परदेशीको पत्र… (कविता) - पुरुशोत्तम सुबेदी

March 21st, 2008

परदेशीको पत्र…
- पुरुशोत्तम सुबेदी
यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतीक्षामा छु म ।
दर्जानुसर सबैलाई सकुसलताको कामना गर्छु म ।।

सुनाइ दिनु सञ्चै छरे भनी, खबर गैरा बारी साँहिलालाई ।
घांस काट्दा हात रेट्ला हंसियाले, धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दिएको छु तिमीलाई मैले, आउंदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई, मेरी प्रिया सुमित्रामा ।।
देशै बेरोजगार म के को रोजगार, जोहो गर्न धौ-धौ थियो मलाई ।
दलाललाई भएको सुम्पि छोडी हिंडें, भौतारिएको छु प्रबासमा मन जलाई।।

केही थाहा भएन मलाई प्रवासमा, यसरी बितरा परिन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अब त, भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत, पच् हुने भयो औंठी तिलहरी ।
टोलाउछु एकान्तमा मनै झस्किन्छ, थामिन्न आँसु कसै गरी ।।
ठूला ठूला सपना ती बोकी हिंडें, थाहै भएन मलाई पहिले त ।
आफ्नै धन खर्चेर आफू बेचिएको, चाल पाएं बल्ल मैले त ।।

बर्षौं बिते कति वसन्त गए, सकिंन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा, कति सकेकी पर्खन ।।
घर नै शून्य गाऊ शून्य लाग्छ, के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउंतिर, हुने हो रे बिकास बिधानत ।।

साथी बिर्सें गाऊ बिर्सें, बिर्सिएं धर्म संस्कृति पनि ।
पिउंछु निस्तो रक्सी क्रिसमसमा, रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको, सन्झिन्छु दिदीबहिनीलाई ।
नास्तिकहरुको घुइचो छ जता ततै, के दोष दिउं यहाँ कसलाई ।।

गर्जन छ मेरो चिनारी सगरमाथाको, नेपाली संस्कृति भनी ।
थाहै छैन आफू नास्तिक भईसकेको, चिनाउंछु हिन्दू हुँ भनी ।।
कहिले म कतार दुबै छु, कहिले दक्षिण कोरिया।
धनको लोभले धन सिध्याएं, भयो हिनामिना, फर्किन्न अब खोरिया ।।

बेल्जियम

Popularity: 24%

Entry Filed under: कविता

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि यहांहरुले नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Subscribe to our videos!


Calendar

March 2019
M T W T F S S
« Nov    
 123
45678910
11121314151617
18192021222324
25262728293031

Most Recent Posts

Most Popular in March, 2008

Most Popular Posts