घोडचढि अनि घोडा (कविता) - मोती चाम्लीङ

December 16th, 2007

- मोती चाम्लीङ
फेरिदो आकृतिमा लगाम खिचिएको घोडा
दांया वांया चलमलाउने रहरहरु
अघिपछिका उसका चालहरु
स्वेच्छामा अनुवन्धित छैनन्
यात्रा घोरेटो र गोरेटाका दुवै हुन्
तर पनि पदचाप मञ्जूरीको हुन्नन्….

लगाम खिचिन्छ जता ततै
फन्को मार्ने हो उता उतै
मुक्ति चाहिएको छ त्यसैले
जेब्रा वन्न मन लाग्छ
खुरमा लपक्किएको टापहरुलाई
थुतेर फाल्न मन लाग्छ
तर…..
मुखमा जन्जीरको करेली र
मनभरी विवशताका तरेली छ
हरित फांटको खुला चौरमा
गोंधुली उडाउदै फंदाल्ने चाहना
चावुक, घोडचढिको अनि छडिसंगै
भावुक मनभित्रै सड्दो र गल्दो छ…..
आत्मदाहपछि मलामीको हुलले
निर्जीव देह कांधमा वोक्छन्
तर घोडाले त सजीव देहलाई
पिंठयूमा अटाएर हिडने हो
यति गर्दा पनि चावुकको सन्सनाहट
कानको छेवैवाट फन्किएर
शरीरमा नीलडाम वनी सम्वन्ध गांस्छन्
वर्षौं यसरी नै चल्दै आए र गए
किन भने म एउटा घोंडा
मुखमा चाम्रो करेली कोचिएकै हुन्छ
मनमा विवशताको तरेली तरंगिएकै छ।।।

तथास्तु
१२ दिसम्वर २००७

Popularity: 33%

Entry Filed under: कविता

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. yogen  |  December 20th, 2007 at 2:28 pm

    kabita ko mukh kata farkeko ho bhanne bujhna kathin paro chamling ji.
    anyway kabiko man sanga hubahu kasaiko man pani mildaina.
    nice poem keep it up

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts