गन्थन सुभाज्यूसंग.. (कविता) - मिजास तेम्बे

March 21st, 2008

गन्थन सुभाज्यूसंग.. (कविता)
- मिजास तेम्बे
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।
यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् ।
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् ।
आफै नियम बनाउछन् / आफै बिगार्छन् ।
यी चार जातिका छत्तीस् वर्णहरु,
चार वर्णका छत्तीस् जातिहरु ,
अंश वण्डा मागि रहेका छन् अहिले ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।
यो पिरोलो घरको पनि, कहिल्यै बिसेक नहुने भयो ।
इतिहासदेखि नै यहाँ
किसिम किसिम हुदै आएको छ ।
यस खेप, यो दाफा
कानले के के सुने पनि,
आँखाले थरी थरी देखे पनि,
अखबारमा बाङ्गो टिङ्गो पढे पनि,
टिभीमा नौटङकी हेरे पनि, मेरो मनको देवता मान्दैन ।
यहाँ नेर तुस् छ है………तु……स……..
प्रसंगले गलत अर्थ लागेमा, रिसानी माफ पाऊँ ।
मनमा के के लागिरह्यो,
भित्र भित्रै पोलिरह्यो, सो बोलि दिए, सो ओकलि दिए ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

Popularity: 24%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts