` रणभूमिबाट ‘ (कविता) - भोला बिक्रम राई

January 14th, 2008

- भोला बिक्रम राई
` रणभूमिबाट ‘
प्रिय,
मेरो विदाईमा
तिमीले उपहार दिएको रातो गुलावको फूल
केवल ओईलाएर जाने फूल मात्र थिएनन्
त्यो त,
हाम्रो ईतिहासलाई बचाई राख्न्ने भयानक रणभूमिमा
मेरो दिर्घायुको कामना गर्दै
पल पल धड्किरहने
तिम्रो कोमल मुटु थियो
त्यसैले संगालेर राखेको छु
ह्रिदयको कुनामा ।

प्रिय,
मेरो विछोड खप्न नसकेर
तिमीले झारेका आँसूका थोपाहरु
केवल विलाएर जाने आँसूका थोपाहरु मात्र थिएनन्
त्यो त,
यो रणभूमिको कहालि लाग्दो रातहरुमा पनि
आशाको ज्योति छर्दै
चम् चम् चम्किरहने
अनमोल मोतीका टुक्राहरु थिए
त्यसैले संगालेर राखेको छु
आँखाको नानीमा ।

प्रिय,
हामी छुटिने बेलामा
तिमीले बोलेका मायालु शब्दहरु
केवल हावासंगै हराएर जाने निरर्थक शब्दहरु थिएनन्
त्यो त,
गोला बारुदको भयानक आवाजहरुका बिचमा पनि
सधै मायाले साउति मार्दै
मलाई नै बोलाई रहने
तिम्रो समधुर आवाज थियो
त्यसैले त्यसलाई पनि बाधेर राखेको छु
हृदयको तुनामा ।

हो प्रिय,
मेरो विदाईमा तिमीले दिएको रातो गुलावको फूल
मेरो विछोड्मा झारेका आँसूका प्रत्येक थोपाहरु
र तिमिले बोलेका मायालु शब्दहरु
मेरो प्राण भएर धड्किरहेको छ मुटुसंगै
र थपिरहेको छ नया उर्जा प्रत्येक विहानीसंगै
हो त्यसैले त अझै पनि
हाम्रो ईतिहासको खिलाफमा उभिएकोहरुलाई
हाम्रो साहस र वीरतालाई चुनौति दिनेहरुलाई
अनि हाम्रो कुशलता र दक्षताको परिक्षण गर्न खोज्नेहरुलाई
सगरमाथा भएर उभिदै
सिकाउदैछु पाठ् युद्धको
र दिदैछु परिचय गोर्खालीको ।

खोटाङ् बुईपा १
हालः अफ्गानिस्तान काबुल

Popularity: 35%

Entry Filed under: कविता

8 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. seesangrg  |  January 16th, 2008 at 3:40 am

    pakka daaami …………

  • 2. ram chandra neupane,bagram  |  January 16th, 2008 at 3:01 pm

    wow wonderful i gave to him thanks .i read it and really its touch my heart hoping soon he also creat like this article 4 us …..in last i also gave him thanks again and again .i said thats in my innercourte of heart u r really poet bhola

  • 3. Biyan Rai  |  January 17th, 2008 at 8:07 pm

    भोला जी बाराफमाया काबुल को जीबनसँग मिठा रचना गर्नु भएको रहेछ बधाई छ अझ धेरै यस्तै खाले मन छुने अरु कबिताहरु लेख्न्नु होला

    Biyan
    Kabul UK MOD
    WH-1
    biyanr@yahoo.com

  • 4. S.J.KARKI  |  January 20th, 2008 at 9:33 pm

    Bhola ji,
    Thanku tapaiko yo sirajna ati ramro lagyo feri yestai naya naya sirjana haru hami prabasi nepali haru ko majh ma layunu huncha bhani asha ka sath ahilay lai bida tapaiko din haru shuvan bitos bye bye.

    S.J.KARKI
    MACAU

  • 5. luija gurung german  |  January 21st, 2008 at 12:15 am

    Tapaiko kabita ati ramro lagyo mannai chhoyo mero .tapaiko yo kabita pader tapaijastai hajarau nepali dajuharule pakkai pani aafno priyako yadd pakkai pani garyo hola .yo kabitama sachikai tapaiko wastabik pida lukeko jasto malai lagyo .tyasari nai aafno priyako mayako koseli sangali rakhnu hola aani ranabhumima jasari ladirahanu bhayako chha tyas pailama tapai lagayat sampurna nepali dajuharuko safalatako lagi bhagawan sang prathana pani gardachhu .antama yastai-yastai kabita padirahanu bhanne aasha pani gardachhu .

  • 6. sabina  |  January 21st, 2008 at 1:23 am

    tapai ko kabita ekdam ramro lagyo .yasari nai tapai ko naya naya kabita padhana pau.

  • 7. Rai yang pitang chhu  |  January 22nd, 2008 at 10:50 pm

    utkrishta kabitako laagi kabi Rai bholaGlai murimuri dhanyabaad aauda dinharuma pani yastai kabitako aasha gardachhu.

  • 8. Bishnu prasad Gautam  |  January 24th, 2008 at 12:36 am

    matako doodh sisulai siksha marti bhasama
    prabhav parch sristilai prakashko gatima

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in January, 2008

Most Popular Posts