गर्जंदै उर्लने बर्खाको खहरे होइन म.. (कविता) - सागर राई

January 14th, 2008

गर्जंदै उर्लने बर्खाको खहरे होइन म…
- सागर राई
गर्जंदै उर्लने बर्खाको खहरे होइन म,
न त एक रातलाई बासना छरेर झर्ने पारिजात,
आकाशको जून तारा टिपेर ल्याउने योवनको मिथक भाका पनि होइन म,
न त प्राप्तिको उन्मादले मातिएको उच्श्रृंखल बैंश नै…

गन्तब्यलाई छिचोल्न बढेका पाईलालाई डोर्याउने अठोट हुँ म,
लक्ष्यलाई छुन उठेका हत्केलालाई टेवा दिने प्रेरणा श्रोत हुँ म,

बिखेरिएका तिम्रा केशलाई सुम्सुमाउदै, तिम्रा आलस्यलाई भगाउने,
बिहानीको शितल बतास हुँ म,
चिसोले कठाँग्रिएको तिम्रो सुशुप्त शरीरमा उर्जा सँचार गर्ने,
न्यानो पारिलो घाम हुँ म,

आकाँक्षा अनि अभिलाषाहरुलाई मूर्त बनाउने दिनको उज्यालो हुँ म,
सपनाहरुलाई सँगाल्ने अनि सजाउने निश्छल रात हुँ म,

इन्द्रेणी हुँ म तिम्रो जीवनमा रङ भर्ने,
बसन्त हुँ म तिम्रो जीवनमा सुबाश छर्ने,
छाहारी हुँ म प्रचण्ड गर्मिमा तिमीले बिसाउने,
देउराली अनि चौतारी हुँ म तिमीले थाक्दा सुस्ताउने,

स्वरूप र सँरचना बिना पनि तिम्रै वर पर रूमलि रहने
एउटा मिठो अनुनूति हुँ म,
नभेटिने अनि कहिलै नछुटिने एउटा आभास हुँ म,
हो आभास हुँ म । ……..

हालः नर्वे

Popularity: 33%

Entry Filed under: कविता

5 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. BJ Bnatawa Rai  |  January 17th, 2008 at 7:34 pm

    nice poem, keep it up

  • 2. subhadra subba  |  February 10th, 2008 at 2:59 pm

    tapaiko pome khub dil chune lagyy malai,dherai dherai man paryo.

  • 3. deep  |  February 15th, 2008 at 7:43 am

    nice poem which goes through the inner core of my heart

  • 4. sagar  |  February 19th, 2008 at 6:23 am

    I really want to give thousands of thanks to all those hearts which go on the same way as my feelings do, and thanks for all your comments, or you can drop it directly at bantawasagar@yahoo.com yours sicerely SAGAR

  • 5. prakash rai Malaysia  |  March 16th, 2008 at 12:46 pm

    sagar g! utkristha sreejanko lagi muri muri dhhanyabadddd !!!! tapai bata hamile sadhai sadhai yastai sreejanko sreejan bhai rahosss mero suvkamana 6

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in January, 2008

Most Popular Posts