जीवन कस्तो-कस्तो? (कविता) - शिव प्रकाश

May 25th, 2007

-शिव प्रकाश
जीवन !
आह ! कति सुन्दर ?
फक्रिएको फूल जस्तो
तर विडम्बना !
त्यो सुन्दरताभित्र
भयानक क्रुरता लुकेको हुन्छ
फक्रनै नसकी ओइलाएको
फूलको नियति जस्तो ।
जीवन !
आह ! कति स्वच्छन्द ?
सल्सल् बगिरहने
कल्कल् कल्कलाइ रहने
नदी जस्तो
तर विडम्बना !
त्यो स्वच्छन्दाभित्र
अर्को निर्मम निर्दयिता लुकेको हुन्छ
बग्दाबग्दै निशब्द रोकिएको
नदीको दूर्भाग्य जस्तो ।
जीवन !
आहा ! कति मदमस्त ?
हावाको मदकतासँग झूल्के पात जस्तो
तर विडम्बना !
त्यो मादकाभित्र
अर्को विवशता लुकेको हुन्छ
झूल्दाझूल्दै अचानक झरेको
पातको अज्ञात अवस्था जस्तो ।
जीवन !
एउटा यात्रा हो
कठिन यात्रा !
लक्ष्यमा नपुगी टुङ्गिन सक्छ
उड्दा उड्दै खत्रक्क खसेको पंक्षी जस्तो
हिड्दा हिड्दै भीरबाट चिप्लिएको भरिया जस्तो
गाउँदा गाउँदै अड्किएको आवाज जस्तो
हाँस्दा हाँस्दै रोकिएको हाँसो जस्तो
खै यो जीवन कस्तो-कस्तो ?
खै यो जीवन कस्तो-कस्तो ?

हरैंचा, मोरङ
हाल - बोष्टन/अमेरिका । मे २१, २००७

Popularity: 37%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. aems  |  July 29th, 2007 at 12:02 pm

    waa dame cha la ek damm ramro lago ne mali ta good

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts