण्डौलाई मोतियाबिन्दु भएको छ
उ देख्दैन सुदूर दुर्गम गाउँहरु ।
शहर-बजारमा
यता-उता फालिएको फोहोर
देखिन्छ देशको अनुहारैभरि नराम्रो डण्डीफोर
र देशको काखमा भित्रै भित्र
गजबको लुतो सरेको छ
सधैंभरि जनता चिच्याई रहन्छन्
र आन्दोलित भई रहन्छन् ।

मेरो देशमा,
रुकुम-रोल्पाको शरीरैभरि
अभावै अभावको घाउ-खटिरा फैलिएको छ
जहाँ गरिबी र रोग ठस् ठस्ती गन्हाउँछ,
कर्णालीलाई गहिरो चोट परेको छ
उ, सकेको छैन विकासको एक कदम पनि र्सार्न
र सधैं-सधैं
हुम्ला-जुम्लाको खोक्रो पेटले
खेप्नु परेको छ अनिकालको निर्मम लातहरु ।
जहाँ, असहजिलो बाटो हुँदै
बल्ल-बल्ल खच्चरहरुका पीठ्यूँमा चढेर
आउँछ वर्षदिनमा केहि समयको लागि सहकाल ।
यहाँ मेरो देशमा,
स्वच्छ खाने पानीको अभाव
जाजरकोट र कालिकोटलाई जण्डीसले थला पारेको छ ।
साथै, नेतारुपी मच्छरहरुका टोकाईले
सारा देशनै मलेरियाग्रस्त भएको छ
र विदेशी घुसपैठरुपी सरुवा रोगले
हाम्रो नाममात्रको सिमाना मिच्दै
सिकिस्त पारेको छ सिराहा-सप्तरीलाई ।
साच्चै भन्नु पर्दा,
अचेल मेरो देश रोगग्रस्त भएको छ ।

गोर्खा, हालः काठमाण्डौं

Popularity: 40%

Entry Filed under: कविता

6 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. sammukh  |  May 12th, 2007 at 10:13 am

    jyadai gatilo kabita rahechha.

  • 2. bharupal  |  May 12th, 2007 at 6:17 pm

    कबितले देशको यथार्थ बोलेको छ। आफु पनि यथार्थबादी बिचार लाई प्रशय दिने स्रस्ठा भएको नाताले बधाईको दुई शब्द कोरेको छु।
    देशलाई यसखेर सांच्चै अप्ठ्यारो ठाउँमा पिलो आएको छ।
    एकतिर देशका प्रबुध्द नेताहरु भनाउदाहरुले देशको मुटु दुखाई रहेका छन् भने अर्को तिर एक्काशौं सताब्दिका भगवानहरुले (राजा ज्ञाने र यसका पुछ्रेहरु)
    ले देशलाई टी बी लगाइ रहेछ।
    तर अब देशले अबस्य नै निकाश खोजिरहेछ।
    अब तराई पहाड र भवार चुरे प्रदेश होइन - देश दुख्नु पर्छ।
    बाहुन-क्षेत्री, जनजाती, अछुत कामी दमैइ होइन- मानबता दुख्नु पर्छ
    सांच्चै अब राजतन्त्रको पिलो निचोर्नु पर्छ।
    अब नेताहरु को खिल निकल्नु पर्छ।
    यती मिठो यथार्थ पराक कवितका लागि धन्यवाद कवि जी ।

  • 3. Nilan  |  May 16th, 2007 at 10:19 pm

    Excellent poem! Yakdam ramro Samaya Saapaykchaa !

  • 4. jyoti chhetri,belgium.  |  May 16th, 2007 at 11:55 pm

    hello chandra ji,dherai ramro lagyo.yesari nai tapai ko ramro man kabita ma prastut garera hamilai pani sikcha ra aananda dilaudai garnu hola.dhanyabad.

  • 5. Rik gurung,pkr.  |  May 19th, 2007 at 9:24 pm

    this pictorial poem of present Nepal is very real indeed.
    thanks alot for beautiful poem n’ keep it up,wish u all the
    best for future creation.

  • 6. Chandra S. Gurung  |  May 20th, 2007 at 2:24 pm

    Sammukh, Bharupal, Nilan Bhai, Rik and Jyoti Ji,
    Thanks!
    For the positive and inspiring comments on this poem of mine. Actually, I am not that good in playing with the words to give birth to the beautiful poems. This poem is just a skeleton representing the present condition of our Motherland. I tried to focus on a problem out of many faced by our Nepal.
    Bharupal (Bharatmani Chonwang) ji, just recently I came to know that you have an anthology titled (SWADESH KO YATRA) in your credit. Hope to read some of your beautiful poems in the coming future.
    Nilan Bhai, also writes good poems. Hope you have been utilizing your good time in creating wonderful poems these days. Thanks to all, once again.
    Regards,
    Chandra S. Gurung
    chandu_901@hotmail.com

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts