नेता ज्यू… (कविता) - तुल्सीराज राना मगर

February 25th, 2008

नेता ज्यू… (कविता)
- तुल्सीराज राना मगर
बिजुलीको खम्बा छ ।
तर बिजुली छैन ।
कार छ , बाइक छ ।
गुड्नको लागि डिजेल, पेट्रोल छैन ।
यस्तो भोकमरी चलेको बेलामा
संबिधान सभाको कोशेली बोकी
जनताको घर आँगनमा भोट माग्न
कसरी आउछौ लौ भन नेता ज्यू
सिङ्गापुर बनाउछु भन्ने नेता छन्
स्विजर्ल्यान्ड बनाउछु भन्ने नेता छन्
सानै निहूंमा चक्काजाम गर्नेहरुको हुलमा
टायर बालेर रमाइलो गर्नेहरुको भिडमा
समाजलाई सु-मार्गमा लैजाउ
भन्ने नेताहरु कोही नभएको बेलामा
संबिधान सभाको कोशेली बोकी
जनताको घर आँगनमा भोट माग्न
कसरी आउछौ लौ भन नेता ज्यू
हस्पिटल छ, बिरामी छन्
बिरामीलाई जाच्ने डाक्टर छैन ।
जहाँ तही चोर छ, डाँका छ ।
त्यसलाई पक्रने प्रहरी छैनन्।
अड्डा छ , अडालत छ ।
अन्यायमा परेकालाई न्याय दिने
न्यायाधिश नै पैसामा बिक्ने यो जमनामा
संबिधान सभाको कोशेली बोकी
जनताको घर आँगनमा भोट माग्न
कसरी आउछौ लौ भन नेता ज्यू
मोटरको अनुहार नदेखि मर्ने
बिकट गाउंका जनताहरु
हुम्ला जुम्लामा हिउं पर्दा
जनताले नुन तेलको अभाव सहनु पर्दा
सामान्य झाडा पखला लागेको बेला
नुन, चिनी, पानी खानै नपाई मर्नु पर्दा
काठमाण्डौं बसी पजेरो चढ्ने नेतासंग
यो समयमा जनतासंग दूरी बढेको बेला
संबिधान सभाको कोशेली बोकी
जनताको घर आँगनमा भोट माग्न
कसरी आउछौ लौ भन नेता ज्यू
सम्पूर्ण मधेशमा एक प्रदेशको बिद्रोहले जलिरहेको बेलामा
जनजातिहरुलाई आत्मनिर्णयको अधिकारबाछ बञ्चित गरी
समानुपातिक र मिश्रति प्रणालीको गणितीय रेखा कोरी
खाए खा नखाए घिचको सिदान्त लागु गर्दा
नारायणहिटीबाट आर्यघाटसम्म
शंख फुकेर मलामीको लस्करसंगै
राजतन्त्रको भुत बस्ने घरमा (नारायणहिटी) आगो नझोसेसम्म
सबै सबै नेपालीहरुको चित्त नबुझाई कन
संबिधान सभाको कोशेली बोकी
जनताको घर आँगनमा भोट माग्न
कसरी आउछौ लौ भन नेता ज्यू …

जोर्डन, हङकङ

Popularity: 33%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

January 2019
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts

Most Popular in February, 2008

Most Popular Posts