समय नायक (कविता) -कृष्ण बजगाईं

May 25th, 2007

-कृष्ण बजगाई
पुष्प जस्तो कमल मन लिएको
निर्दयी समय
कठोर निर्णय गर्दै
बबुरा रामहरुलाई लिएर
अन्धमुष्ठि काँडे जंगल भित्र अचानक छिर्‍यो
र,
उहीं उसले एकाएक घोषणा गर्‍यो
आफू समय नायक भएको ।

बिचारका बारुदी सुरुङ बिच्छ्याउँदै
समय नायक
सत्तारोहणका लागि
स्वात्त
सत्ताको कोठीमा पुग्यो
सत्तासँगको रतिरागको स्वैरकल्पनामा मस्त हुँदा
सिघ्र स्खलित भए उसका बिचारहरु
र,
ठस्स गन्हाए
इतिहासका पानाभरि ।

स्वरक्षार्थ
सिद्धान्त, वादको र व्यवहारको बंकर खन्दै थियो
समयनायकले,
अचानक
हाराकिरि गरेर युद्ध मैदानमै
रावणको स्वर्ग जाने सुनको भर्‍याङ चढ्यो
र,
अदृष्य भयो रजतपटबाट ।

बेल्जियम

Popularity: 37%

Entry Filed under: कविता

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Ramesh Niraula  |  October 6th, 2007 at 11:50 am

    Krishna dai! Thanks a lot for your good poem. I am so happy that you are in Belgium and you have been continuing your articles in literature.
    Ramesh Niraula (Homnath’s Bai), California, USA

  • 2. Krishna Bajgai  |  October 7th, 2007 at 4:51 am

    Thanks Ramesh Bhai.
    Krishna
    bajgaikrishna@yahoo.com

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in May, 2007

Most Popular Posts