रातो सूर्य (कविता)- रमेश पल्लव

December 11th, 2007

-रमेश पल्लव
पर क्षितिजमा
एउटा सूर्य
अस्तायो हेर्दाहेर्दै
रातो सूर्य
नचाहंदा नचाहदै अस्तायो
मुटुभित्र नमिठो चोट
आँखाभरि अविरल आँसु
कहिल्यै नमेटिने घाउ
त्यो बिचरा सूर्य
न्यानो र उज्यालोको लागि
अभिन्न मित्र थियो
अन्धकारको शत्रु थियो
तर काला बादलहरुको
गर्जाइ र झम्टाइले
त्यो रातो सूर्य
क्षितिजसंगै अस्तायो
बादलसंगै हरायो
त्यो रातो सूर्य
कहिल्यै नर्फकने गरी
कता बिलायो कता
न्याय र स्वतन्त्रताको प्रतीक
शान्ति र अहिंसाको पुजारी
त्यो रातो सूर्य
कता डुब्यो कता
नडुब्नु पर्ने थियो
बिचरा- रातो सूर्य
कता अस्तायो कता
बेलै नभई
नअस्ताउनु पर्ने थियो ।

हालः क्यालिफोर्निया, अमेरिका

Popularity: 33%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. कान्छा  |  December 19th, 2007 at 6:25 am

    Nice poem Ramesh ji , please keep on writing.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts