रगतको आँसु बहाउँदै (कविता) - ईश्वर चाम्लिङ्ग

February 18th, 2008

रगतको आँसु बहाउँदै (कविता) - ईश्वर चाम्लिङ्ग
- ईश्वर चाम्लिङ्ग

कान्छा दाई,
तिमी लाग्यौ अरबतिर,
गरीवी र अभाब निर्मुल पार्ने निदौरो आशाहरु काखिच्यापि
गाँउ नै शुनसान भएथ्यो तिमी नहुँदा।
म पनि आए यतैतिर

बाध्यता र बिवशताको ढिपीले निमुखा आश्वासनहरुको भरपरि
लाग्छ रातदिन सम्झिरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर

लाग्छ रातदिन सम्झिरहेछौ हामी त्यहि बनपाखालाई
लाग्छ अविरल गाउन खोजिरहेछौ हामी झ्याउर भाकालाई
चिठ्ठी लेखेका रहेछौ
रगतको आँसु बहाउदै छु भनेर,
सोधेको रहेछौ
शान्ति स्थापना भयो रे, लोकतन्त्र कस्तो छ भनेर।
कान्छा दाई
गरीबलाई शान्ति कहाँ छर ?
त्यो त मात्र भ्रम हो,
भ्रममा नपरे हुन्छ।
देश उस्तै छ,
लोकतन्त्र आयो भन्छन्, एक अबोध चिज रहेछ, लोकतन्त्र।
निरीह छ, लडिरहन्छ।
अनि चुपचाप सुनिरहन्छ निर्दोष चित्कारहरुलाई
र टुलु टुलु हेरिरहन्छ बगिरहने निर्धो आँशुहरुलाई
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर …

लाग्छ हररात देख्न चाहन्छौ हामी ति सुन्दर सपनाहरुलाई
लाग्छ हरक्षण पुकार गर्र्छौ हामी स्थायी शान्ति कायमलाई
तर अफसोस, गाँउ उस्तै छ,
सन्त्रास गाँउतिरै दाऊ पर्खिरहेछ।
गाँऊलेहरु रगतकै आँसु बहाउदैछन्, पिउदै रगतकै आँसुलाई
के रगतको आँसु हो जिन्दगी
के आँसुको सागर हो जिन्दगी-
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर …

लाग्छ रातदिन सम्झिरहेछौ हामी त्यहि गाँऊलाई
लाग्छ छातीभित्र सजाईरहेछौ हामी देशप्रेमलाई
सुन्दैछु, हामी जस्ता लाखौ श्रमजिबीहरु छन रे यता,
अमेरिका, हङकङ, बेलायत र जापानतिर
कोरिया, मलेसिया, इराक र अफगानिस्थानतिर
कान्छा दाई,
तिनीहरु पनि हामी झै रगत कै आँशु पिउदै होलान नि।
एकपटक सबैलाई भेट्न पाए नि हुने,
एउटै कथा, एउटै ब्यथा, रगतको आँसु पिउने-बहाँउने।
कस्तो हुन्थ्यो होला क्षण ?
कमसेकम मन त हलुको हुन्यो होला।
कमसेकम मनको बोझ त बिर्साईन्थ्यो होला।
कान्छा दाई,
तिमी लाग्यौ अरबतिर
म पनि आए यतैतिर …

लाग्छ हामी आफू स्वयंलाई बेचिरहेछौ
लाग्छ हामी आफू स्वयंलाई घोचिरहेछौ।।
कान्छा दाई,
जब तिमी लाग्यौ अरबतिर
त्यहि देखेर त म पनि आए यतैतिर …

खै यो परिबेशले त मलाई निलिरहे झै लाग्दछ,
जसरी अजिंगरले बिस्तारै बिस्तारै निल्दछ जनवारहरुलाई।
कान्छा दाई
टिक्न नसक्ने भए म त, भन म के गरुँ
कान्छा दाई
बिक्न नसक्ने भए म त, भन म कहाँ जाँऊ।
भन, भन्देऊ मलाई कान्छा दाई
तिम्रो बाँकी जिन्दगी कसरी बिताउने योजना छ
भन, भन्देऊ मलाई कान्छा दाई
साहुको ऋण कसरी तिर्ने बिचार छ ?
घरबारी कसरि उकास्ने बिचार छ ?
मलाई त यी रगतको आँशुले खियाईराखेकोछ
जसरी बगरको ढुंगाहरु खिईदै खिईदै जान्छन्।
मलाई त यी रगतको आँसुले बगाईराखेकोछ
जसरी भदौरे भेलले ठूल-ठूला मुढाहरु बगाउदै बगाउदै लैजान्छन्।
खेप्न नसक्ने भए म त यो जिन्दगीलाई
भन म के गरुँ, भन म कहाँ जाँऊ।
खेप्न नसक्ने भए म त रगतको आँशुलाई
भन म के गरुँ, भन म कहाँ जाँऊ।

बेलायत, ४ फेब्रुअरी २००८

Popularity: 34%

Entry Filed under: कविता

7 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Nagesh Rai  |  February 21st, 2008 at 6:19 pm

    Bhai Ishwar don’t go anywhere stay and work in UK yes of -course to receive blessings from your elders once a year or in three go to Nepal.

    I like your poetry RAGAT KO ANSU ………. which describes everything, keep writing.

    Daju Nagesh

  • 2. Rai yang pitang chhu  |  February 21st, 2008 at 11:00 pm

    kabita maarmik ani utkrishta pani 6.

  • 3. kamal budathoki  |  February 22nd, 2008 at 5:06 am

    kabita ram ro chha best of luck……13thum -jaljale-9

  • 4. BISWOKAJEE RAI  |  February 28th, 2008 at 3:07 pm

    REALLY A VERY TOP CLASS POEM,,, WITH NEPAL AND NEPALEESE REALITIES….. MANY THANKS AND WELL DONE DAI KEEP IT ON…..

    BISH NICOSIA CYPRUS.

  • 5. radha  |  February 29th, 2008 at 12:41 pm

    Namaska daju !!!!!!!

    wowwww …….. your poem is absoluteley nice. i like it. daju it’s really truth i think there is more reality on this poem because our nation is as like same.we are poor people ………………. but we are supressing by our government…………………… lets’ see now ……….. what ……. ?????

  • 6. Surendra Ingnam  |  March 1st, 2008 at 12:50 pm

    Mitra ji, you requested me to listion once when you were writting, but i didn’t realize that it wil be that good. it is true, every single migrant people have own problem, no matter whatever they say but in our heart we have pain, hurt, and seek for our country Nepal. keep it up people may understand how our pen writes insted being L……….. Weldone ani diptiya bainee too, coz helping my Numbaree being Passion.
    Surendra Ingnam.
    Dover, England

  • 7. Chuda Thapa, New York  |  March 27th, 2008 at 6:02 am

    Bhai, please keep on writing and may God bless you along HKNepal.com, pariwar.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts