वृद्धको पीडा (कविता) - चन्द्र मादेन

December 23rd, 2007

- चन्द्र मादेन
मेरी अर्धाङ्गिनी
मेरी प्राणेश्वरी
मेरी प्यारी
मेरी मायालु
मेरी मुटु
भित्रिएकी दिन
जीवनकै सवभन्दा सुखद थियो ..

त्यसपछि -
मेरा वाला, मेरा वचेरा
मेरा छुन्नु मेरा मुन्नु
मेरा सानु मेरा नानु
मेरा आखाँको नानी
सवै प्यारा प्यारी ।
वगिरह्यो,
समयकोअन्तरालसगै
नाता नातिनी झाँगियो
झन खुसीले वास गर्‍यो
हर्षले सीमै नाघ्यो ।
अनगिन्ति मेरा समय
अनवरत मेरा परिश्रम
अविरल मेरा कर्तव्य
अचाक्लि मेरा स्नेह
सवै मेरा परिवारलाई ।

पालें टालें हुर्काएं
बढाएं पढाएं
शिक्षा दिलाएं
आँखा देखाएं
बाटो चिनाएं ।

उपलव्धि स्वरुप ,
आफू स्वयं कुप्रिएं, थोत्रिएं
रोग्गिएं अनि एक्लिएं ।
मेरा कष्टतापूर्ण त्यागले
मेरा परिवार
भए सम्पन्न र समृद्धि
उनीहरु सबै
भए तगडा र सबला
सोचेका थिए
यिनैले गर्छन् मेरा पहरा
यिनै हुन् मेरा अन्तिम सहारा ।

न जानेर गर्छ
न देखेर गर्छ
न अह्राको मान्छ
न कराको सुन्छ ।

सोच मेरा विडम्वना भयो
परिकल्पना मेरा सर्वस्व भयो
वृद्धावस्था मेरा अभिशाप भयो ।

त्यसैले आज ,
मृत्युसंग सघर्ष गरिरहेको छु
दाउराको चिर्पट झैं
भुइमा लडेको छु
मिल्किएको छु
रद्धिको टोकरीमा
फ्याक्ने कसिङ्गर भएको छु ।

आफ्नै सन्ततिहरुको
पिलो भएको छु
आफ्नै रगतबाट
पराई भएको छु कसैको निम्ति ऐजेरु भएको छु

कसैको लागि आँखाको
कसिङ्गर भएकोछु
सवैको लागि हाँसोको
पात्रो भएको छु ।
सवैको निम्ति वोझ भएको छु ।
मेरो निम्ति
आकाश फाट्यो
धर्ति फूट्यो
समुन्द्रमा जहाज डुब्यो
मन डडेलो लाग्यो ।

आफन्तको सहारा भन्दा
पराइको दृष्टि ठूलो लाग्छ
वृद्ध भएर वाँच्नु भन्दा
मृत्यु अङ्गाल्नु निको लाग्छ ।।।

Popularity: 33%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in December, 2007

Most Popular Posts