हाक्किम र हाक्किम्नी (कविता ) - परिहास सुब्बा

May 25th, 2007

-परिहास सुब्बा
अफिस नसकिंदै
निस्कन्छन् हाक्किमहरु हत्तारिंदै
दृष्टि हुत्याउँछन अनि
छोटा फ्रक लगाएका स्याँठ स्कुलेनीहरु तिर
घरमा पाईला टेक्दा नटेक्दै
पड्किन्छे हाक्किम्नी
टाईममा कहिल्यै आउनु नजान्या भनेर

भित्ताहरु हाँस्छन् त्यस बखत
रित्तो रित्तो सास् भरेर
रित्तो रित्तो सास् राखेर
झिसमिसेमा स्पष्ट देख्न नसकेर क्यारे
दिउँसोको हाक्किम्नीको सानो हाक्किम् त्यै हो कि अर्कै हो-?
एक अष्पस्टता बयेली खेल्छ
सन्नाटा लाई सटुक्क चिरेर
र बाहिर झ्याल बाट टोपलेर
भित्र हेर्छन्
सुन्तलाका बोटहरुले
केराका थामहरुले

अर्को पल्ट
एक हुल कार्तिके कुकुरहरु देखेपछि
एक हुल हिउँदका साँढेहरु हेरेपछि
एउटा बिचार हामफलेर
जन्मन्छ अर्को
यी मान्छेहरुले यसलाई त्यसरी लिनु हुन्थेन
तब यसरी खेल खेलीरहनु पर्थेन ।।

Popularity: 37%

Entry Filed under: कविता

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Nogen Hang  |  May 31st, 2007 at 6:38 am

    great poem…. keep it up parihas ji

  • 2. nikita  |  June 9th, 2007 at 6:42 am

    malai ta timra harek article haru mann parchha….. hehehehe

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts